रुवा रोग (इपिडेमिक) भन्दा खतरनाक विश्वव्यापी महामारी (पेन्डामिक) कोभिड–१९ ले विश्वव्यापार र भूमण्डलीय पर्यटन गतिविधिमा नराम्रो असर पा¥यो । आफूलाई विकास र सभ्यतामा अग्रस्थानमा छौँ भन्ने मुलुकहरू वर्षांैसम्म प्रभावित हुने भए । यसको असर सन् १९३० दशकतिरको आर्थिक मन्दीभन्दा कम छैन र रहनेवाला छैन । यो महामारीबाट गरिब वा धनी पश्चिमा मुलुकहरू जति प्रभावित छन्, त्योभन्दा सापेक्षित रूपमा पूर्वीय मुलुकहरू कम प्रभावित छन् । रेमिटेन्स (विप्रेषण)को भरमा निर्भर हाम्रो मुलुक अब भविष्यमा आयआर्जन र रोजगारीको माध्यममा परिवर्तन हुनेवाला छ । अर्थात् वैदेशिक रोजगारी, सहरकेन्द्रित पर्यटन र उपेक्षित एवम् गुजारामुखी कृषि व्यवसायमा आमूल परिर्वतन देखापर्ने अवसर छ ।
नेपालको जीडीपी (कुल गार्हस्थ उत्पादन)मा मुस्किलले ४ (३.७) प्रतिशतबाट उँभो (७.९) तर्फ लाग्न थालेको पर्यटनको योगदान केही समयका लागि थाती राख्नुपर्ने भएको छ । अर्थात् बाह्य पर्यटकबाट सहरकेन्द्रित र सीमित स्थानविशेष (लुम्बिनी, पोखरा, सगरमाथा, लाङटाङ) क्षेत्रमा बढी असर पर्ने निश्चित छ ।