२१.३८ % पूँजी वृद्धि गरेको हिमालयन बैंकको नाफा करीब १४ % बढ्यो

माघ १२, काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त विवरण  अनुसार कम्पनीको खुद नाफा गत वर्षभन्दा यस वर्ष १३ दशमलव ८० प्रतिशतले वृृद्धि भएको छ । गत वर्ष रू. ६५ करोड ३२ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ७४ करोड ३४ लाखभन्दा बढी यो नाफा गरेको हो । यस वर्ष कम्पनीको सञ्चालन मुनाफा भने ७ दशमलव ६६ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष रू. ९८ करोड ६४ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. १ अर्ब ६ करोड २० लाखभन्दा बढी यो नाफा गरेको हो । चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीको वितरण योग्य नाफा भने रू. २४ करोड ५१ लाखभन्दा बढी छ । गत वर्ष यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा रू. ३९ करोड १३ लाखभन्दा बढी थियो । गत आर्थिक वर्षको मुनाफाबाट २१ दशमलव ३८ प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीले चुक्तापूँजी रू. १२ अर्ब ९६ करोड ८७ लाखभन्दा बढी कायम गरेको छ । यो पूँजी गत असार मसान्तसम्म रू. १० अर्ब ६८ करोड ४४ लाख रहेको थियो । कम्पनीको जगेडा कोष रकम पनि ६ महीनामा रू. २१ दशमलव ७० प्रतिशत कम कायम भएको छ । गत असार मसान्तसम्म रू. ९ अर्ब ४४ करोड ८३ लाखभन्दा बढी रहेको जगेडा कोष (रिटेन्ड अर्निग ) सहित रकम पुस मसान्तसम्म रू. ७ अर्ब ३९ करोड ८३ लाखमा सीमित भएको हो । यस अवधिसम्म कम्पनीको रिटेन्ड अर्निग रू. २४ करोड ७१ लाखभन्दा बढी र जगेडा कोष रू. ७ अर्ब १५ करोड १२ लाखभन्दा बढी छ । गत असार मसान्तको तुलनामा कम्पनीले १७ दशमलव ३७ प्रतिशत बढी अर्थात् रू. १ खर्ब ६५ अर्ब ५१ करोड २६ लाख निक्षेप संकलन गरेको छ भने १९ दशमलव ५४ प्रतिशत बढी अर्थात्  रू. १ खर्ब ५० अर्ब ६७ करोड ९० लाख कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव १३ प्रतिशत रहेकोमा यस वर्ष घटेर शून्य दशमलव ७२ प्रतिशत कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशमलव ४७ र प्रतिशेयर नेटवर्थ रू. १५७ दशमलव शून्य ५ छ । यो पनि हेर्नुस् : हिमालयन बैंकको पाँच वर्षे लाभांश इतिहास : यसवर्ष तीन वर्ष पछिकै उच्च हिमालयन बैंकको नाफा करीब ३ अर्ब, वितरणयोग्य नाफा २ अर्बभन्दा बढी १ खर्बभन्दा बढी निक्षेप संकलन गरेको हिमालयन बैंकको नाफा ४४% घट्यो हिमालयन बैंकको नाफामा ६२.५० प्रतिशतले कमी

सम्बन्धित सामग्री

लक्ष्मी बैंकद्वारा ११.५ % लाभांश प्रस्ताव

कात्तिक २५, काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई ११ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ८ प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश करसहित गरेर कुल ११ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको कात्तिक २५ गते बिहीवार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।  यो पनि हेर्नुस् : लक्ष्मी बैंकको खुद नाफा करीब ७७% वृद्धि, वितरणयोग्य नाफा २ अर्बभन्दा बढी ९ % ले पूँजी वृद्धि गरेको लक्ष्मी बैंकको नाफा साढे १ अर्ब ५४ करोडभन्दा बढी