अनुदानको मल विचौलियालाई बिक्री

सरकारले दिने अनुदानको मल विचौलियालाई बिक्री गरेको भन्दै इलाम सदरमुकाममा सञ्चालन भइरहेको कृषि बिज भण्डारको गोदाममा सिल गरिएको छ । सरकारले किसानलाई अनुदानमा मल उपलब्ध गराउँदै आएको छ । तर सरकारले अनुदानमा दिएको मल इलामका सहकारीले महंगो मूल्यमा विचौलियालाई बेच्ने गरेको पाइए पछि जिल्ला प्रशासनको टोलीले सो पसलको गोदाममा सिल गरेको हो । सहकारीमार्फत किसानलाई […]

सम्बन्धित सामग्री

किलोको २२ रुपैयाँ पर्ने अनुदानको मल दोब्बरले महँगो !

पोखरा – स्थानीय मल व्यवस्थापन समितिले निर्धारण गरेको मूल्यअनुसार पोखरा महानगरपालिका–५ मा अनुदानको मल किसानलाई बढीमा २२ रुपैयाँ लिएर बिक्री गर्न पाइन्छ। अनुदानको मलमा झेल गर्दै झन्डै दोब्बर मूल्यमा बिक्री गरेको फेला परेको छ। पोखरा मालेपाटनमा सञ्चालित कोइराला कृषि सामाग्री भण्डारले प्रतिकिलो ४० रुपैयाँमा बिक्री गरेको फेला परेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए। […]

अनुदानको मल बढी मूल्यमा बिक्री

बिर्तामोड– झापाको मेचीनगरस्थित एक सहकारी संस्थाले सरकारबाट अनुदानित रासायनिक मल तोकेको भन्दा बढी रकम लिएर बिक्री गरेको पाइएको छ । झापाको मेचीनगर–७ स्थित मेची कृषक बहुमुखी सहकारी संस्थाले नेपाल सरकारबाट अनुदानित रासायनिक मल बढी मूल्य लिएर बिक्री गरेको पाइएको हो । सरकारबाट अनुदानित रासायनिक मल युरिया प्रतिबोरा औसत मूल्य ७ सय ५० रुपैयाँका दरले बिक्री […]

अनुदानको मल अनुमतिबिना बेच्नेलाई दुई लाख जरिवाना

जिल्ला प्रशासन कार्यालय इलामले सरकारी अनुदानमा आएको रासायनिक मल बिनाअनुमति बिक्री गर्ने पसललाई जरिवाना गराएको छ।...

‘सहकारीमा अनुदानको मल छैन’

कञ्चनपुरमा अनुदानको रासायनिक मल आपूर्ति थोरै हुँदा किसानले चर्को मूल्य तिरेर भारतीय मलको प्रयोग गरी गहुँ छर्न थालेका छन्।...

कञ्चनपुरका किसानलाई मल अभाव

कञ्चनपुर– धानखेती गरेका कञ्चनपुरका किसानलाई युरिया मल अभाव भएको छ । युरिया मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा दोब्बर तिरेर खेतमा हाल्नुपर्ने बाध्यता भएको छ । कृष्णपुर नगरपालिका–५ का किसान जग्गु चौधरीले युरिया मल नपाइदा एक हजार ६०० बढी तिरेर भारतबाट अवैधरूपले ल्याइएको मल खेतबारीमा हाल्नुपरेको बताए । ‘अनुदानको मल पाइएन’, उनले […]

कर्णालीमा मल अभाव

सुर्खेत : खेतीपातीको सिजनमा रासायनिक मल (युरिया)को अभाव देखिएको छ। किसानहरू यतिबेला धान रोपाइँको तरखरमा छन्।अनुदानको मल बिक्री–वितरणको जिम्मा पाएको पूर्ण सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतको गोदाम भने खाली छ। सिजनमा मलले भरिभराउ हुनुपर्ने गोदाम रित्तो भएको हो।जेठ र असारमा धान खेतीका लागि आवश्यक पर्ने रासायनिक मल विभागमा माग गरेर पठाए पनि अझै आइनपुगेको कम्पनीका प्रादेशिक कार्यालय प्रमुख अमूल्यलाल श्रेष्ठले बताए। उनका अनुसार धान रोपाइँको लागि मात्रै युर

रासायनिक मल अभावको मौका छोप्दै कालोबजारी

रासायनिक मल अभावको मौका छोपेर गोरखामा ब्यापारीले किसान ठगेका छन्। साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडले अनुदानको मल जिल्लामा पठाउन नसकेको बेला केही ब्यापारीले महँगो पैसा लिएर किसानलाई मल बिक्री गरिरहेका छन्।...

अनुदानको मल किन्दा कम गुणस्तरको मल अनिवार्य !

६ मंसिर, काठमाडौं । सरकारी अनुदानको मल खरीद गर्ने तनहुँको एक सहकारीलाई साल्ट ट्रेडिङ कर्पोरेसनले १२ पटकसम्म मागै नगरेको एसएसपी (सिंगल सुपर फस्फेट) नामक मलसमेत पठाइदियो । किसानले माग नगरेको र सहकारीले पनि खरीद गर्न नचाहेको मल हरेक खेपमा ४०/५० बोरा पठाइदिएपछि सहकारीका प्रमुखले साल्ट ट्रेडिङका प्रमुखसँग आक्रोश पोखे । ‘साल्टका पंकज जोशी र मल […]

रोपाइँको मुखैमा मल अभावः मौज्दात भएर पनि किसान खाली हात

काठमाडौं, जेठ २७ । सरकारी अनुदानको मल किनबेच गर्ने कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडका गोदाममा पर्याप्त मात्रामा रासायनिक मल मौज्दात भए पनि किसानले मल पाउन सकेका छैनन् । कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण वितरण प्रणाली असहज हुन गई किसानले मल नपाउने अवस्था सृजना भएको हो । अहिले […]

अनुदानको मल पाउन कृषकलाई छैन सहज

कपिलवस्तुमा अनुदानको मल कृषकले पाउन मुस्किल हुने गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले अनुदानको मल सहकारीमार्फत बिक्रीवितरण गर्दै आइरहेको छ । अनुदानको मल सहकारीमार्फत वितरण भए पनि सहकारीकै पदाधिकारीले आफ्ना नजिकका वा नातेदारबाहेक कसैले सहज रूपमा प्राप्त गर्न नसकेको कृषकहरू बताउँछन् ।