कञ्चनरूपमा दुई वर्षमा घरघरमा धारा

सप्तरी- सप्तरीको कञ्चनरूप नगरपालिकामा सहरी खानेपानी तथा सरसफाइ आयोजना कार्यालय पानीपोखरी काठमाडौंको सहयोगमा ‘सहरी खानेपानी तथा सरसफाइ आयोजना’ सञ्चालन हुने भएको छ ।नगरप्रमुख वसन्तकुमार मिश्रले कञ्चनरूप–१२ स्थित धरमपुरमा अतिरिक्त बोरिङको शिलान्यास गर्दै खानेपानी आयोजनाको काम तीव्ररूपमा सुरु भएको घोषणा गरे । लामो समयदेखि खानेपानीको अभाव खटकिएको नगरपालिकाको केही वडामा खानेपानीको सर्वसुलभ व्यवस्था मिलाउन आयोजनाले सहयोग […]

सम्बन्धित सामग्री

पोखरी संरक्षण र पार्क निर्माणमार्फत पर्यटन प्रवर्द्धन गर्ने नगरपालिकाको योजना

ढोरपाटन । पछिल्लो समय गाउँगाउँमा मोटर बाटो पुग्न थाले । विनाइञ्जिनीयरिङ निर्माण भएका सडकले एकातर्फ पर्यावणका साथै बाढी र पहिराको जोखिम बढाएको छ भने अर्कातर्फ पानीका मुहान सुक्दै गएका छन् । पानीका मुहान सुक्न थालेपछि जिल्लाका धेरै बस्तीमा खानेपानी आपूर्तिमा समस्या आउनसमेत थालेको छ । एक दशक अगाडिसम्म पानीले भरिभराउ हुने पोखरी अहिले सुक्खा भएका छन् । घरघरमा धारा नहुँदा स्थानीयले पशुचौपायालाई पानी खुवाउने र सिँचाइका लागि गर्ने पोखरी अहिले सुक्खा हुन थालेका छन् । मौलिक परम्परासँग जोडिएका यस्ता सम्पदा संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन । बागलुङको जैमिनी नगरपालिकाले भने यसको संरक्षणमा चासो देखाएको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा ठूला पोखरीको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्न थालेको छ । नगरपालिका-३ दमेकस्थित खालपोखरीको संरक्षण गर्नुका साथै त्यस वरपरको क्षेत्रमा पर्यटन पार्क निर्माण गर्न थालिएको छ । नगरपालिकाले मौलिक सम्पदासँगै जोडेर पर्यटन प्रवर्द्धन गर्ने गरी काम शुरू गरेको हो ।  आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेशले विनियोजन गरेको रू. १० लाखले खालपोखरीलाई थप व्यवस्थित गर्ने र यस वरपर पर्यटन पार्क, वनभोजस्थललगायत संरचना निर्माण गर्ने नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । शर्माले यो क्षेत्र पर्यटकीय हिसाबले अत्यन्तै सम्भावना बोकेको हुँदा यसको प्रवर्द्धनमा प्रदेश सरकार र नगरपालिका जुटेको बताए । सडकको सहज पहुँच र चर्चित पर्यटकीय स्थल गाजाको दह नजिक पर्ने हुँदा खालपोखरी क्षेत्रको विकास गर्न थालेको उपप्रमुख शर्माको भनाइ छ ।  ‘जैमिनीभित्र थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्र छन्, धेरैजसो गन्तव्य स्थलमा नगरपालिकाको लगानीमा पूर्वाधार निर्माण भइसकेका छन्, अहिले नयाँ गन्तव्य निर्माण गर्दै छौं, पहिले यो पाखरीबाट पानी संकलन गरेर सिँचाइ गर्ने गरिन्थ्यो, वस्तुभाउलाई पानी खुवाइन्थ्यो, अहिले सुक्दै गएको छ,’ उपप्रमुख शर्माले भने, ‘अब योसँगै अन्य पोखरीको पनि संरक्षण गर्छौं, अहिले यहाँ पर्यटन पूर्वाधार निर्माण शुरू गरेका छौं, यसको प्रचारप्रसारलाई पनि तीव्र बनाउने र पर्यटक भित्र्याउने वातावरण तयार गर्छौं, यो पनि एउटा महत्त्वपूणर् गन्तव्य बन्ने आशा छ ।’ रासस

घरघरमा खानेपानी पुगेपछि चम्पादेवीवासी दंग

ओखलढुङ्गा : चम्पादेवी गाउँपालिका–३ को घरघरमा खानेपानीको धारो पुग्न थालेपछि स्थानीय खुसी भएका छन्। वर्षौदेखि खानेपानीको हाहाकार भोगिरहेका गाउँमा गाउँपालिकाले घरघरमा धारा ल्याईदिएको हो।गाउँपालिकाले हरेक घरमा खानेपाानीको पहुँचमा पुर्याउने लक्ष्यका साथ चालु आर्थिक वर्षमा नीति तथा कार्यक्रममार्फत खानेपानी वर्ष घोषणा गरेर खानेपानी वितरण अभियान सुरु गरेको छ। गाउँपालिकाका नागरिकले वर्षौदेखि देखेका सपना बल्ल पूरा भएको छ। गाउँपालिकाले घरघरमा धारामार्फत खानेपानी खसालेपछि आफूहरु खुसी भएको चम्पादेवी&nd

घरैपिच्छे धारा स्थानीय दंग

कनकासुन्दरी–५ की पूर्णादेवी न्यौपानेले घरमै धारा आउला, आफ्नो सहजताअनुसार पानी भरांैला भन्ने सोचेकै थिइनन् । एक गाग्री पानी ल्याउन घण्टौ लाग्ने बाध्यताबाट यति छिटै छुटकरा पाइएला भन्ने उनलाई कल्पनासमेत थिएन । तर स्थानीय सरकार आएको तीन वर्षमा घरमै धारो छड्किएपछि दंग परिन् । त्यस्तै सोही गाउँका जगदिश उपाध्यायको घरमा धारो छर्किंदा उनी निकै खुसी छन् । घरघरमा धारा आउलान् भनेर सोचेको थिएन, तर स्थानीय सरकारले पु¥यायो निकै सहज भएको उपाध्यायले बताए । लुड्कु गाउँमा एक घर एक धारा निर्माण अभियान चलाएर कनकासुन्दरी गाउँपालिकाले आव ०७५÷७६ कै बजेटमा हरेक बस्तीमा खानेपानी पु-याँदा स्थानीय खुसी छन् । लड्कुमा उदाहरणमात्र हो ।