सांसद पद गुमाएका लुम्बिनीका तीन मन्त्री सर्वोच्च अदालत जाने

सांसद पद खारेज भएका लुम्बिनी प्रदेशका तीन मन्त्री सर्वोच्च अदालत जाने भएका छन् । लुम्बिनी प्रदेशसभाले शुक्रबार सांसद पद खारेज गरेका जनता समाजवादी पार्टी (जसपा) का तीन मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव र कल्पना पाण्डेय आफ्नो पद यथावत हुनुपर्ने जिकिर गर्दै सर्वोच्च अदालत जाने तयारीमा जुटेका हुन् ।शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा सहभागी भएको भन्दै जसपाले उनीहरुलाई कारवाहीका लागि प्रदेशसभामा सिफारिस गरेको थियो । सोही आधारमा शुक्रबार प्रदेश सभाले तीनै जनाको पद खारेज भएको सूचना प्रकाश