प्रदेश नम्बर १ कै पहिलो ‘कृषि होमस्टे’ बन्यो झापामा

असार ३१, झापा । झापाको गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारी खेतीले ५० जना अट्ने क्षमताको वातानुकूलित नमूना घरबास (होमस्टे) बनाएको छ ।  प्रदेश नम्बर १ मै पहिलोपटक कृषि सहकारीले रू. एक करोड २० लाखको लागतमा कृषि पर्यटन प्रवर्द्धनका लागि बनाएको यो पहिलो ‘कृषि होमस्टे’ हो । यद्यपि सहकारीले कोडिभ–१९ का कारण निर्माण सम्पन्न भए पनि सञ्चालनमा ल्याउन सकेको छैन । पूर्व पश्चिम राजमार्गको पाडाजुँगी चोकबाट करीब ३० किलोमिटरको दूरीमा रहेको यो होमस्टे देशका विभिन्न सहकारीबाट यहाँको नमूना खेती अवलोकन भम्रणमा दैनिक आउने पाहुनाका लागि बनाइएको सहकारीका अध्यक्ष वेदनिधि चापागाईंले बताए ।  कृषि पर्यटनलाई लक्षित गरी संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा १२ कठ्ठा जमीनमा निर्माण भएको होमस्टे आकर्षक र सुन्दर छ ।  तीन वर्षअघि तत्कालीन कानूनमन्त्री अग्नि खरेलले शिलान्यास गरेको पाहुना घरमा ८ ओटा सुुत्ने र बस्ने सुविधा सम्पन्न कोठा तथा एउटा ८० जना अट्ने तालीम हल बनेको छ । उनका अनुसार दुई ओटा कोठामा दुई/दुई ओटा शय्या रहेका छन् भने बाँकी छ ओटा कोठामा ८ ओटाका दरले शय्या व्यवस्थापन गरिएको छ । विसं २०७० मा महारानी झोडा साना किसानले प्रवर्द्धन गरेको सहकारीले नाफा कमाउने भन्दा पनि सेवा गर्ने उद्देश्यले होमस्टे बनाएको जानकारी दिएको छ । ‘नाफा कमाउने सोचले होइन’, अध्यक्ष चौपागाईंले भने, ‘अवलोकन भ्रमणमा देशभरका सहकारीबाट आउनुहुने पाहुनालाई सस्तो र गुणस्तरीय सेवा प्रदान गर्ने हामो लक्ष्य छ ।’ तीन वर्ष अघि सरकारले मुलुक भरमा तोकेका १०० पर्यटकीय गन्तव्यमध्ये एक कृषि गन्तव्यका रूपमा सूचीकृत सहकारीलाई होमस्टे निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा रू. ६५ लाख, २०७६/०७७ मा रू. ४५ लाख र चालू आव २०७७/०७८ सालमा रू. ५० लाख गरी कुल रू. एक करोड ६० लाख उपलब्ध गराएको उनले बताए । सो रकममध्ये होमस्टे निर्माणमा रू. एक करोड २० लाख खर्च भएको छ भने बाँकी रकम सोही स्थानमै बनेको ज्येष्ठ नागरिक चौतारीमा लगाइएको छ । उनले होमस्टेका सुन्दर वातानुकूलित कोठामा एक दिन बस्नका लागि प्रतिव्यक्ति रू. २०० मात्र तिर्नुपर्ने र सहकारीले नै उत्पादन गरेको स्वादअनुसारका खानाको व्यवस्थासमेत हुने बताए । सहकारीले जैविक तरकारी खेती, गाई फार्म, माछा, लोकल कुखुरा, बट्टाइपालन गरेको छ भने यहाँ आउने पाहुनाका लागि ५० जनाले एकै पटक खाना खान सक्ने क्षमताको चमेनागृहसमेत निर्माण गरेको छ । ‘बास्मती चालमको भातसहित पाहुनाको स्वाद र रुचिअनुसारको परिकार खुवाउँछौँ’, उनले भने, ‘न्यूनतम मूल्यमा सबै कुरा एकै ठाउँ उपलब्ध गराउने हो ।’ कोभिड–१९ का कारण गत वर्ष र यो वर्ष सहकारी भ्रमणमा आउने क्रम घटेको छ । अध्यक्ष चापागाईंले सहज अवस्था हुँदा वर्षमा ५० हजारभन्दा बढी कृषि तथा सहकारी क्षेत्रका अभियानकर्मी नमूना खेती अवलोकन भ्रमणका लागि आउने गरेको बताए ।  यसअघि यहाँ आउने कृषि पर्यटकले बास बस्नकै लागि दमक, विर्तामोडलगायतका होटलमा पुग्नेपर्ने बाध्यता थियो । अब यहीँको होमस्टेमा बसेर सहकारीे एकअर्काका अनुभव साटासाट गर्ने अवसर मिल्ने महारानीझोडा साना किसान सहकारी संस्थाकी अध्यक्ष मीना ढकालले बताए ।  पछिल्लो समय कृषिको ‘हब’ बन्दै गएको गौरादहमै कृषि क्याम्पस तथा महिलाले नै सञ्चालन गरेको देशकै नमूना महारानीझोडा साना किसान सहकारी संस्थासमेत रहेका छन् । त्यसैगरी सहकारीले होमस्टेसँग ज्येष्ठ नागरिक मिलन केन्द्र र चौतारीसमेत धमाधम निर्माण गरिरहेको छ । यसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चालू आवमा रू. ७० लाख बजेट विनियोजन गरेको थियो । ज्येष्ठ नागरिकलाई आनन्ददायीपूर्वक समय बिताउन सहयोग पुर्‍याउने उद्देश्यले होमस्टे परिसरमै मिलन केन्द्र निर्माण भइरहेको छ । रासस

सम्बन्धित सामग्री

कांग्रेसको प्रदेश नम्बर १ को अधिवेशन बिहीवारदेखि शुरु हुने, शनिवार निर्वाचन

विराटनगर : नेपाली कांग्रेसको प्रदेश नम्बर १ को प्रथम अधिवेशन बिहीवार दिउँसो २ बजेदेखि विराटनगरमा शुरु हुने भएको छ। कांग्रेस प्रदेश नम्बर १ का संयोजक एवं अधिवेशन तयारी समितिका समेत संयोजक कृष्ण सिटौलाको सभापतित्वमा बुधवार भएको बैठकले बिहीवार दिउँसो २ बजे उद्घाटन समारोह गर्ने निर्णय गरेको हो। अधिवेशनको उद्घाटन संयोजक…

प्रदेश नम्बर १ लाई किराँत प्रदेश नामकरण गर्नुपर्ने माग

प्रदेश नम्बर १ लाई ‘किराँत प्रदेश’ नामकरण गर्नुपर्ने किराँत राई अन्तर्राष्ट्रिय समन्वय समितिले माग गरेको छ । किराँत राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्र सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त विषयको माग गरिएको हो गत कात्तिक २५ गतेदेखि यही मङ्सिर ९ गते सम्पन्न हुन लागेको नेपालको १२औँ राष्ट्रिय जनगणनामा बाम्बुले समुदायको कोड नं ४३ को मूल प्रश्नलाई विभागले त्रुटि गरी याम्बुले र दुमीलाई डुमी बनाएको भन्दै उक्त गल्तीलाई तत्काल सच्याउन पनि सरकारसमक्ष माग गरिएको महासचिव दिवस राईले जानकारी दिए ।

कांग्रेसले प्रदेश नम्बर १ मा पनि आलोपालो सरकारको नेतृत्व माग्यो

काठमाडौं, ७ कार्तिक । नेपाली कांग्रेसले प्रदेश १ मा पनि आलोपालो सरकारका नेतृत्व गर्न पाउनुपर्ने माग गरेको छ । प्रदेश नम्बर १ का काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले आफूहरुले आलोपालो सरकारको माग गरेको स्पष्ट पारेका छन् । तर, उनले मिडियामा हल्ला भएजस्तो आफ्ना पार्टीका कोही पनि सांसदहरुले मुख्यमन्त्री भीम आचार्यलाई विश्वासको मत नदिने र […]

वाग्मती र प्रदेश नम्बर १ मा मुख्यमन्त्रीले बदमासी गरे : एकीकृत समाजवादी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटहरुको 'बदमासी'का कारण प्रदेश नम्बर १ र वाग्मती प्रदेशका  मुख्यमन्त्री चयन प्रक्रियामा व्यवधान सिर्जना भएको आरोप नेकपा (एकीकृत समाजवादी)ले लगाएको छ। नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रदेश नम्बर १ मा मुख्यमन्त्री भीम आचार्य र प्रदेश प्रमुख सोमनाथ अधिकारीले राजनीतिक बेइमानी…

प्रदेश नम्बर १ को प्रदेशसभा बैठक कार्तिक १५ गतेसम्म स्थगित्

काठमाडौं, ७ कार्तिक । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक यही कार्तिक १५ गतेसम्म स्थगित् भएको छ । आज बस्ने भनिएको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भनिएको थियो । तर, यसअघि नै सत्तारुढ दल नेकपा (एमाले) र प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा बैठक स्थगित् गर्न निवेदन दिएका थिए । प्रदेश नम्बर १ मा […]

बलात्कारका घटना : प्रदेश नम्बर १ मा सबैभन्दा बढी

जबरजस्ती करणी अपराधमा प्रदेश नम्बर १ सबैभन्दा अगाडि देखिएको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७–७८ मा प्रदेश नम्बर १ मा ६०२ वटा जबरजस्ती करणीमा उजुरी दर्ता भएका छन् ।केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरका अनुसार गत आर्थिक वर्षमा देशभर २ हजार ५३२ वटा जबरजस्ती करणीका घटना हुँदा प्रदेश नम्बर १ मा मात्रै ६०२ वटा घटना भएका छन् । त्यसै गरी जबरजस्ती करणी उद्योग (करणी प्रयास) प्रदेश नम्बर १ नै अगाडि देखिएको छ । गत आर्थिक वर्षमा प्रदेश नम्बर १ मा १६८ वटा जबरजस्ती करणी उद्योग

प्रदेश नम्बर १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश नम्बर १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतवार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् । पत्र

प्रदेश नम्बर १ को बैठक सारिएकोमा काँग्रेसको आपत्ति

विराटनगर : नेपाली काङ्ग्रेसले प्रदेश नम्बर १ को प्रदेश सभाको बैठक चैत २ गतेसम्म सारिएकोमा आपत्ति जनाएको छ। प्रदेश सभामा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले बुधबार साँझ पत्रकार सम्मेलन बैठक सारिएकोमा रोष व्यक्त गरेका हुन्। प्रदेश सभामा नेकपाको प्रचण्ड–माधव समूहले गत पुस १२ गते मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव…

वर्षेनी बढ्दै आत्महत्या : प्रदेश नम्बर १ मा सबैभन्दा धेरै

काठमाडौं : काठमाडौं उपत्यकाभित्र भएका आत्महत्याका घटना धेरै चर्चामा आउँछन्। जसले गर्दा धेरै आत्महत्या काठमाडौंभित्र नै हुन्छ कि के हो भन्ने अनुमान धेरैको हुन सक्छ। तर पछिल्लो समय यस्ता घटना प्रदेश नम्बर १ मा धेरै हुने गरेको देखिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालको तथ्याङ्कअनुसार आर्थिक वर्ष  २०७६/७७ मा ६ हजार…