हिमालयन उर्जा विकास कम्पनीको नाफा करीब ९२% घट्यो

साउन २७, काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म हिमालयन उर्जा विकास कम्पनीले रू. ३ लाख ७९ हजार खुद नाफा गरेको छ ।  बुधवार सार्वजनिक कम्पनीको अपस्किृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ९१ दशमलव ७२ प्रतिशत कम भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले रू. ४५ लाख ७८ हजार खुद नाफा गरेको थियो ।  हालसम्म विद्युत् उत्पादन नभएको कम्पनीको अन्य आम्दानी अघिल्लो वर्षभन्दा साढे ८० प्रतिशत कम हुँँदा नाफामा असर परेको हो । अघिल्लो वर्ष रू. ७१ लाख ३४ हजार अन्य आम्दानी गरेको कम्पनीले गत वर्ष रू. १३ लाख ८५ हजार मात्र यो आम्दानी गरेको हो । गत वर्ष कम्पनीको सञ्चालन नाफा भने ७९ दशमलव ९७ प्रतिशत कम रू. १० लाख ८६ हजार भएको छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. ९९ करोड रहेको छ । कम्पनीको जगेडा कोष रकम भने रू. ७१ लाख ७६ हजार ऋणात्मक रहेको छ । कम्पनीको कुल सम्पत्ति रू. ३ अर्ब ४६ करोड ७१ लाख ५६ हजार रहको छ । प्रतिशेयर नेटवर्थ रू. ९९ दशमलव २८ रहेको कम्पनीको प्रतिशेयर आम्दानी भने रू. शून्य दशमलव शून्य ४ रहेको छ ।

सम्बन्धित सामग्री

तेस्रो त्रैमासमा हिमालयन उर्जा विकास कम्पनी नोक्सानीमा

वैशाख २२, काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार चालू आवको तेस्रो त्रैमाससम्ममा उक्त कम्पनी रू. १ लाख ४ हजार नोक्सानीमा रहेको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ९ लाख ११ हजार नाफा कमाएको थियो । चालू आवमा आम्दानी घटेसँगै कम्पनी नोक्सानीमा गएको हो ।  गत आवमा कम्पनीको अन्य स्रोतमार्फत भएको आम्दानी रू. १० लाख २८ हजार रहेकोमा चालू आवमा घटेर रू. ५ लाख ९३ हजारमा झरेको छ । कम्पनीको चुक्तापूँजी रू. ९९ करोड रहेको छ । कम्पनीको जगेडा कोष रू.८६ लाख २८ हजार ऋणात्मक रहेको छ । कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी शून्य दशमलव शून्य११ ऋणात्मक रहेको छ । त्यसैगरी कम्पनीको तरलता अनुपात शून्य दशमलव ४९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.९९ दशमलव १३ रहेको छ ।

नाफा बुक भएसँगै नेप्सेमा सामान्य करेक्सन, ८ अर्ब ३ करोड बराबरको शेयर खरीदविक्री

पुस २८, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३० दशमलव ५१ अंकले घटेको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ८०३ दशमलव ६२ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२९ ओटा धितोपत्रको १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता शेयर ९० हजार ५९० पटकमा रू.८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७४२ मा खरीदविक्री भएको छ । नेप्से परिसूचक घटेपनि यस दिन कारोबार रकम भने अघिल्लो कारोबार दिनभन्दा बढेको छ।   यो दिन कारोबारमा आएका २२९ ओटा धितोपत्रमध्ये चार ओटा धितोपत्रको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) को शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र नारायणी डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य रू. ६०५ दशमलव २०, निफ्राको रू.३७२ दशमलव ९०,नारायणी डेभलपमेन्ट बैंकको रू.६२७ दशमलव ९० र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य रू. ३४४ दशमलव ८० पुगेको हो ।  त्यसैगरी यो दिन हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य सबैभन्दा बढी ६ दशमलव २१ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.४६७ मा झरेको हो । त्यसैगरी दोस्रोमा युनियन हाइड्रोपावरको ५ दशमलव ५३ प्रतिशत घटेर रू. ३७६ मा झरेको छ ।  बुधवार सर्वाधिक शेयर खरीदविक्री नेपाल बङ्गलादेश बैंकको भएको छ । कम्पनीको रू. २८ करोड ६९ लाख ९९ हजार बराबरको शेयर खरीदविक्री भएको हो । त्यसैगरी दोस्रोमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको रू. २७ करोड ६१ लाख ९९ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहमध्ये व्यापार समूहको शून्य दशमलव ६५ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशलमव शून्य ९ प्रतिशत र लगानी समूहको परिसूचक ३ दशमलव १३ प्रतिशतका दरले वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।  त्यसैगरी बैंकिङ समूहको परिसूचक १ दशमव २१ प्रतिशत,होटल एण्ड टुरिजम समूहको २ दशमलव ३९ प्रतिशत,विकास बैंक समूहको २ दशमलव ३८ प्रतिशत,हाइड्रोपावर समूहको शून्य दशमलव २१ प्रतिशत,वित्त समूहको २ दशमलव २४ प्रतिशत,निर्जीवन बीमा समूहको २ दशमलव शून्य ४ प्रतिशतले घटेको छ ।  यस्तै अन्य समूहको ३ दशमलव ४४ प्रतिशत,लघुवित्त समूहको १ दशमलव १२ प्रतिशत,जीवन बीमा समूहको १ दशमलव १९ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव २९ प्रतिशतका दरले घटेको छ । केहि दिनदेखि बढेको बजारमा यो दिन लगानीकर्ता नाफा बुक गर्नेतर्फ लागेका कारण सामान्य करेक्सन भएको छ ।  पछिल्ला कारोबार दिनमा बजार बढेसँगै अधिकांश कम्पनीहरुको शेयरमूल्य बढेको छ। शेयरमूल्य बढेको मौकामा अल्पकालीन लगानीकर्ताहरुले नाफा बुक गरेका कारण बजार करेक्सन भएको हो।

हिमालय उर्जा विकास कम्पनीको साधारणसभा आह्वान

हिमालय उर्जा विकास कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक २४ गते बुधबार एकसाथ २० औ र २१ औ साधारणसभा गर्न लागेको हो । कम्पनीले भर्चुअल माध्यमबाट सभा संचालन हुने जनाएको छ । कम्पनीको सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/०७७ र आ.व.२०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने , लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व २०७६/०७७ र आ.व.२०७७/०७८ को वासलात, नाफा-नोक्सान हिसाव र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल तथा स्वीकृत गर्ने प्रस्ताव पेश हुने छ।त्यस्तै कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व.२०७८/२०७९ को लेखा परिक्षण गर्नको लागि लेखा परिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमीक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक ९ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

तेस्रो त्रैमासमा हिमालयन उर्जाको नाफा ७८% ले घट्यो

जेठ २५, काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीले चालू आवको तेस्रो त्रैमासीक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुनलामा चालू आवको सोही अवधिमा ७८ प्रतिशतले कमि आएको छ । गत आवमा रू. ४२ लाख ४६ हजार नाफा आर्जन गरेको उक्त कम्पनीको नाफा चालू आवको सोही अवधिमा घटेर रू. ९ लाख ११ हजारमा सीमित भएको हो ।  चालू आवमा कम्पनीको अन्य आम्दानीमा कमि आएकाले नाफा घटेको हो । अन्य आम्दानी गत आवको तुलनामा चालू आवमा ८१ प्रतिशतले कमि आएको छ । गत आवमा कम्पनीको आम्दानी रू. ५५ लाख ६ हजार ८३० रहेकोमा चालू आवमा रू. १० लाख २८ हजार ५१८ मा सीमित भएको हो । कम्पनीको चुक्तापूँजी रू. ९९ करोड रहेको छ । जगेडा भने रू. ७५ लाख ५५ हजार ऋाणात्मक रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. शून्य दशमलव ०९ र प्रतिशेयर नेटवर्थ रू. ९९ दशमलव २४ रहेको छ । कम्पनीले नयाँ जलविद्युत् आयोजनाहरु निर्माण गर्ने पूर्व तयारी भएको वित्तीय विवरणमा उल्लेख गरेको छ ।