६० प्रतिशत पूँजी बढाएको हिमालयन डिष्टिलरीको खुद नाफा साढे ३७ प्रतिशत घट्यो

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६६ करोड १ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म १ अर्ब ५ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष ३७ दशमलव ५४ प्रतिशत कम खुद नाफा गरेको हो । सञ्चालन नाफा पनि अघिल्लो वर्षभन्दा ३५ दशमलव ६५ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष १ अर्ब ४७ करोड रूपैयाँभन्दा बढी रहेको सञ्चालन नाफा गत वर्ष ९५ करोड २ लाख रूपैयाँभन्दा बढी मात्र भएको हो । कुल सञ्चालन आम्दानी अघिल्लो वर्षभन्दा २८ दशमलव ६१ प्रतिशत कम १ अर्बृ ७८ करोड रूपैयाँभन्दा बढी भएको छ । ६० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी २ अर्ब ४२ करोड ९५ लाख ६६ हजार पुर्‍याएको कम्पनीको जगेडा कोष रकम पनि अघिल्लो वर्षभन्दा ३० दशमलव ३८ प्रतिशत कम ९२ करोड ३३ लाख रूपैयाँभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी २७ रूपैयाँ १७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३८ रूपैयाँ छ । 

सम्बन्धित सामग्री

नेपाल टेलिकमको खुद नाफा घट्यो

काठमाडौं– नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आएर नाफा कमाएको छ । टेलिकमले ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्ष यसले ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो ।  यस कम्पनीको सञ्चालन आम्दानी घटेपछि नाफामा गिरावट आएको हो र वित्तीय आम्दानी पनि घटेको […]

नागरिक लगानी कोषको नाफा बढ्दा पनि प्रतिसेयर आम्दानी घट्यो

२६ माघ, काठमाडौं । नागरिक लगानी कोषको नाफा बढ्दा पनि प्रतिसेयर आम्दानी घटेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६.४ प्रतिशत बढेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ५४ करोड ६० लाख रुपैयाँ छ, गत वर्षको यहीं अवधिमा ५१ करोड ३२ लाख रुपैयाँ थियो । कम्पनीको कुल […]

आरएसडीसी लघुवित्तको खुद नाफा घट्यो, निष्क्रिय कर्जा बढ्यो

४ माघ, काठमाडौं । आरएसडीसी लघुवित्तको खुद नाफा घटेको छ भने निष्क्रिय कर्जा बढेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार दोस्रो त्रैमासिक अवधिमा खुद नाफा ६ करोड ९३ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ७ करोड ९४ लाख रुपैयाँ थियो । नाफामा १२ प्रतिशत कमी आउनुमा खुद ब्याज […]

बुटवल पावर कम्पनीको नाफा घट्यो

२४ कात्तिक, काठमाडौं । नाफासँगै बुटवल पावर कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार गत वर्षको सो अवधिको तुलनामा खुद नाफा १२.५ प्रतिशतले घटेको छ । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको यो आर्थिक वर्षको पहिलो त्रैमासमा ७ […]

किन घट्यो नेपाल टेलिकमको खुद नाफा ?

आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिकमा नेपाल टेलिकमको खुद नाफा घटेको छ । टेलिकमले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा टेलिकमको खुद नाफा २ करोड ३३ लाख ७१ हजार रूपैयाँले घटेको हो ।  चालु आर्थिक वर्षको चैत मसान्तसम्म टेलिकमले  ५ अर्ब ४१ करोड ७४ हजार खुद मुनाफा आर्जन गरेको छ । जब की गएको आर्थिक वर्षको चैतसम्म टेलिकमले ५ अर्ब...

हिमालयन डिस्टिलरीको नाफा ३६ प्रतिशतले घट्यो

२९ माघ, काठमाडौं । हिमालयन डिस्टिलरीको सञ्चालन आम्दानीमा गिरावट हुँदा खुद नाफा पनि घटेको छ । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा गोल्डेन ओकको उत्पादन गर्ने हिमालयन डिस्टिलरीको नाफा ३६.४१ प्रतिशतले घटेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले २९ करोड ४२ लाख रुपैयाँमा नाफा आर्जन गरेको छ […]

घट्यो सिद्धार्थ इन्सुरेन्सको खुद नाफा

काठमाडौं । सिद्धार्थ इन्सुरेन्सको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा सिद्धार्थको खुद नाफा ८.३२५ ले घटेर ३२ करोड १० लाख ७१ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्षको यसै अवधिमा ३५ करोड १ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा सिद्धार्थको खुद बीमा शुल्क आर्जन १४५ ले बढेर १ […]

कोरोनाको तेस्रो लहर र ओटीटीको बढ्दो प्रयोगले घट्यो टेलिकमको नाफा

चालू आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा ४४ करोड ९१ लाख २५ हजारले घटेको छ । साउनदेखि चैत महिनासम्मको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा नाफा घटेको कम्पनीले जानकारी दिएको हो ।गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रुपैयाँ थियो । जुन, यो वर्षको सोही अवधिमा ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार रुपैयाँमा आइपुगेको छ । यो, ४४ करोड ९१ लाख २५ हजार रुपैयाँको गिरावट हो ।कोभिड महामारीको तेस्रो लहर र ओभर द टप (ओटीटी)को बढ्दो प्रयोगले अन्त

विन लघुवित्तको खुद नाफा ७९.७० प्रतिशतले घट्यो

काठमाडौं, ३ फागुन । विन लघुवित्त वित्तीय संस्थाको खुद नाफा ७९.७० प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ लाख ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन नाफा गत वर्षको भन्दा ७९.७० प्रतिशतले कम हो । यस्तै, खुद ब्याज आम्दानी भने ४.९१ प्रतिशतले बढ्दै २ करोड ३३ लाख रुपैयाँ पुगेको छ […]

शिवम् सिमेन्ट्सको कुल खर्च बढ्दा खुद नाफा २७.५३ प्रतिशतले घट्यो

काठमाडौं, २८ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म शिवम् सिमेन्ट्स लिमिटेडको खुद नाफा २७.५३ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८÷२०७९ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ४२ करोड ७३ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्ष भन्दा २७.५३ […]