नेपालमा पर्वतारोहणबाट पर्यटन सुरु भयो । पर्वतारोहणबाट वन्यजन्तुमा सर्यो र अहिले अलिकति फैलावट भएको छ । तर हाम्रा पर्यटन उद्योगका मान्यता के हुन्, पर्यटन उद्योगले दिनुपर्ने योगदान के हो भन्ने विषयमा गहिरो छलफल छैन । अझ अर्को अप्ठेरो विषय छ, पर्यटनका मूल खम्बा आदिवासी जानजाति समुदायले पर्यटनबाट के लाभ पाए ?