कर्णाली : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन)को पदावधि सोमबारदेखि सकिएसँगै रिक्त रहेको उद्योग मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहीले सम्हालेका हुन्।कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीको सचिवालयको आजको सिफारिसअनुसार मन्त्रिपरिषद् हेरफेर र गठन गरेका हुन्।सत्ता गठबन्धनभित्रको प्रमुख दल माओवादी केन्द्रको भागमा परेको उद्यो