सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० साँखेमा प्रधान कार्यालय रहेको शुक्ला कृषि पर्यटन सहकारी संस्थाले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने भएको छ । कृषकले उत्पादन गरेको दूधलाई बजारीकरणमा सहयोग पु¥याउन सहकारी संस्थाले शुक्लागण्डकी–२ गाछेपानीमा प्रशोधन केन्द्र सञ्चालन गर्न लागेको हो ।      दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्न कृषि तथा पशुपङ्छी विकास मन्त्रालय अन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखरासँग सहकारीले सम्झौता गरेको छ । सहकारीले गाछेपानीमा प्रशोधन केन्द्र निर्माण गर्ने र आगामी साउनसम्म सम्पन्न गरी सञ्चालनमा ल्याउने सहकारीका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिए । उनका अनुसार ९९ लाख २९ हजार रुपैयाँ लगानीमा प्रशोधन केन्द्र सञ्चालनमा ल्याइनेछ । त्यसका लागि सहकारीले १९ लाख ४० हजार र राष्ट्रिय सहकारी बैंक दमौली शाखाले ३० लाख २४ हजार ऋण लगानी गर्नेछ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाइले ४९ लाख ६४ हजार रुपैयाँ अनुदान उपलब्ध गराउने सहमति भएको छ । गुणस्तरीय दूध, दही, घ्यु, पनिर, आइसक्रिम बनाउने र प्याकेजिङ गर्नलाई आवश्यक यन्त्र उपकरण प्रशोधन केन्द्रमा जडान हुनेछ । कच्चा पदार्थ खरीद, ढुवानी, बजार प्रवद्र्धन र बीमामा परियोजनाको सहयोग रहने सहकारीले बताएको छ । शुक्लागण्डकी–१० साँखेमा प्रधान कार्यालय रहेको शुक्ला कृषि पर्यटन सहकारीले दुलेगौडाबाट सेवा कार्यालय सञ्चालन गरेको छ । रासस

सम्बन्धित सामग्री

सहकारीले चलाएको कलेजले विद्यार्थीलाई कोरिया पठाउने

२१ कात्तिक, विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–६ मा रहेको जीविका कृषि सहकारी संस्थाले सञ्चालन गरेको जीविका कृषि विज्ञान कलेजले पढ्दै कमाउँदै कार्यक्रमका लागि एक वर्ष विद्यार्थीलाई कोरिया पठाउने भएको छ । बिएस्सी एजी चारवर्षे कोर्स अध्ययन गर्ने विद्यार्थीलाई पढ्दै कमाउँदै कार्यक्रमका लागि एक वर्ष कोरिया पठाउने सम्झौता भएको कलेजका व्यवस्थापक शिवकुमार डाँगीले बताए । पढ्दै […]

पर्यटकका लागि सहकारीमार्फत आवास सञ्चालन

अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग अन्तरगत पर्ने म्याग्दी अन्नपूर्ण गाउँपालिका– ५ स्थित रहेको पर्यटकीय स्थल खोप्रामा पर्यटकका लागि आवास सुविधाको क्षमता विस्तार भएको छ । समुद्री सतहदेखि ३६१० मिटर उचाइमा अवस्थित खोप्रामा पर्यटक संख्या बढ्दै गएपछि पाउद्वार पर्यटन सहकारीले लजको क्षमता विस्तार गरेको हो ।२० वटा कोटामा ४० जनालाई बास बस्न मिल्ने क्षमता रहेकोमा सहकारीले थप ८ […]

टेकुमा आफ्नै पम्प सञ्चालन गर्दै निगम, खुद्रा बिक्रीमा उपस्थिति बढाउँदै

नेपाल आयल निगमले काठमाडौं उपत्यकामा पहिलोपटक आफ्नै पेट्रोल पम्प सञ्चालन गर्ने भएको छ । निगमले टेकुमा अत्याधुनिक सेवासहितको पेट्रोल पम्प सञ्चालन गर्ने भएको हो । यस पम्प निर्माण गर्नका लागि टेण्डर आह्वान भइसकेको छ ।काठमाडौं उपत्यकामा करिब १०० वटा पेट्रोल पम्प छन् । जसमध्ये सरकारी र सहकारीले सञ्चालन गरेका पम्पको संख्या १२ वटा छन् । यसमा साझा, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतले सञ्चालन गरेका पम्प छन् ।यसबाहेक, उपत्यकामा सञ्चालित सबै पम्प निजी क्षेत्रबाट सञ्चालित रहेको निगमका प्रवक्ता विनितम

‘पाहुनालाई ढिँडो’अभियान सञ्चालन गरिने

समुदायमा पछिल्लो समय बढ्दै गएका आयातीत खानाको प्रभावलाई कम गरी स्थानीय खानाको प्रवद्र्धनका लागि बागलुङको एक सहकारीले पाहुनालाई ढिँडो अभियान सञ्चालन गर्ने भएको छ । आदर्श सञ्चार सहकारीले आर्थिक वर्ष २०७८/०७९ का लागि पाहुनालाई ढिँडो अभियानअन्तर्गत स्थानीय खानाको प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

कमलविनायक बचतको १४ औं साधारणसभा सम्पन्न

सहकारीका विभिन्न समिति र उपसमितिका प्रविदेनहरु समेत प्रस्तुत सो सभामा सहकारीले सञ्चालन गरेका विभिन्न तालिमका प्रशिक्षार्थी र प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो।...

बुटबलमा ‘गार्डेन मार्ट’ को नयाँ शाखा सञ्चालन

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बुटबलमा ‘गार्डेन मार्ट’को नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बुटबलको योगिकुटी चोकमा सहकारीले आफनो २३ औं सदस्य सेवा केन्द्रसँगै गार्डेन मार्ट सञ्चालनमा ल्याएको हो ।लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्रबहादुर हमालले मार्ट सञ्चालनको शुभारम्भ गरे । मन्त्री हमालले प्रतिस्पर्धाले उपभोक्तालाई सहज र सुलभ मूल्यमा सामान पाउने अवस्था रहने बताउँदै […]

तरकारी र दूधमा आत्मनिर्भर बनाउँदै सहकारी

सहकारीले सहकार्यका आधारमा आफ्ना सेयर सदस्यको आर्थिक स्तरोन्नती गर्नुपर्ने हो, तर यहाँ धमाधम खोलीएका सहकारीहरु सेयर सदस्यको आर्थिक स्तरोन्नती भन्दापनि नाफामुलक ढंगले सञ्चालन भएका छन् । सहकारीहरुले सेयर सदस्यको समाजिक, आर्थिक र सहकार्यमा चासो नदिएका बेला दुई वर्ष अगाडी स्थापना गरिएको सहकारीले आफ्ना सेयर सदस्यलाई तरकारी र दूधमा आत्मनिर्भर बनाउने भन्ने अभियान सुरु गरेको छ […]

सहकारीले उद्योग सञ्चालन गर्दै

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटमा रहेको मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाले दाना उद्योग सञ्चालन गर्ने भएको छ । गैंडाकोट–११ हर्कपुरमा रहेको सहकारीले एक करोड ९४ लाख ८५ हजार रुपैयाँको लगानीमा उद्योग सञ्चालन गर्न लागेको हो ।कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना, विकेन्द्रिकृत आयोजना सहयोग एकाइ पोखराको ५० प्रतिशत अनुदान र सहकारीको ५० प्रतिशत […]

छाडा चौपाया पाल्ने गोठमा उन्नत जातका भैंसी

अनुदान दिने निकाय भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको प्रतिवेदनमा सहकारीले सञ्चालन गरेको फर्मको अनुगमनका क्रममा ५० वटा क्षमताको गोठमा २२ वटा गाईहरु रहेको उल्लेख भएपनि गोठमा गाईहरुनै नभएको, गाई गोठ जाने बाटो ठाडो उकालो भएकाले गाईपालनका लागि अनुपयुक्त...

सहकारीले सञ्चालनमा ल्यायो आँखा उपचार केन्द्र

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका १० झलारीमा रहेको सिर्जनशील बचत तथा ऋण सहकारी संस्थाले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ। च्यारिटी हेल्थ फाउण्डेसन कैलालीको साझेदारीमा सहकारीले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको हो।सर्वसाधारणलाई सहज र सुलभ रुपमा सेवा प्रदान गर्ने उद्देश्यले आँखा उपचार केन्द्र सञ्चालन गरिएको सहकारीका कार्यकारी प्रमुख मदनराज भट्टले बताए। ‘सहकारीको उद्देश्य नाफा आर्जन गर्ने मात्र होइन’ उनले भने, ‘सामाजिक क्षेत्रमा समेत लगानी पनि गर्नुपर्छ। त्यही भावनाले प्रे