काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको चुक्तापूँजी चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. २ अर्ब ४२ करोड ९५ लाख ६६ हजार पुगेको छ । गत वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा कम्पनीको ६० प्रतिशत पूँजी वृद्धि भएको हो । यस वर्ष कम्पनीले ६० प्रतिशत बोनस शेयर वितरण गरेको हो ।
यस वर्ष कम्पनीको खुद नाफा भने करीब २७ प्रतिशत कम भएको छ । गत वर्ष रू. ७८ करोड ८३ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ५७ करोड ६६ लाखभन्दा बढी मात्र खुद नाफा गरेको हो । यस वर्ष सञ्चालनबाट हुने आम्दानी १७ दशमलव ३० प्रतिशत कम भएकाले कम्पनीको नाफामा असर परेको हो । गत वर्ष रू. १ अर्ब ७६ करोडभन्दा बढी सञ्चालनबाट आम्दानी भएकोमा यस वर्ष रू. १ अर्ब ४५ करोडभन्दा बढी मात्र भएको हो ।
तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. ८३ करोड ९८ लाखभन्दा बढी छ । गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. १ अब ५ करोडभन्दा बढी थियो । वार्षिक प्रतिशेयर आम्दानी रू. ३१ दशमलव ६५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १३४ दशमलव ५७ रहेको छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्