वैशाख २३, काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बिहीवार १० प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३ हजार ९७२ पुगेको हो । कम्पनीको बोनस शेयर बुधवार मूल्य समायोजन भएको थियो ।
बुधवार नेप्सेले कम्पनीको ४९ दशमालव ४० प्रतिशत बोनस शेयरको समायोजन गरेको थियो । समायोजन पछि कम्पनीको शेयर मूल्य नेप्सेले रू. ३ हजार ६११ तोेकेको हो । बिहीवार कम्पनीको शेयर रू. ३ हजार ७९१ मा खुला भएको हो ।
यो समाचार तयार पार्दाको समय ११ : ३२ बजेसम्ममा मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा खरीद माग १५ हजार ५१९ रहेको छ भने विक्रेता शून्य रहेको छ ।