बडूले पाए उद्योग मन्त्रालयको जिम्मेवारी

काठमाडौँ – कानुन न्याय तथा संसदीय मामिला मन्त्रीबाट दीलेन्द्रप्रसाद बडू उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले गोविन्द बन्दीलाई कानुन न्याय तथा संसदीय मन्त्री नियुक्त गरेपछि बडूलाई उद्योगको जिम्मेवारी दिइएको हो। बिहीबार सत्ता गठबन्धले बन्दीलाई संसद पुनःस्थापना र एमसिसी पारित गर्न भूमिका खेलेको आधारमा मन्त्री पदबाट पुरस्कृत गरेको हो। बन्दीले एमसिसीको […]

सम्बन्धित सामग्री

कोशीका विनाविभागीय तीन मन्त्रीले पाए जिम्मेवारी

विराटनगर। कोशी प्रदेशका विनाविभागीय तीन मन्त्रीले आइतवार मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री केदार कार्कीले मन्त्रीमण्डलका तीन विनाविभागीय मन्त्रीहरूको कार्यविभाजन गरेर मन्त्रालयको जिम्मेवारी दिएका छन् । सरकार गठनको डेढ महीनापछि मुख्यमन्त्री कार्कीले आइतवार मन्त्रीहरूको कार्यविभाजन गरेका हुन् । अन्य मन्त्री थप गर्ने विषयमा भने सरकार अघि बढ्न सकेको छैन । कार्कीले नेपाली कांग्रेसका शम्शेर राईलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी तोकेका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका गणेशप्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र एकीकृत समाजवादीका कमलप्रसाद जवेगुलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी तोकेका हुन् । मुख्यमन्त्री कार्कीको नेतृत्वमा अझै पाँचओटा मन्त्रालय छन् । एमाले सरकारबाट बाहिरिएकाले उनलाई मन्त्रीमण्डल विस्तारमा अप्ठ्यारो भने छैन । आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा मुख्यकार्की नै छन् ।

विनाविभागीय मन्त्रीले ९३औँ दिन पाए जिम्मेवारी

बागमती प्रदेशका विनाविभागीय मन्त्री रामकृष्ण चित्रकारले ९३औँ दिन जिम्मेवारी पाएका छन् । गएको ७ जेठमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रीमा नियुक्त गरे पनि उनलाई मन्त्रालयको जिम्मेवारी दिएका थिएनन् । चित्रकारले ९३औँ दिन उद्योग...

मन्त्रीका थरीथरी ‘स्टन्ट’

काठमाडौं, माघ ९ ।  भोजपुरबाट प्रतिनिधिसभा सदस्य निर्वाचित माओवादी केन्द्रका नेता सुदन किराती माघ ३ गते संघीय सरकारको मन्त्री बने। आफ्नै पार्टी माओवादी केन्द्रक अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाए। मन्त्री पदको शपथअघि नै सामाजिक सञ्जाल फेसबुकमा एउटा भावुक स्टाटस लेखेर सबैको ध्यान खिचेका उनले मन्त्रालयको जिम्मेवारी […]

प्रदेश १ मा बिनाविभागीय मन्त्रीले जिम्मेवारी पाए

मोरङ – प्रदेश १ मा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिनाविभागीय मन्त्रीहरूलाई मन्त्रालय विभाजन गर्दै जिम्मेवारी तोकेका छन्। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्दै १३ वटा मन्त्रालयलाई घटाएर ९ वटा मन्त्रालय कायम गरेसँगै मन्त्रालयको जिम्मेवारी तोकेको हो। बैठकका अनुसार मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला […]

नेपाल प्रहरीका ४ डीआईजीले पाए जिम्मेवारी

नेपाल प्रहरीका हालै बढुवा भएका ४ डीआईजीहरूको पदस्थापना भएको छ । गृह मन्त्रालयको निर्णयानुसार ४ डीआईजीहरूको पदस्थापना भएको छ । पदस्थापना भइ जिम्मेवारी पाउने हरुमा नलप्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद आलम खाँ रहेका छन् । यस्तै ४ डीआईजीको सरुवा पनि भएको छ ।

डोबाटे विश्वकर्माले पाए आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

१८ पुस, पोखरा । विना विभागीय मन्त्रीमा नियुक्त भएको करिब डेढ महिनापछि मन्त्री डोबाटे विश्वकर्माले आन्तरिक मामिला मन्त्रालयको जिम्मा पाएका छन् । उनलाई शुक्रबार मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । गण्डकी प्रदेश सरकारले पुस १२ गतेमात्रै मुख्यमन्त्रीको मातहतमा रहेको आन्तरिक मामिला मन्त्रालयलाई अलग्गै मन्त्रालय हुने गरी मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गरेको […]

खोप प्रमाणीकरणको जिम्मा अब पालिकालाई

काठमाण्डाै - क्यूआर कोडसहितको खोप प्रमाणीकरण अब पालिकाबाटै हुने भएको छ । स्वास्थ्य मन्त्रालयको समन्वयमा केन्द्रबाट हुँदा समस्या भएपछि यसको जिम्मेवारी पालिकाहरुलाई दिइएको हो । गएको कात्तिक १७ गतेदेखि पालिकाहरुले क्यूआर कोडसहितको खोप प्रमाणीकरणको जिम्मेवारी पाए पनि यो सेवा अझै प्रभावकारी हुन सकेको छैन । विदेश जानको लागि खोप प्रमाणीकरण आवश्यक पर्ने, तर आवेदन दिएको धेरै दिन भइसक्दा पनि प्रमाणीकरण नहुने धेरैको गुनासो छ । तर सरकारले भने सबै प्रक्रिया पूरा गरेमा चौबीस घण्टाभित्रै खोप प्रमाणीकरण हुने बताएको छ । सब...

लुम्बिनी प्रदेशका  बिना विभागीय दुई मन्त्रीले पाए जिम्मेवारी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले आज जनता समाजवादी पार्टीका दुई विना विभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन् । मन्त्री सुमन शर्मा रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको र पुरमती ढेंगा मगरले श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका हुन् । मन्त्री ढेंगामगरले आज मुख्यमन्त्री कार्यालयबाट मन्त्रालयको जिम्मेवारी दिएको जानकारी आएको र  भोलि पदभार हुने बताइन् । साउन २८ गते नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता क

दीपक मनाङेले पाए खेलकुद मन्त्रालयको जिम्मेवारी, आचार्य ऊर्जामन्त्री

गण्डकी प्रदेश सरकारमा लामो समयदेखि विनाविभागीय मन्त्री रहेका हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालयको जिम्मेवारी पाएका छन् ।  जनता समाजवादी पार्टीका आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् भने स्वतन्त्र सांसद दीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएसँगै आजै पदभार पनि ग्रहण गरेका छन् । यसअघि भागबण्डाको विषय नमिल्दा जिम्मेवारी बाँडफाँड हुन सकेको थिएन । दुई विना विभागीय मन्त्रीहरुले शुरुमा अस्वीकार गरेकै मन्त्रालयको जिम्मेवारी एक महिनापछि