काठमाडौं : स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा नेपाली कांग्रेसले एकल उम्मेदवारी दिने भएको छ। गठबन्धन आवद्ध दलहरुबीच भागवण्डा हुँदा हेटौंडा उपमहानगरको नेतृत्व कांग्रेसले नपाएको भन्दै एकल उम्मेदवारी दिने घोषणा गरेको हो। कांग्रेस नगर सभापति उत्सव इटेनीले विज्ञप्ति जारी गर्दै पार्टी केन्द्रले आम कायकर्ता तथा शुभेच्छुकको मनोभावनामा ठेस पुग्ने गरी तालमेल गरेको उल्लेख गरेका छन्।केन्द्रीय स्तरबाट भएको भागबण्डाले गठबन्धनको आवश्यकता र औचित्यसमेत पूरा गर्न नसक्ने गरी भएको यस निर्णयलाई