मध्यमार्ग सहकारीले उपलब्ध गरायो कृषकलाई कृषि सामाग्री

काभ्रे।  पनौती नगरपालिका वडा नम्बर ४ र ८ का उपभोक्ता कृषक सदस्यहरुका लागि मध्यमार्ग कृषि सहकारी संस्थाले प्रविधिमैत्री कृषि अभियानका लागि कृषि सामाग्री वितरण गरेको छ । अध्यक्ष प्रदिप केसीले कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा उक्त सामाग्रीहरु उपलब्ध गराइएको बताउनु भयो । कृषि सामाग्री हस्तान्तरण गर्दै पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले थोरै लगानीमा धेरै […]

सम्बन्धित सामग्री

दाङको कोसेली घरबाट उपमहानगरले ४ वर्षसम्म भाडा पाएन

दाङ । दाङको तुलसीपुर बसपार्कस्थित कोसेली घरले चार वर्षसम्म पनि भाडा पाएको छैन । उपमहानगरपालिकाले महिला कृषि लघु उद्यमी समूहलाई त्यसको जिम्मा दिएको थियो । २०७६ मंसिरमा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नका लागि कोसेली घर सञ्चालनमा ल्याइएको थियो । उपमहानगरपालिकालाई फाइदाको ५ प्रतिशतका दरले प्रतिमहिना भाडा उपलब्ध गराउने सहमति भएको थियो । तर, सहमति अनुसार सहकारीले […]

अनुदानको मल विचौलियालाई बिक्री

सरकारले दिने अनुदानको मल विचौलियालाई बिक्री गरेको भन्दै इलाम सदरमुकाममा सञ्चालन भइरहेको कृषि बिज भण्डारको गोदाममा सिल गरिएको छ । सरकारले किसानलाई अनुदानमा मल उपलब्ध गराउँदै आएको छ । तर सरकारले अनुदानमा दिएको मल इलामका सहकारीले महंगो मूल्यमा विचौलियालाई बेच्ने गरेको पाइए पछि जिल्ला प्रशासनको टोलीले सो पसलको गोदाममा सिल गरेको हो । सहकारीमार्फत किसानलाई […]

गुन्द्रुक र सिन्की ब्रान्डिङ गर्दै गाउँपालिका

इलाम : इलामको रोङ गाउँपालिकाले गुन्द्रुक र सिन्की ब्रान्डिङको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। पालिकाले स्वीस सरकार सहयोगमा नेपाल कृषि बजार विकास कार्यक्रमसँगको सहकार्यमा गुन्द्रुक र सिन्की ब्रान्डिङको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको हो। देवानछाप साना किसान कृषि सहकारीले कार्यक्रम संचालन गर्नेछ।  ६७ लाख ८५ हजार रुपैयाको कार्यक्रमका लागि स्वीस सरकारले ३४ लाख ४५ हजार रुपैया उपलब्ध गराउनेछ । पालिकाले १७ लाख ६० हजार र सहकारीले १५ लाख ८० हजार लगानी गर्नेछन्।देवानछाप

कृषि मन्त्रीले नै मल उपलब्ध गराउन सक्दैनौं भनेपछि ..

कर्णालीका कृषि मन्त्री चन्द्रबहादुर शाहीले रासायनिक मल उपलब्ध गराउने दायित्व केन्द्र सरकारको भएकाले प्रदेश सरकारले यसबारे केही गर्न नसक्ने बताएका छन् । बुधबार वीरेन्द्रनगरको मनिकापुरमा एक सहकारीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका मन्त्री शाहीले रासायनिक मलका लागि संघीय सरकारको कृषि मन्त्रालयसँग समन्वय गरिरहेको बताए ।हातमा रोपो (धानको बिउ) समातेका उनले कृषकको बीचमा उभिएर ‘प्रदेश सरकारले रासायनिक मलको समस्या समाधान गर्न नसक्ने’ प्रस्ट पारे । प्राङ्गारिक तर्फ प्रदेशलाई लैजाने भन्ने

अनुदानको धानको बीउ किसानलाई महँगोमा बिक्री

पाल्पा : रामपुर नगरपालिकाले अनुदानमा उपलब्ध गराएको धानको बीउ यहाँको एक सहकारीले महँगोमा किसानलाई बिक्री गरेको पाइएको छ।रामपुर–३ रजघरास्थित दर्छा हरियाली साना किसान कृषि सहकारी संस्थाले नगरपालिकाबाट अनुदानमा उपलब्ध भएको बीउ मूल्य बढाएर किसानलाई वितरण गरेको हो । स्थानीय कृष्ण पराजुली अनुदानमा आएको बीउ सहकारीले किसानलाई चर्को मूल्यमा बिक्री गरेको आरोप लगाए । बीउ खरिद गरेर घर लगेपछि सहकारीले रामपुर नगरपालिकाबाट अनुदानमा ल्याएको धानको बीउ बढी मूल्यमा बिक्री गरेको थाहा पाएँ’, उनल

अनुदानको धानको बीउ महँगोमा किसानलाई बिक्री

पाल्पाको रामपुर नगरपालिकाले अनुदानमा उपलब्ध गराएको धानको बीउ यहाँको एक सहकारीले महँगो मूल्यमा किसानलाई गरेको पाइएको छ । रामपुर–३ रजघरास्थित दर्छा हरियाली साना किसान कृषि सहकारी संस्थाले नगरपालिकाबाट अनुदानमा उपलब्ध भएको बीउ प्रतिकिलो रु ६ मूल्य बढाएर किसानलाई वितरण गरेको हो । अनुदानमा आएको बीउ सहकारीले किसानलाई चर्को मूल्यमा बिक्री गरेको स्थानीय कृष्ण पराजुली बताउनुहुन्छ …

सहकारीद्वारा किसानलाई आधुनिक कृषि औजारको सुविधा

पश्चिम नवलपरासी सुनवल नगरपालिकाको स्वाठीमा रहेको एक सहकारीले गाउँका किसानहरुलाई सहकारीमार्फत आधुनिक कृषि औजारको सुविधा प्रदान गरेको छ । सुनवल नगरपालिका ९ स्वाठीस्थित स्वाठी कृषि सहकारी संस्थाले स्थानिय किसानहरुलाई कृषि कार्यका लागि लाखौं रुपियाँ पर्ने अत्याधुनिक कृषि औजारहरु सहुलियत दरमा उपलब्ध गराएको हो ।

सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० साँखेमा प्रधान कार्यालय रहेको शुक्ला कृषि पर्यटन सहकारी संस्थाले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने भएको छ । कृषकले उत्पादन गरेको दूधलाई बजारीकरणमा सहयोग पु¥याउन सहकारी संस्थाले शुक्लागण्डकी–२ गाछेपानीमा प्रशोधन केन्द्र सञ्चालन गर्न लागेको हो ।      दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्न कृषि तथा पशुपङ्छी विकास मन्त्रालय अन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखरासँग सहकारीले सम्झौता गरेको छ । सहकारीले गाछेपानीमा प्रशोधन केन्द्र निर्माण गर्ने र आगामी साउनसम्म सम्पन्न गरी सञ्चालनमा ल्याउने सहकारीका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिए । उनका अनुसार ९९ लाख २९ हजार रुपैयाँ लगानीमा प्रशोधन केन्द्र सञ्चालनमा ल्याइनेछ । त्यसका लागि सहकारीले १९ लाख ४० हजार र राष्ट्रिय सहकारी बैंक दमौली शाखाले ३० लाख २४ हजार ऋण लगानी गर्नेछ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाइले ४९ लाख ६४ हजार रुपैयाँ अनुदान उपलब्ध गराउने सहमति भएको छ । गुणस्तरीय दूध, दही, घ्यु, पनिर, आइसक्रिम बनाउने र प्याकेजिङ गर्नलाई आवश्यक यन्त्र उपकरण प्रशोधन केन्द्रमा जडान हुनेछ । कच्चा पदार्थ खरीद, ढुवानी, बजार प्रवद्र्धन र बीमामा परियोजनाको सहयोग रहने सहकारीले बताएको छ । शुक्लागण्डकी–१० साँखेमा प्रधान कार्यालय रहेको शुक्ला कृषि पर्यटन सहकारीले दुलेगौडाबाट सेवा कार्यालय सञ्चालन गरेको छ । रासस

प्रदेश नम्बर १ कै पहिलो ‘कृषि होमस्टे’ बन्यो झापामा

असार ३१, झापा । झापाको गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारी खेतीले ५० जना अट्ने क्षमताको वातानुकूलित नमूना घरबास (होमस्टे) बनाएको छ ।  प्रदेश नम्बर १ मै पहिलोपटक कृषि सहकारीले रू. एक करोड २० लाखको लागतमा कृषि पर्यटन प्रवर्द्धनका लागि बनाएको यो पहिलो ‘कृषि होमस्टे’ हो । यद्यपि सहकारीले कोडिभ–१९ का कारण निर्माण सम्पन्न भए पनि सञ्चालनमा ल्याउन सकेको छैन । पूर्व पश्चिम राजमार्गको पाडाजुँगी चोकबाट करीब ३० किलोमिटरको दूरीमा रहेको यो होमस्टे देशका विभिन्न सहकारीबाट यहाँको नमूना खेती अवलोकन भम्रणमा दैनिक आउने पाहुनाका लागि बनाइएको सहकारीका अध्यक्ष वेदनिधि चापागाईंले बताए ।  कृषि पर्यटनलाई लक्षित गरी संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा १२ कठ्ठा जमीनमा निर्माण भएको होमस्टे आकर्षक र सुन्दर छ ।  तीन वर्षअघि तत्कालीन कानूनमन्त्री अग्नि खरेलले शिलान्यास गरेको पाहुना घरमा ८ ओटा सुुत्ने र बस्ने सुविधा सम्पन्न कोठा तथा एउटा ८० जना अट्ने तालीम हल बनेको छ । उनका अनुसार दुई ओटा कोठामा दुई/दुई ओटा शय्या रहेका छन् भने बाँकी छ ओटा कोठामा ८ ओटाका दरले शय्या व्यवस्थापन गरिएको छ । विसं २०७० मा महारानी झोडा साना किसानले प्रवर्द्धन गरेको सहकारीले नाफा कमाउने भन्दा पनि सेवा गर्ने उद्देश्यले होमस्टे बनाएको जानकारी दिएको छ । ‘नाफा कमाउने सोचले होइन’, अध्यक्ष चौपागाईंले भने, ‘अवलोकन भ्रमणमा देशभरका सहकारीबाट आउनुहुने पाहुनालाई सस्तो र गुणस्तरीय सेवा प्रदान गर्ने हामो लक्ष्य छ ।’ तीन वर्ष अघि सरकारले मुलुक भरमा तोकेका १०० पर्यटकीय गन्तव्यमध्ये एक कृषि गन्तव्यका रूपमा सूचीकृत सहकारीलाई होमस्टे निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा रू. ६५ लाख, २०७६/०७७ मा रू. ४५ लाख र चालू आव २०७७/०७८ सालमा रू. ५० लाख गरी कुल रू. एक करोड ६० लाख उपलब्ध गराएको उनले बताए । सो रकममध्ये होमस्टे निर्माणमा रू. एक करोड २० लाख खर्च भएको छ भने बाँकी रकम सोही स्थानमै बनेको ज्येष्ठ नागरिक चौतारीमा लगाइएको छ । उनले होमस्टेका सुन्दर वातानुकूलित कोठामा एक दिन बस्नका लागि प्रतिव्यक्ति रू. २०० मात्र तिर्नुपर्ने र सहकारीले नै उत्पादन गरेको स्वादअनुसारका खानाको व्यवस्थासमेत हुने बताए । सहकारीले जैविक तरकारी खेती, गाई फार्म, माछा, लोकल कुखुरा, बट्टाइपालन गरेको छ भने यहाँ आउने पाहुनाका लागि ५० जनाले एकै पटक खाना खान सक्ने क्षमताको चमेनागृहसमेत निर्माण गरेको छ । ‘बास्मती चालमको भातसहित पाहुनाको स्वाद र रुचिअनुसारको परिकार खुवाउँछौँ’, उनले भने, ‘न्यूनतम मूल्यमा सबै कुरा एकै ठाउँ उपलब्ध गराउने हो ।’ कोभिड–१९ का कारण गत वर्ष र यो वर्ष सहकारी भ्रमणमा आउने क्रम घटेको छ । अध्यक्ष चापागाईंले सहज अवस्था हुँदा वर्षमा ५० हजारभन्दा बढी कृषि तथा सहकारी क्षेत्रका अभियानकर्मी नमूना खेती अवलोकन भ्रमणका लागि आउने गरेको बताए ।  यसअघि यहाँ आउने कृषि पर्यटकले बास बस्नकै लागि दमक, विर्तामोडलगायतका होटलमा पुग्नेपर्ने बाध्यता थियो । अब यहीँको होमस्टेमा बसेर सहकारीे एकअर्काका अनुभव साटासाट गर्ने अवसर मिल्ने महारानीझोडा साना किसान सहकारी संस्थाकी अध्यक्ष मीना ढकालले बताए ।  पछिल्लो समय कृषिको ‘हब’ बन्दै गएको गौरादहमै कृषि क्याम्पस तथा महिलाले नै सञ्चालन गरेको देशकै नमूना महारानीझोडा साना किसान सहकारी संस्थासमेत रहेका छन् । त्यसैगरी सहकारीले होमस्टेसँग ज्येष्ठ नागरिक मिलन केन्द्र र चौतारीसमेत धमाधम निर्माण गरिरहेको छ । यसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चालू आवमा रू. ७० लाख बजेट विनियोजन गरेको थियो । ज्येष्ठ नागरिकलाई आनन्ददायीपूर्वक समय बिताउन सहयोग पुर्‍याउने उद्देश्यले होमस्टे परिसरमै मिलन केन्द्र निर्माण भइरहेको छ । रासस

मकै उत्पादक किसानलाई अनुदानमा कृषि सामग्री

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैडाकोट नगरपालिकाका मकै उत्पादक किसानका लागि अनुदानमा कृषि सामग्री वितरण गरिएको छ । नगरपालिकाको मकै उत्पादन तथा प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषि शाखाले उपलब्ध गराएको करिब ३६ लाख अनुदान रकममा किसानको ५० प्रतिशत सहभागिता थप गरी विनायक कृषि सहकारी संस्थाले कृषि सामग्री उपलब्ध गराएको हो ।      नगरप्रमुख छत्रराज पौडेलले मकै किसानलाई आधुनिक कृषि औजार वितरण गरे । नगरपालिकाको ५० प्रतिशत र कृषकको ५० प्रतिशत लागत रहने गरी खरिद गरिएका सामग्री किसानलाई हस्तान्तरण गरिएको सहकारीका अध्यक्ष तिलक कँडेलले जानकारी दिए । कँडेलका अनुसार मकै गोड्ने र धान काट्ने औजार २० जनालाई, मकै पिस्ने औजार १५ जनालाई र इलेक्ट्रिक स्पेयर १०० जनालाई वितरण गरिएको छ । किसानको हित र कृषि उत्पादन वृद्धिमा सहयोग पुग्ने गरी सहकारीले सात बोरिङलाई आवश्यक पर्ने एक हजार ४०० मिटर पाइप, बीउ र मल पनि उपलब्ध गराएको कँडेलले बताए । नगरपालिकाभित्रका व्यक्ति कृषि कर्म गर्छु भनेर नगरपालिकामा कार्ययोजना लिएर आएको खण्डमा आवश्यक सहयोग गर्न तयार रहेको उनको भनाइ छ । रासस