सेयर बजार परिसूचक नेप्सेमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन १५ अंकले बढेर २८ सय ५१ विन्दुमा अडिएको बजारमा आज पुनः १६ अंकको गिरावट आएको हो ।नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १६.३० अंकले घट्दै २८ सय ३५.५८ अंकमा ओर्लिएको छ । यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.८२ अंकले घट्दै ५३२.४९ अंकमा सीमित भएको छ । यस दिन ट्रेडिङ, होटल तथा पर्यटन, निर्जीवन बीमा, म्यानु एण्ड प्रो र म्युचुअल फन्ड उपसमूह धनात्मक भएका छन् भने, बाँकी अन्य उपसमूह ऋणात्मक भएका छन् ।&