खराब कर्जा बढेपछि हिमालयन बैंकको नाफा १७ प्रतिशतले घट्यो, वितरणयोग्य मुनाफा भने २३% बढ्यो

काठमाडौं। हिमालयन बैंकको नाफा १७ प्रतिशत घटेको छ। पोहोर असार अन्त्यसम्म २ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा कमाएको

सम्बन्धित सामग्री

बैंकको खराब कर्जा व्यवस्थापन गर्न सकिने तहमै

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बढेको बैंकहरूको खराब कर्जा व्यवस्थापन गर्न सकिने अवस्थामा नै रहेको बैंकरहरूले दाबी गरेका छन् । जोखिमबापत छुट्ट्याउनुपर्ने रकम बढ्दा खराब कर्जा बढेको र यसले सजग हुनुपर्ने अवस्था भने देखिएको उनीहरूको भनाइ छ ।  ‘गत आर्थिक वर्ष (आव) को अन्त्यमा वाणिज्य बैंकहरूको औसत खराब कर्जा २ दशमलव ९८ प्रतिशत रहेकोमा चालू वर्षमा ३ दशमलव ६१ प्रतिशत पुगेको छ,’ सोमवार आयोजित पत्रकार सम्मेलनमा नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले भने, ‘यो व्यवस्थापन गर्न सकिने तहमा छ, तर बैंकहरूले सजग हुनुपर्ने भएको छ ।’ दक्षिण एशियाका देशहरूको तुलनामा नेपाली बैंकहरूको खराब कर्जा कम रहेको उनले दाबी गरे ।  कोभिड–१९ महामारी र रूस–युक्रेन युद्धका कारण आर्थिक गतिविधिमा कमी आउँदा बैंकिङ क्षेत्रमा पनि असर देखिन थालेको अध्यक्ष केसीले बताए । कोभिड प्रभावबाट बचाउन कर्जाको पुन: संरचना र पुनर्तालिकीकरण गर्दा बैंकहरूको वित्तीय विवरण सहज देखिए पनि विस्तारै प्रभाव देखिन थालेको उनको भनाइ थियो । गतवर्षसम्म नेपाल राष्ट्र बैंकले कर्जा पुन: संरचना र पुनर्तालिकीकरणको सुविधा दिएको थियो । तर, चालू वर्षमा निर्माण क्षेत्रमा प्रवाह भएको कर्जा र ५ करोड रुपैयाँभन्दा सानो कर्जा मात्र पुनर्तालिकीकरण गर्न पाउने सुविधा दिएको छ । यसैगरी आर्थिक गतिविधिमा कमी आउँदा कर्जा असुलीमा समेत समस्या हुन थालेको बैंकरहरूले बताएका छन् ।  यसैगरी लामो समयपछि चालू आवको प्रथम त्रैमासमा वाणिज्य बैंकहरूको नाफा पनि पोहोरको तुलनामा घटेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बैंकहरूको नाफा २८ प्रतिशतले घटेको अध्यक्ष केसीले बताए । चालू आवको पहिलो त्रैमासमा एउटा बैंकको नाफा ऋणात्मक भएको, १३ ओटाको घटेको र ६ ओटाको सामान्य वृद्धि देखिएको उनले जानकारी दिए । यस अवधिमा बैंकहरूले जोखिम व्यवस्थाबापत छट्ट्याउनुपर्ने रकम १६ अर्ब रुपैयाँले बढेको र यसले बैंकहरूलाई नै बलियो बनाउने उनले दाबी गरे ।  पत्रकार सम्मेलनमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बैंकहरूको खराब कर्जा नबढ्ने बताए । बैंकहरूको खराब कर्जा व्यवस्थापनका लागि सरकारले विशेष नीति लिनुपर्ने उनको सुझाव छ । खराब कर्जाको दीर्घकालीन समाधानका लागि सम्पत्ति व्यवस्थापन कम्पनी बनाउने प्रावधान ल्याउन उनले माग गरे । पत्रकार सम्मेलनमा संघले जाजरकोट भूकम्पबाट पीडितलाई सहयोगार्थ बैंकहरूबाट राहत संकलन शुरू गरेको र सोमवारसम्ममा ५ करोड रुपैयाँको प्रतिबद्धता आएको जानकारी दियो । यसै गरी संघको आयोजनामा आगामी बिहीवार र शुक्रवार नेपालमा हुने एशियन बैंकिङ कन्फेरेन्सको तयारी पूरा भएको पनि अध्यक्ष केसीले जानकारी दिए ।

आर्थिक संकटको असर बैंकको वित्तीय विवरणमा : नाफा घट्दा, खराब कर्जा दोब्बर

काठमाडौं। कोभिड–१९ महामारी, रूस–युक्रेन युद्धलगायत कारण आर्थिक गतिविधि सुस्त हुँदाको असर बैंकहरूको वित्तीय विवरणमा पनि देखिन थालेको छ ।  चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा बैंकहरूको नाफामा उल्लेख्य गिरावट आउँदा खराब कर्जामा भने उच्च वृद्धि देखिएको छ । गत आवको पहिलो त्रैमासमा १ दशमलव ७१ प्रतिशत रहेको वाणिज्य बैंकहरूको औसत खराब कर्जा यो वर्ष पहिलो त्रैमासमा ३ दशमलव ४० प्रतिशत पुगेको हो ।  गत आवको पहिलो, दोस्रो र तेस्रो त्रैमाससम्म नाफाको वृद्धिदर घटे पनि चौथो त्रैमासमा आइपुग्दा सुधार देखिएको  थियो । यसै गरी गत आवको शुरूदेखि नै लगातार उकालो लागेको खराब कर्जामा पनि आवको अन्त्यमा आइपुग्दा सुधार भएको थियो ।  तर, उक्त सुधार टिक्न सकेन । चालू आवको पहिलो त्रैमासमै बैंकहरूको प्रदर्शन खराब देखिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत आवको पहिलो त्रैमासमा ५ दशमलव ९४ प्रतिशत, दोस्रोमा ११ दशमलव १० प्रतिशत र तेस्रोमा ११ दशमलव ६७ प्रतिशत नाफा वृद्धि भएको थियो । चौथो त्रैमासमा आइपुग्दा नाफा वृद्धिदर २४ दशमलव ९३ प्रतिशत पुगेको थियो । चालू आवको पहिलो त्रैमासमा भने बैंकहरूको नाफा करीब १९ प्रतिशत घटेको छ । चालू आवको पहिलो त्रैमाससम्ममा वाणिज्य बैंकहरूले कुल १३ अर्ब ४७ करोड खुद नाफा आर्जन गरेका छन् । यस अवधिमा १२ ओटा बैंकको नाफा घट्दा आठओटाको बढेको छ । कृषि विकास बैंकको नाफा ऋणात्मक छ । बैंकहरूको खराब कर्जा वृद्धिसँगै जोखिम व्यवस्थाबापत छुट्ट्याउनुपर्ने रकम बढेपछि नाफामा असर देखिएको हो ।  बैंकहरूको औसत खराब कर्जा गत आवको पहिलो त्रैमासमा १ दशमलव ७१, दोस्रो त्रैमासमा २ दशमलव ३१ प्रतिशत र तेस्रो त्रैमाससम्ममा ३ दशमलव शून्य ४ प्रतिशत थियो । गत आवको चौथो त्रैमासमा खराब कर्जा घटाएर २ दशमलव ८ प्रतिशतमा सीमित गरेकोमा चालू आवको पहिलो त्रैमासमा ३ दशमलव ४० प्रतिशत पुगेको छ । कृषि विकास बैंकको निष्क्रिय कर्जा सबैभन्दा धेरै ५ दशमलव ३३ प्रतिशत पुग्दा कुमारीको ४ दशमलव ८९ प्रतिशत, नेपाल इन्भेष्टमेण्ट मेगाको ४ दशमलव ८३, लक्ष्मी सन्राइजको ४ दशमलव ६९, हिमालयनको ४ दशमलव ६७ र ग्लोबल आइएमई बैंकको ४ दशमलव ३८ प्रतिशत पुगेको छ । आर्थिक गतिवधिमा कमी आउँदा बैंकहरूको कर्जा असुली प्रभावित भएसँगै खराब कर्जा बढेको हो । खराब कर्जा वृद्धिले वित्तीय क्षेत्रमा जोखिम बढ्दै गएको संकेत गर्छ । वाणिज्य बैंकहरूको खुद नाफा घटेपछि तिनका शेयरधनीलाई वितरणयोग्य नाफा पनि कमजोर भएको छ । बैंकहरूले चालू आवको पहिलो त्रैमासमा १७ अर्ब २६ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा ६१ प्रतिशत कम हो ।

खराब कर्जा बढेपछि घट्यो सिद्धार्थ बैंकको नाफा, अन्य सूचक कस्तो ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।  विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २६ दशमलव ३८ प्रतिशत घटेको छ । गत आवको दोस्रो त्रैमाससम्म रू. १ अर्ब ५७ करोड नाफा कमाएको कम्पनीले चालू आवको सोही अवधिमा रू. १ अर्ब १६ करोडमात्र कमाएको हो ।  चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेको र सञ्चालन नाफा घटेकोले नाफा घटेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा २७ प्रतिशत घटेको छ । त्यस्तै कम्पनीको निष्क्रिय कर्जा गत आवमा शून्य दशमलव ३७ प्रतिशत रहेकोमा चालू आवमा २ दशमलव ८७ प्रतिशत पुगेको छ ।  त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा ३३ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. ३ अर्ब खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा रू. ४ अर्बभन्दा माथि पुगेको छ । १२ दशमलव ५० प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. १४ अर्ब पुगेको छ । त्यस्तै कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म जगेडामा रू. ८ अर्ब ८२ करोड र रिटेन्ड अर्निङमा रू. ९ करोड ६५ लाख सञ्चित गरेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा प्रतिशेयर आम्दानी रू. २२ दशलमव ३३ रहेको कम्पनीको चालू आवमा रू. १६ दशमलव ५३ मा झरेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात १८ दशमलव ६० गुणा, तरलता अनुपात २५ दशमलव ४३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६३ दशमलव २९ रहेको छ ।

एनआईसी एशिया बैंकको नाफा २० % बढ्यो, वितरणयोग्य नाफा कति ?

वैशाख ७, काठमाडौं । चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा एनआईसी एशिया बैंकको नाफा करीब २० प्रतिशत वृद्धि भएको छ । चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा कम्पनीको नाफा १९ दशमलव ९६ प्रतिशतले वृद्धि भएको हो ।  वित्तीय विवरण अनुसार चालू आवको चैत मसान्तसम्म कम्पनीले ३ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा यो कम्पनीको नाफा ३ अर्ब ४८ लाख रूपैयाँ थियो ।  त्यस्तै चैत मसान्तसम्म यो कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ३८ करोड रूपैयाँ रहेको छ । यो बैंकको खराब कर्जा भने बढेको छ । गत आवको चैत मसान्तसम्म शून्य दशमलव ४७ प्रतिशत खराब कर्जा रहेकोमा चालू आवको सोही अवधिमा बढेर शून्य दशमलव ५१ प्रतिशत कायम भएको छ ।  त्यसैगरी कम्पनीको जगेडा कोषमा ९ अर्ब ७४ करोड रुपैयाँ जम्मा भएको छ । गत असार मसान्तसम्म कम्पनीको जगेडामा ७ अर्ब ७४ करोड रुपैयाँ थियो ।  कम्पनीको प्रतिशेयर आम्दानी ४१ दशमलव ९४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २१० दशमलव  ११रुपैयाँ छ । प्रतिशेयर बजार मूल्य ७५७, कुल सम्पत्तिमा प्रतिफल १ दशमलव ३९ प्रतिशत र तरलता अनुपात २० दशमलव शून्य ७ प्रतिशत रहेको छ ।

७६.९८ प्रतिशतले बढ्यो महालक्ष्मी विकास बैंकको नाफा, वितरणयोग्य कति ?

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा महालक्ष्मी विकास बैंकको खुद नाफा ७६.९८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ४० करोड ३६ लाख खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नाफा बढेर ६९ करोड ५७ लाख पुगेको छ। यस अवधिमा बैंकको खुद नाफा आम्दानी १५.६४ प्रतिशतले बढेर १ अर्ब ३४ करोड पुगेको छ । यस अवधिमा बैंकको बितरणयोग्य मुनाफा ४५ करोड ८३ लाख रहेको छ ।समिक्षा अवधिमा बैंकको निक्षेप ८.२१ प्रतिशतले बढेर ४१ अर्ब ७७ करोड पुगेको छ भने कर्जा प्रवाह २६.५१ प्रतिशतले बढेर ३८ अर्ब ८ करोड पुगेको छ । खराब कर्जा असुल भई बैंकको प्रोभिजन फिर्ता भएसंगै बैंकको खुद नाफा बढेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ७ करोड ३२ लाख प्रोभिजन गरेकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सो रकम १५ लाख मात्र कायम रहेको छ। यस अवधिमा बैंकको खराब कर्जा ४.४४ प्रतिशतबाट घटेर २.८९ प्रतिशत कायम भएको छ।४ अर्ब १ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा २ अर्ब २४ करोड रहेको छ ।  यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २३.७४ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १५६.४ रुपैयाँ रहेको छ ।