नगरप्रमुख तिमल्सिना स्वास्थ्यकर्मी लिएर ज्येष्ठ नागरिकको घरघरमा पुगेर खोप लगाउने अभियानमा तल्लीन छन्।नगरपालिकाले गत फागुन २३ देखि २९ गतेसम्म पनि पहिलो चरणको खोप अभियानका शुरुआत गरेको थियो।
सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन थालेको छ । भाइरसविरुद्धको खोप लगाएको ६ महिना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो । स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिस्तरीय बैठकले ७७ जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयलाई खोप लगाउनका […]
काठमाडौँ महानगरपालिकाले आफ्नो २७ औँ महानगर दिवसमा ज्येष्ठ नागरिकलाई निःशुल्क निमोनियाको खोप लगाउने भएको छ । समारोहका संयोजक कामपाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार समारोहमा ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप तथा स्वास्थ्य शिविर, विशेष सरसफाइ, खेलकुद र सांस्कृतिक कार्यक्रमसहित यही मङ्सिर २७, २८ र २९ गते महानगर दिवस मनाउन लागिएको हो । सो अवसरमा ४० वटा बुथबाट सर्वेक्षण गरिनेछ । यसमा सहभागी हुनेलाई निःशुल्क १० वटा मास्क दिइनेछ । यसैगरी १० वटा बुथबाट कोभिडविरुद्धको खोप सञ्चालन गरिनेछ ।
काठमाडौं, कात्तिक १४ । ललितपुर महानगरपालिकाले ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई पहिलो चरण निमोनियाविरुद्धको खोप दिन थालेको छ । ज्येष्ठ नागरिकका लागि निमोनियाविरुद्ध दिइने पिसिभी १३ नेपालमै पहिलो पटक ललितपुर महानगपालिकाले दिन थालेको दावी गरेको छ । महानगर भित्रका ८ हजार ५ सय जेष्ठ नागरिकलाई सो खोप दिने लक्ष्य रहेको बताइएको छ । पहिलोचरणमा ५ […]
जाडो मौसमसँगै दिन प्रतिदिन चिसो बढ्दैछ । यही बेला बालबालिकासँगै ज्येष्ठ नागरिकलाई निमोनियाको जोखिम हुन सक्छ । यद्यपि समयमै खोप लगाए रोकथाम हुन सक्ने चिकित्सकको भनाइ छ । कोरोना भाइरस सङ्क्रमितलाई निमोनियाले थप समस्या हुने भएकाले इन्फ्लुएन्जा र निमोनिया नियन्त्रणका लागि खोप लगाउनु राम्रो हुने सुझाव दिइएको छ । ती खोपहरूले कोभिड–१९ को सङ्क्रमणबाट नजोगाउने भए पनि ज्येष्ठ नागरिकलाई इन्फ्लुएन्जा र निमोनियाजस्ता घातक रोगबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने छाती रोग विशेषज्ञ डा. रक्षा पा
ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाएको छ ।ललितपुर महानगरपालिकाले यसअघि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाइसकेका ७७ वर्षमाथिका महानगरका स्थायी बासिन्दा ज्येष्ठ नागरिकलाई बुधबार कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाएको हो । खोप कार्यक्रम बुधबार एक दिनमात्रै सञ्चालन भएको महानगरले जनाएको छ । महानगरपालिकाभित्र विभिन्न आठवटा खोप केन्द्र सञ्चालन गरेर खोप लगाइएको […]
काठमाडौं। सरकारले यही जेठ २५ गतेदेखि कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० देखि६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार मङ्गलबार मात्र चीनबाट नौ लाख मात्रा ‘भेरोसेल’ खोप आएको र आज थप एक लाख मात्रा तिब्बत सरकारबाट आउनेछ।रासस
काठमाडौं। सरकारले यही जेठ २५ गतेदेखि कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० देखि६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार मङ्गलबार मात्र चीनबाट नौ लाख मात्रा ‘भेरोसेल’ खोप आएको र आज थप एक लाख मात्रा तिब्बत सरकारबाट आउनेछ।रासस