तुलसीपुर उपमहानगरको कार्यपालिका निर्वाचनमा एमालेको एकल उम्मेदवारी

दाङ : तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनका लागि नेकपा एमालेबाट एकल उम्मेदवारी परेको छ।बिहीबार तुलसीपुरमा भएको मनोनयन दर्तामा ८ जना कार्यपालिका सदस्यका लागि एमालेबाट एकल उम्मेदवारी परेको हो। एमालेको तर्फबाट निर्वाचित महिला सदस्यको लागि ५ जनाको मनोनयन दर्ता भएको छ।जसमा वडा नं. १ बाट गौरी नेपाली, वडा नं. ६ बाट यमुना परियार, वडा नं. ९ बाट वसन्त केसी, वडा नं. १५ बाट सीता कुमारी लामिछाने र वडा नं. १६ बाट रिखा शर्मा रहेका छन्। उनीहरु सबै नवनिर्वाचित वडा सदस्य हुन्।त्यसैगरी क