नगरप्रमुख सङ्क्रमितलाई कोसेली बोकेर घरघरमा

खलङ्गा, २ जेठ: चन्दननाथ नगरपालिकाकाले होम आइसोलेशनमा बसेका कोरोना सङ्क्रमितलाई कोसेली लिएर घरघरमा भेट्ने अभियान शुरुआत गरेको छ । अभियानमा नगरप्रमुख कान्तिका सेजुवाल सहित प्रमुख प्रशासकीय अधिकृत तीर्थराज पौडेल र स्वास्थ्य शाखाका प्रमुख पृथ्वीनाथ योगी छन् । स्यानिटाइजर, मेडिकल मास्क, भिटामिन ‘सी’ र ‘डी’, च्यवनप्रास, एक क्यारेट अण्डा, साबुन र चना लिएर नगरपालिकाको टोली सङ्क्रमितको […]

सम्बन्धित सामग्री

‘क्लिनग्रीन’ सिद्धार्थनगरका लागि डस्टबिन वितरण

काठमाडौं,१६ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई ‘क्लिन’, ‘ग्रिन’ एण्ड ‘इकोफ्रेन्डली सिटी’का रुपमा विकसित गर्नका लागि नगरपालिकाले सरसफाइसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय बस्तीलाई सफा र सुन्दर राख्नका लागि नगरपालिका–५ बाट डस्टबिन वितरण कार्यक्रम सुरु गरिएको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ । घरघरमा पुगेर सरसफाइसम्बन्धी जनचेतना दिँदै डस्टबिन वितरण गरिएको छ । नगरप्रमुख इस्तायिक अहमद […]

नगरप्रमुख र जनताको श्रमदानबाट पकुवा खोलाको पानी धरानका घरघरमा

धरानमा नगरप्रमुख हर्कराज राईको नेतृत्वमा जनताको श्रमदानबाट पकुवा खोलाबाट खानेपानी ल्याइएको छ।

घरघरमा धूमपान निषेध अभियान सञ्चालन गर्छौं : चिरिबाबु महर्जन

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरमा नगरक्षेत्रभित्र धूमपान सेवन निषेध अभियान सञ्चालन गर्ने बताएका छन् । विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा आज यहाँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालको आयोजना भएको अन्तक्र्रिया कार्यक्रममा उनले प्रत्येक घरघरमा गएर धूमपान सेवन विरुद्धको अभियान सञ्चालन गर्ने बताए ।उनका अनुसार जनप्रतिनिधि र नगर प्रहरीले प्रत्येक घरमा गएर सुर्तीजन्य पदार्थ सेवन विरुद्धको अभियान सञ्चालन गर्ने छन् । नगरप्रमुख महर्जनले पाट

मेलम्ची र इन्द्रावतीका चार सय ९५ घरधुरीमा धारा सञ्चालनमा

सिन्धुपाल्चोक, १२ चैत । फटकशिला ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनाबाट मेलम्ची नगरपालिका–१३ स्थित फटकशिलाका ३०० घरधुरीमा खानेपानी उपलब्ध गराइएको छ । नगरपालिकाको रु दुई करोडको लगानीमा बोरिङ गरी पानी उपलब्ध गराएपछि वर्षौंदेखि खानेपानी समस्यामा रहेका फटकशिलाका बासिन्दा घरघरमा पानी आएपछि हर्षित भएका छन् । नगरप्रमुख डम्बर अर्यालले नगरपालिकाको सबैभन्दा ठूलो खानेपानी आयोजना सम्पन्न भएकामा खुसी […]

कञ्चनरूपमा दुई वर्षमा घरघरमा धारा

सप्तरी- सप्तरीको कञ्चनरूप नगरपालिकामा सहरी खानेपानी तथा सरसफाइ आयोजना कार्यालय पानीपोखरी काठमाडौंको सहयोगमा ‘सहरी खानेपानी तथा सरसफाइ आयोजना’ सञ्चालन हुने भएको छ ।नगरप्रमुख वसन्तकुमार मिश्रले कञ्चनरूप–१२ स्थित धरमपुरमा अतिरिक्त बोरिङको शिलान्यास गर्दै खानेपानी आयोजनाको काम तीव्ररूपमा सुरु भएको घोषणा गरे । लामो समयदेखि खानेपानीको अभाव खटकिएको नगरपालिकाको केही वडामा खानेपानीको सर्वसुलभ व्यवस्था मिलाउन आयोजनाले सहयोग […]

बनेपामा ज्येष्ठ नागरिकलाई घरघरमै खोप

नगरप्रमुख तिमल्सिना स्वास्थ्यकर्मी लिएर ज्येष्ठ नागरिकको घरघरमा पुगेर खोप लगाउने अभियानमा तल्लीन छन्।नगरपालिकाले गत फागुन २३ देखि २९ गतेसम्म पनि पहिलो चरणको खोप अभियानका शुरुआत गरेको थियो।

आत्मबल बढाउन सङ्क्रमितका घरघरमा स्वास्थ्यकर्मीसहित नगरप्रमुख

कैलाली - कोरोना सङ्क्रमण भएर होम आइसोलेशनमा बसेकाहरूको हौसला बढाउन कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी स्वास्थ्यकर्मीको टोलीसहित सङ्क्रमितका घरघरमा पुगेपछि आफूहरूमा सकारात्मक ऊर्जा आएको सङ्क्रमितहरूले बताएका छन् । कोरोना सङ्क्रमणको दोस्रो चरणका कारण प्रभावित बनेको कैलालीमा सङ्क्रमणको दर केही घटे पनि रोकिन सकेको छैन भने ज्यान गुमाउनेकाे सङ्ख्या पनि घटेकाे छैन । सक्रिय सङ्क्रमित होम आइसोलेशनमा बस्दा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा मापदण्ड, ध्यान दिनुपर्ने खानपिनको जानकारी तथा औषधि भए/नभएकोलगायतक...

सङ्क्रमितको घरघरमा मेयर ढकाल

मोरङको दोस्रो ठुलो सहरको रूपमा विकास हुँदै गरेको सुन्दरहरैचा नगरपालिका क्षेत्र स्थित कोभिड१९ सङ्क्रमणको दोस्रो भेरिएन्टमा ७४० जना सङ्क्रमित रहेका छन्। जसमध्ये ५ महिला र १२ पुरुष गरी १७ जनाले ज्यान गुमाइसकेका छन् भने ६८ जना निको भइसकेका छन्। अझै सक्रिय सङ्क्रमितको रूपमा रहेका ६५५ जना होम आइसोलेसनमा रहेका छन्। यो महामारीको बीच सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकाल सङ्क्रमितको घरघरमा पुगेर नगरवासीको अवस्था बुझ्न व्यस्त छन्।

सप्तकोशीमा सङ्क्रमितका घरघरमा स्वास्थ्य सामग्री वितरण

सप्तरी। सप्तकोशी नगरपालिकाले आफ्ना वडा १, २, ८ र ११ मा होमआइसोलेसनमा रहेका कोरोना सङ्क्रमितलाई घरघरमा नै पुगेर स्वास्थ्य सामग्री वितरण गर्न थालेको छ। नगरप्रमुख उत्तम शर्माको नेतृत्वको टोलीले सङ्क्रमितको मनोबल बढाउन र आपत्कालीन सहयोग उपलब्ध गराउन घरघर पुगिएको बताए। यससँगै नगरपालिकाले २० शय्याको आइसोलेसन कक्ष र होल्डिङ्ग सेन्टर सञ्चालनमा ल्याएको छ। (रासस)

कनकाई नगरप्रमुख जो सङ्क्रमितको घरघरमा डाक्टर र अक्सिजन लिएर जान्छन्

देशमा कोरोना सङ्क्रमणबाट नागरिकहरु आक्रान्त बनिरहेको बेला कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल भने नगरका कोभिडका बिरामीहरुको घरघरमा चिकित्सक, आवश्यक अक्सिजन र औषधि लिएर जाने गर्नुभएको छ । नगरप्रमुख पोखरेलले बुधबार मात्रै अत्यावश्यक पर्ने ३ परिवारमा अक्शिजन पुर्याएको र नगरपालिकाले राखेको डाक्टर अभिषेक नायकबाट आवश्यक स्वास्थ्य परामर्श समेत गरिएको नगरप्रमुख पोखरेलले बताउनुभयो । हाल नगरपालिकाले कोभिडका विरामीलाई लक्षित गरेर २० बेडको आइशुलेशन वार्ड समेत संचालनमा ल्याएको छ । नगरपालिकाभित्रका विरामीहरुलाई आवश्यक पर्दा नगरको आइशुलेशन वार्डमा ल्याइने र त्यहाँ पनि समस्या भएमा थप उपचारका लागि प्रदेश नम्बर एकको जुनसुक्कै अस्पतालमा उपचारका लागि लैजाने प्रबन्ध मिलाइएको नगरपालिकाका प्रमुख पोखरेलले बताउनुभयो । यसका लागि नगरपालिकाले निशुल्क रुपमा एम्बुलेन्स समेत तयारी अवस्थामा राखेको छ ।