गत वर्ष साढे ७८ प्रतिशत घट्यो हिमालयन लघुवित्तको नाफा

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ करोड ५३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा गत वर्ष कम्पनीको खुद नाफा ७८ दशमलव ५० प्रतिशत कम भएको हो । अघिल्लो वर्ष चौथो त्रैमाससम्म कम्पनीले ७ करोड १४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज बढ्दा सञ्चालन नाफा घट्न गई खुद नाफामा समेत असर परेको हो ।  गत वर्ष कम्पनीको इम्पेयरेमन्ट चार्ज १ करोड ३२ लाख रुपैयाँभन्दा बढी छ । अघिल्लो वर्ष १० करोड ४९ लाख रुपैयाँभन्दा बढी रहेको सञ्चालन नाफा गत वर्ष ७९ प्रतिशत कम २ करोड १९ लाख रुपैयाँभन्दा बढी भएको छ । गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ६० लाख ९८ हजार रुपैयाँ छ । ११ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी ३१ करोड ९८ लाख १८ हजार रुपैयाँ पुर्‍याएको कम्पनीको शेयर प्रिमियममा ४ करोड ५५ लाख रुपैयाँभन्दा बढी र जगेडा कोष रकम १३ करोड ९६ लाख रुपैयाँभन्दा बढी छ । गत वर्ष अघिल्लो वर्षभन्दा १९ प्रतिशत बढी ४ अर्ब १६ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले १५ प्रतिशत बढी ४ अर्ब ४३ करोड ७७ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष १ दशमलव ४७ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ३७ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८१ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ८५ पैसा छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित सामग्री

गत वर्ष इरानमा ८३४ लाई मृत्युदण्ड, २०१५ यताकै उच्च

पेरिस – इरानले गत वर्ष कम्तीमा आठ सय ३४ जनालाई मृत्युदण्ड दिएको दुई अधिकार समूहले मङ्गलबार बताएका छन्। इरानमा मृत्युदण्डको सजाय बढ्दै गर्दा उक्त सङ्ख्या सन् २०१५ यताकै उच्च हो। इरानले हालैका वर्षहरूमा फाँसी दिएर कार्यान्वयन गरेको मृत्युदण्डको सङ्ख्या सन् २०२२ मा करिब ४३ प्रतिशतले बढेको छ। नर्वेस्थित ह्युमन राइट्स (आइएचआर) र पेरिसस्थित टुगेदर अगेन्स्ट […]

गत वर्ष ६ लाख आम्दानी, यसपाली कागती बोटमै

वालिङ नगरपालिका–१४ अमलडाँडाका यामप्रसाद पौडेलले गत वर्ष कागती बिक्री गरेर ६ लाख आम्दानी गरेका थिए । यसपाली बजार अभावका कारण कागती बोटमै छ ।

बंगलादेशमा गत वर्ष ५८५ विद्यार्थीले गरे आत्महत्या

बङ्गलादेशमा पाँच सय ८५ जना विद्यार्थीले आत्महत्या गरेका छन्। विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्ययनरत ती विद्यार्थीले गत वर्ष आत्महत्या गरेका एक अध्ययनले देखाएको हो। एक सय ५० वटा राष्ट्रिय तथा स्थानीय समाचारपत्रमा आधारित अध्ययन प्रतिवेदन शनिबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै आँचोल प्रतिष्ठानकी प्रमुख फर्जाना अख्तर लाम्बानीले तीन सय ४० जना विद्यालयका छात्रछात्राले आत्महत्या गरेका बताइन्। […]

गत वर्ष भन्दा ८३ अर्ब राजस्व कम

काठमाडौं । चालू आर्थिक वर्षमा सरकारले गत वर्ष भन्दा करिब २० प्रतिशत राजस्व बढाउने लक्ष्य राखेर बजेट सार्वजनिक गरेको थियो । तर, वर्षको आधा समय (साउन-पुस) सम्म लक्ष्य फेला पर्ने होइन, गत वर्षको जति पनि राजस्व उठाउन सकेको छैन् । सरकारी आयव्ययको तथ्यांक राख्ने जिम्मेवारी पाएको महालेखा नियन्त्रण कार्यालयका अनुसार पुससम्म जम्मा ४ खर्ब ५८ […]

बार्सिलोनालाई गत वर्ष ८६ मिलियन पाउन्ड नाफा

स्पेनिस क्लब बार्सिलोनाले गत वर्ष ८६ मिलियन पाउन्ड नाफा गरेको जनाएको छ। साथै उसले आगामी वर्ष २ सय ४० मिलियन पाउन्ड नाफा गर्न सक्ने जनाएको छ। गत समरमा बार्सिलोनाले लालिगाको फाइनान्सियल नियमका कारण खेलाडी अनुबन्धन गर्न पाएको थिएन। उसले करिब ४ सय २२ मिलियन पाउन्ड घाटा भोगेको जनाइएको थियो। क्लबका अनुसार सन् २०२१-२२ को आर्थिक […]

गत वर्ष एक सय ४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

एजेन्सी- गत वर्ष सन् २०२१ मा संयुक्त राष्ट्रसङ्घका १४० सहायताकर्मीको हत्या भएको पाइएको छ। राष्ट्रसंघीय निकायले शुक्रबार सार्वजनिक गरेको विवरणमा यो सङ्ख्या अन्य अघिल्ला वर्षहरूको तुलनामा धेरै भएको उल्लेख गरिएको छ। सन् २०१३ पछिकै सबैभन्दा धेरै भएको अधिकारीहरूले जनाएका छन्। उनीहरूको हत्या सहायता प्रदान गर्ने कामकै सिलसिलामा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। राष्ट्रसंघको मानवीय […]

गत वर्ष युरोप जाने क्रममा भूमध्यसागरमा तीन हजारभन्दा धेरैकाे मृत्यु

गत वर्ष युरोप जाने क्रममा भूमध्यसागर र एट्लान्टिकमा तीन हजार भन्दा बढी व्यक्तिको मृत्यु वा बेपत्ता भएका संयुक्त राष्ट्रसंघले जनाएको छ ।

गत वर्ष मूल्य वृद्धि साढे ३ प्रतिशतमा सीमित

औषतमा आर्थिक वर्ष २०७६-७७ मा १०० रुपैयाँमा पाइएको सामान गत वर्ष १०३ रुपैयाँ ६० पैसामा पाइएको राष्ट्र बैंकको प्रतिवेदनले औंल्याएको छ ।

गत वर्ष जम्मा तीन वटा पेटेन्ट दर्ता

काठमाडौं।गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा जम्मा तीनवटा पेटेन्ट दर्ता भएको छ।उद्योग विभागले निकालेको तथ्यांकअनुसार जम्म तीनवटा पेटेन्ट दर्ता भएको देखिएको हो।अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा एउटापनि पेटेन्ट दर्ता भएको थिएन।यस्तै, गत वर्ष ६६ वटा डिजाइन,दुई हजार ४०३ वटा ट्रेडमार्क दर्ता भएको विभागले जानकारी दिएको छ।अघिल्लो आर्थिक वर्षमा तीन हजार ६३ वटा ट्रेडमार्क र १७ वटा डिजाइन दर्ता भएको थियो।

गत वर्ष ८० प्रतिशत बजेट खर्च

काठमाडौं। सरकारले गत आर्थिक वर्ष २०७७/७८ मा कुल विनियोजित बजेटको ८०.८ प्रतिशत खर्च भएको छ। महालेखा नियन्त्र कार्यालयका अनुसार वर्षको असार मसान्तसम्ममा कुल ११ खर्ब ८० अर्ब ९५ करोड रुपैयाँ बजेट खर्च भएको हो। गत वर्ष सरकारले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। गत आर्थिक वर्षमा सरकारले दुई पटक बजेट संशोधन गरेको थियो।