आयोगको निर्णयविरुद्ध ठाकुर पक्ष अदालत जाने

काठमाडौं। निर्वाचन आयोगको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्णयविरुद्ध महन्थ ठाकुर पक्ष अदालत जाने भएको छ। ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले आयोगको निर्णयविरुद्ध आफूहरू सर्वोच्च अदालत जाने बताए। मंगलबारको बैठकमा अदालत जाने, नयाँ पार्टी गठन गर्नेलगायत विषयमा निर्णय गर्ने उनले बताए। उनले भने,'साउन १५ मा पुरानै मुद्दाको पेशी छ। फेरी मुद्दा हालेर जान पनि सकिन्छ।'

सम्बन्धित सामग्री

ठाकुर पक्ष सर्वोच्च जाने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत जाने भएको छ । सोमवार निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिता उपेन्द्र यादव पक्षलाई दिएपछि आयोगको सो निर्णयविरुद्ध ठाकुर पक्ष सर्वोच्च अदालत जाने भएको हो ।

महन्थ ठाकुर पक्ष सर्वोच्च जाने

जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत जाने भएको छ । सोमवार निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि आयोगको सो निर्णयविरुद्ध ठाकुर पक्ष सर्वोच्च अदालत जाने भएको हो ।  मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च जाने बताए । उनले यस विषयमा आवश्यक कानूनी परामर्श गरिरहेको पनि बताए ।

आगामी रणनीति तय गर्न ठाकुर पक्षको बैठक जारी

काठमाडौं। महन्थ ठाकुर पक्षको बैठक अहिले बबरमहल जारी रहेको छ। निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा)को आधिकारिकता उपेन्द्र यादवलाई दिएपछि पहिलोपटक ठाकुर पक्ष छलफमा जुटेका हो। बैठकमा निर्वाचन आयोगको फैसलापछि कसरी अगाडि बढ्ने, आगामी रणनीति, सर्वोच्चको मुद्दा, सरकारमा सहभागीतालगायतको विषयमा छलफल भइरहेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। उनका अनुसार निर्वाचन आयोगको फैसलाको विरुद्ध अदालत जाने विषयमा पनि छलफल भएको छ।