इलाम : इलामको रोङ गाउँपालिकाले गुन्द्रुक र सिन्की ब्रान्डिङको प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। पालिकाले स्वीस सरकार सहयोगमा नेपाल कृषि बजार विकास कार्यक्रमसँगको सहकार्यमा गुन्द्रुक र सिन्की ब्रान्डिङको प्रक्रिया अन्तिम चरणमा पुर्याएको हो। देवानछाप साना किसान कृषि सहकारीले कार्यक्रम संचालन गर्नेछ। ६७ लाख ८५ हजार रुपैयाको कार्यक्रमका लागि स्वीस सरकारले ३४ लाख ४५ हजार रुपैया उपलब्ध गराउनेछ । पालिकाले १७ लाख ६० हजार र सहकारीले १५ लाख ८० हजार लगानी गर्नेछन्।देवानछाप