यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हुम्लामा दुई वडा अध्यक्ष र चार सदस्यको एकल उम्मेदवारी परेको छ । जिल्लाको उत्तरी नाम्खा र सिमकोट गाउँपालिकामा उक्त पदका लागि दल तथा स्वतन्त्रका एकल उम्मेदवारी परेको हो । नाम्खा गाउँपालिका–६ को हिमाल पारीको गाउँ लिमीबाट वडाध्यक्ष पदमा पाल्जोर तामाङ र सिमकोट गाउँपालिका–१ बाट गोर्ख लामाको एकल उम्मेदवारी परेको हो । दरखास्त फारम माथिको छानबिन गर्ने कार्यतालिका अनुसारको समय र दाबी विरोधको कार्यक्रम बाँकी रहेको कारण वैशाख १५ गतेपछि मात्र