सर्वोच्च अदालतले संविधान विपरित मन्त्रिपरिषद् विस्तार गरेको ठहर गर्दै १८ मन्त्री तथा राज्यमन्त्रीलाई पदमुक्त गरिदिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीविहीन बनेको मन्त्रालयमा जिम्मेवारी तोकेकी छिन् । पदमुक्त नभएका चार मन्त्रीहरुले हेर्नेगरी राष्ट्रपतिले जिम्मेवारी तोकेकी हुन् । जसअनुसार विष्णु पौडेलले अर्थसहित उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा र गृह मन्त्रालय सम्हाल्ने भएका छन् । यस्तै कृष्ण गोपाल श्रेष्ठले शिक्षासहित वन, युवा तथा खेलकुद, श्रम तथा रोजगार र स्वास्थ्य मन्त्रालयको