हिमालयन लघुवित्तको नाफा ८५ प्रतिशत घट्यो

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमाससम्म हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले १० लाख ८६ हजार रुपैयाँ मात्र खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्म ७२ लाख ८३ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीको यस वर्ष ८५ प्रतिशत कम नाफा भएको हो । कम्पनीको सञ्चालन नाफा पनि ८५ प्रतिशत घटेको छ । गत वर्ष १ करोड ४ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १५ लाख ५२ हजार रुपैयाँ मात्र यो नाफा गरेको हो । इम्पेयरमेन्ट चार्ज भने यस वर्ष कम भएको छ । गत वर्ष १ करोड २ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष ६३ लाख १७ हजार रुपैयाँभन्दा बढी रहेको हो । पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा १ करोड रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ३१ करोड ९८ लाख रुपैयाँभन्दा बढी छ । शेयर प्रिमियममा ४ करोड ५५ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको रिटेन्ड अर्निङ १ करोड रुपैयाँभन्दा बढी ऋणात्मक छ । कम्पनीको जगेडा कोष रकम भने १० करोड ५३ लाख रुपैयाँभन्दा बढी छ । पहिलो त्रैमाससम्म ९७ करोड ८ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ३ अर्ब १४ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ । यस वर्ष पहिलो त्रैमाससम्म कम्पनीले ४ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष १ दशमलव ४७ प्रतिशत निष्क्रिय कर्जा रहेको कम्पनीको यस वर्ष २ दशमलव ९२ प्रतिशत कायम भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १ रुपैयाँ ३६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ७४ पैसा छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित सामग्री

यस कारण घट्यो हिमालयन डिष्टीलरीको नाफा

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५१ दशमलव २४ प्रतिशत घटेको छ ।  गत आवमा कम्पनीले रू. २१ करोड ५७ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. १० करोड ५१ लाखमा झरेको हो । चालू आवमा कम्पनीको विक्री आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको विक्री आम्दानी २९ दशलमव ७० प्रतिशत घटेको छ । गत आवमा कम्पनीको विक्री आम्दानी रू. १ अर्ब ३८ करोड रहेकोमा चालू आवमा घटेर रू. ९७ करोड १८७ लाखमा झरेको हो ।  कम्पनीले उत्पादनहरू गोल्डन ओक र ब्ल्याक ओक मदिराको बिक्रीवितरणलाई प्रभाव पार्न र उपभोक्तालाई भ्रम र झुक्याउनमा पारी आफूलाई फाइदा लिनका लागि केही उद्योगले आफ्नो कम्पनीको जस्तै लेबल र बोतल प्रयोग गरी कम शक्ति र कम गुणस्तरमा मदिरा उत्पादन र बिक्रीवितरण गरिरहेको दाबी गरेको छ । यही कारणले कम्पनीको उत्पादनको बिक्रीवितरण प्रभावित बनेको कम्पनीले जनाएको छ । चालू आवमा कम्पनीको खुद नाफाघटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ५२ पैसा रहेकोमा चालू आवमा घटेर १७ रुपैयाँ ३२ पैसामा झरेको हो ।  चुक्ता पूँजी रू. २ अर्ब ४२ करोड रहेको कम्पनीले जगेडामा रू. १ अर्ब ३ करोड भन्दा बढी सञ्चिती गरेको छ । चालू आवमा कम्पनीको तरलता अनुपात ८ दशमलव ४६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१४२ दशमलव ४१ रहेको छ ।  रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस

६० प्रतिशत पूँजी बढाएको हिमालयन डिष्टिलरीको खुद नाफा साढे ३७ प्रतिशत घट्यो

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६६ करोड १ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म १ अर्ब ५ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष ३७ दशमलव ५४ प्रतिशत कम खुद नाफा गरेको हो । सञ्चालन नाफा पनि अघिल्लो वर्षभन्दा ३५ दशमलव ६५ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष १ अर्ब ४७ करोड रूपैयाँभन्दा बढी रहेको सञ्चालन नाफा गत वर्ष ९५ करोड २ लाख रूपैयाँभन्दा बढी मात्र भएको हो । कुल सञ्चालन आम्दानी अघिल्लो वर्षभन्दा २८ दशमलव ६१ प्रतिशत कम १ अर्बृ ७८ करोड रूपैयाँभन्दा बढी भएको छ । ६० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी २ अर्ब ४२ करोड ९५ लाख ६६ हजार पुर्‍याएको कम्पनीको जगेडा कोष रकम पनि अघिल्लो वर्षभन्दा ३० दशमलव ३८ प्रतिशत कम ९२ करोड ३३ लाख रूपैयाँभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी २७ रूपैयाँ १७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३८ रूपैयाँ छ ।

गत वर्ष साढे ७८ प्रतिशत घट्यो हिमालयन लघुवित्तको नाफा

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ करोड ५३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा गत वर्ष कम्पनीको खुद नाफा ७८ दशमलव ५० प्रतिशत कम भएको हो । अघिल्लो वर्ष चौथो त्रैमाससम्म कम्पनीले ७ करोड १४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज बढ्दा सञ्चालन नाफा घट्न गई खुद नाफामा समेत असर परेको हो ।  गत वर्ष कम्पनीको इम्पेयरेमन्ट चार्ज १ करोड ३२ लाख रुपैयाँभन्दा बढी छ । अघिल्लो वर्ष १० करोड ४९ लाख रुपैयाँभन्दा बढी रहेको सञ्चालन नाफा गत वर्ष ७९ प्रतिशत कम २ करोड १९ लाख रुपैयाँभन्दा बढी भएको छ । गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ६० लाख ९८ हजार रुपैयाँ छ । ११ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी ३१ करोड ९८ लाख १८ हजार रुपैयाँ पुर्‍याएको कम्पनीको शेयर प्रिमियममा ४ करोड ५५ लाख रुपैयाँभन्दा बढी र जगेडा कोष रकम १३ करोड ९६ लाख रुपैयाँभन्दा बढी छ । गत वर्ष अघिल्लो वर्षभन्दा १९ प्रतिशत बढी ४ अर्ब १६ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले १५ प्रतिशत बढी ४ अर्ब ४३ करोड ७७ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष १ दशमलव ४७ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ३७ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८१ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ८५ पैसा छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

६० प्रतिशतले पूँजी बढाएको हिमालयन डिष्टिलरीका नाफा भने करीब २७ प्रतिशत घट्यो

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको चुक्तापूँजी चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. २ अर्ब ४२ करोड ९५ लाख ६६ हजार पुगेको छ । गत वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा कम्पनीको ६० प्रतिशत पूँजी वृद्धि भएको हो । यस वर्ष कम्पनीले ६० प्रतिशत बोनस शेयर वितरण गरेको हो । यस वर्ष कम्पनीको खुद नाफा भने करीब २७ प्रतिशत कम भएको छ । गत वर्ष रू. ७८ करोड ८३ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ५७ करोड ६६ लाखभन्दा बढी मात्र खुद नाफा गरेको हो । यस वर्ष सञ्चालनबाट हुने आम्दानी १७ दशमलव ३० प्रतिशत कम भएकाले कम्पनीको नाफामा असर परेको हो । गत वर्ष रू. १ अर्ब ७६ करोडभन्दा बढी सञ्चालनबाट आम्दानी भएकोमा यस वर्ष रू. १ अर्ब ४५ करोडभन्दा बढी मात्र भएको हो । तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. ८३ करोड ९८ लाखभन्दा बढी छ । गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. १ अब ५ करोडभन्दा बढी थियो । वार्षिक प्रतिशेयर आम्दानी रू. ३१ दशमलव ६५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १३४ दशमलव ५७ रहेको छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

हिमालयन जनरल इन्स्योरेन्सको नाफा १४.६३% घट्यो, प्रति सेयर आम्दानी ९.४९ रुपैयाँ

काठमाडौं। हिमालयन जनरल इन्स्योरेन्सको नाफामा गत वर्षको तुलनामा १४.६३ प्रतिशत घटेको छ। गत आर्थिक वर्ष ६ करोड ११ लाख रुपैयाँ खुद नाफा

आम्दानी घटेसँगै घट्यो हिमालयन जनरल इन्स्योरेन्सको नाफा

माघ २८, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४ प्रतिशत घटेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ६ करोड ११ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ५ करोड २२ लाखमा झरेको हो ।  चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानी घटेकाले नाफा घट्न पुगेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १० करोड ४८ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा घटेर रू. ९ करोड ४२ लाखमा सीमित भएको हो । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १० करोड रहेको छ भने जगेडामा रू. २० करोड २१ लाख र बीमा कोषमा रू. ६४ करोड ३० लाख सञ्चित गरेको छ ।  त्यसैगरी, कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ८४ करोड ६७ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको दोस्रो त्रैमासको तुलनामा ९९ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ४२ करोड ४८ लाख कुल बीमाशुल्क आर्जन गरेको छ ।  चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ४९ (वार्षिक), मूल्य आम्दानी अनुपात ८१ दशमलव शून्य २ गुणा र प्रतिशेयर नेटवर्थ रू. १७८ दशमलव ५४ रहेको छ ।

२१.३८ % पूँजी वृद्धि गरेको हिमालयन बैंकको नाफा करीब १४ % बढ्यो

माघ १२, काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त विवरण  अनुसार कम्पनीको खुद नाफा गत वर्षभन्दा यस वर्ष १३ दशमलव ८० प्रतिशतले वृृद्धि भएको छ । गत वर्ष रू. ६५ करोड ३२ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ७४ करोड ३४ लाखभन्दा बढी यो नाफा गरेको हो । यस वर्ष कम्पनीको सञ्चालन मुनाफा भने ७ दशमलव ६६ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष रू. ९८ करोड ६४ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. १ अर्ब ६ करोड २० लाखभन्दा बढी यो नाफा गरेको हो । चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीको वितरण योग्य नाफा भने रू. २४ करोड ५१ लाखभन्दा बढी छ । गत वर्ष यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा रू. ३९ करोड १३ लाखभन्दा बढी थियो । गत आर्थिक वर्षको मुनाफाबाट २१ दशमलव ३८ प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीले चुक्तापूँजी रू. १२ अर्ब ९६ करोड ८७ लाखभन्दा बढी कायम गरेको छ । यो पूँजी गत असार मसान्तसम्म रू. १० अर्ब ६८ करोड ४४ लाख रहेको थियो । कम्पनीको जगेडा कोष रकम पनि ६ महीनामा रू. २१ दशमलव ७० प्रतिशत कम कायम भएको छ । गत असार मसान्तसम्म रू. ९ अर्ब ४४ करोड ८३ लाखभन्दा बढी रहेको जगेडा कोष (रिटेन्ड अर्निग ) सहित रकम पुस मसान्तसम्म रू. ७ अर्ब ३९ करोड ८३ लाखमा सीमित भएको हो । यस अवधिसम्म कम्पनीको रिटेन्ड अर्निग रू. २४ करोड ७१ लाखभन्दा बढी र जगेडा कोष रू. ७ अर्ब १५ करोड १२ लाखभन्दा बढी छ । गत असार मसान्तको तुलनामा कम्पनीले १७ दशमलव ३७ प्रतिशत बढी अर्थात् रू. १ खर्ब ६५ अर्ब ५१ करोड २६ लाख निक्षेप संकलन गरेको छ भने १९ दशमलव ५४ प्रतिशत बढी अर्थात्  रू. १ खर्ब ५० अर्ब ६७ करोड ९० लाख कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव १३ प्रतिशत रहेकोमा यस वर्ष घटेर शून्य दशमलव ७२ प्रतिशत कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशमलव ४७ र प्रतिशेयर नेटवर्थ रू. १५७ दशमलव शून्य ५ छ । यो पनि हेर्नुस् : हिमालयन बैंकको पाँच वर्षे लाभांश इतिहास : यसवर्ष तीन वर्ष पछिकै उच्च हिमालयन बैंकको नाफा करीब ३ अर्ब, वितरणयोग्य नाफा २ अर्बभन्दा बढी १ खर्बभन्दा बढी निक्षेप संकलन गरेको हिमालयन बैंकको नाफा ४४% घट्यो हिमालयन बैंकको नाफामा ६२.५० प्रतिशतले कमी

हिमालयन जनरल इन्स्योरेन्सले प्रस्ताव गर्‍यो लाभांश

पुस २२, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस २१ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  प्रस्तावित यो लाभांश बीमा समितिको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।  हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १० करोड ३ लाख ३६ हजार ७०० रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश प्रस्ताव गरेको हो । यो पनि हेर्नुस् : हिमालयन जनरल इन्स्योरेन्सले गर्‍यो ६.७५% लाभांश प्रस्ताव  ९ महीनामा हिमालयन जनरल इन्स्योरेन्सको नाफा ९ करोड १० लाख असार मसान्तसम्ममा हिमालयन जनरल इन्स्योरेन्सको नाफा घट्यो

हिमालयन उर्जा विकास कम्पनीको नाफा करीब ९२% घट्यो

साउन २७, काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म हिमालयन उर्जा विकास कम्पनीले रू. ३ लाख ७९ हजार खुद नाफा गरेको छ ।  बुधवार सार्वजनिक कम्पनीको अपस्किृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ९१ दशमलव ७२ प्रतिशत कम भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले रू. ४५ लाख ७८ हजार खुद नाफा गरेको थियो ।  हालसम्म विद्युत् उत्पादन नभएको कम्पनीको अन्य आम्दानी अघिल्लो वर्षभन्दा साढे ८० प्रतिशत कम हुँँदा नाफामा असर परेको हो । अघिल्लो वर्ष रू. ७१ लाख ३४ हजार अन्य आम्दानी गरेको कम्पनीले गत वर्ष रू. १३ लाख ८५ हजार मात्र यो आम्दानी गरेको हो । गत वर्ष कम्पनीको सञ्चालन नाफा भने ७९ दशमलव ९७ प्रतिशत कम रू. १० लाख ८६ हजार भएको छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. ९९ करोड रहेको छ । कम्पनीको जगेडा कोष रकम भने रू. ७१ लाख ७६ हजार ऋणात्मक रहेको छ । कम्पनीको कुल सम्पत्ति रू. ३ अर्ब ४६ करोड ७१ लाख ५६ हजार रहको छ । प्रतिशेयर नेटवर्थ रू. ९९ दशमलव २८ रहेको कम्पनीको प्रतिशेयर आम्दानी भने रू. शून्य दशमलव शून्य ४ रहेको छ ।