काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतवार जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको २ लाख २१ हजार ८५९ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
कम्पनीले गत चैत २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।