कैलाली - कोरोना सङ्क्रमण भएर होम आइसोलेशनमा बसेकाहरूको हौसला बढाउन कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी स्वास्थ्यकर्मीको टोलीसहित सङ्क्रमितका घरघरमा पुगेपछि आफूहरूमा सकारात्मक ऊर्जा आएको सङ्क्रमितहरूले बताएका छन् ।
कोरोना सङ्क्रमणको दोस्रो चरणका कारण प्रभावित बनेको कैलालीमा सङ्क्रमणको दर केही घटे पनि रोकिन सकेको छैन भने ज्यान गुमाउनेकाे सङ्ख्या पनि घटेकाे छैन । सक्रिय सङ्क्रमित होम आइसोलेशनमा बस्दा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा मापदण्ड, ध्यान दिनुपर्ने खानपिनको जानकारी तथा औषधि भए/नभएकोलगायतक...