काठमाडौँ – नेकपा एकीकृत समाजवादीले मन्त्रालयको जिम्मेवारीबारे बिहीबार गरेको निर्णय हेरफेर गरेको छ। स्वास्थ्य मन्त्रालयको जिम्मेवारी रामकुमारी झाँक्रीलाई दिने भनिएकोमा अब उक्त मन्त्रालय विरोध खतिवडालाई दिने निर्णय समाजवादीले गरेको छ। झाँक्रीलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकासमध्ये एक पाउने भएकी छिन्। किसान श्रेष्ठलाई दिइने भनेको श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी भने फेरिएको छैन। […]