काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्ध अदालत जाने बताउनु भएको छ । आफ्नै निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राष्ट्रपति भण्डारीको पछिल्लो कदमविरुद्ध अदालत जाने बताउनु भएको हो । अध्यक्ष दाहाल भन्नुभयाे ,‘राष्ट्रपतिको कदम संविधानविरुद्ध छ, लोकतन्त्रविरुद्ध छ, गणतन्त्रविरुद्ध छ र समावेशी तथा समानुपातिकविरुद्ध छ […]