पाल्पा : रामपुर नगरपालिकाले अनुदानमा उपलब्ध गराएको धानको बीउ यहाँको एक सहकारीले महँगोमा किसानलाई बिक्री गरेको पाइएको छ।रामपुर–३ रजघरास्थित दर्छा हरियाली साना किसान कृषि सहकारी संस्थाले नगरपालिकाबाट अनुदानमा उपलब्ध भएको बीउ मूल्य बढाएर किसानलाई वितरण गरेको हो । स्थानीय कृष्ण पराजुली अनुदानमा आएको बीउ सहकारीले किसानलाई चर्को मूल्यमा बिक्री गरेको आरोप लगाए । बीउ खरिद गरेर घर लगेपछि सहकारीले रामपुर नगरपालिकाबाट अनुदानमा ल्याएको धानको बीउ बढी मूल्यमा बिक्री गरेको थाहा पाएँ’, उनल