दीपक मनाङेले पाए खेलकुद मन्त्रालयको जिम्मेवारी, आचार्य ऊर्जामन्त्री

गण्डकी प्रदेश सरकारमा लामो समयदेखि विनाविभागीय मन्त्री रहेका हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालयको जिम्मेवारी पाएका छन् ।  जनता समाजवादी पार्टीका आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् भने स्वतन्त्र सांसद दीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएसँगै आजै पदभार पनि ग्रहण गरेका छन् । यसअघि भागबण्डाको विषय नमिल्दा जिम्मेवारी बाँडफाँड हुन सकेको थिएन । दुई विना विभागीय मन्त्रीहरुले शुरुमा अस्वीकार गरेकै मन्त्रालयको जिम्मेवारी एक महिनापछि

सम्बन्धित सामग्री

प्रधानमन्त्रीलाई ६ मन्त्रालयको भार

काठमाडौं, माघ २४ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई फेरि मन्त्रालयको भार थपिएको छ। उनको जिम्मामा अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ६ वटा मन्त्रालय परेका छन्। रास्वपाले छाडेका मन्त्रालयको जिम्मेवारी सोमबारदेखि दाहालकै काँधमा थपिएको छ। यसअघि दाहालले प्रधानमन्त्री कार्यालयसहित वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको पनि जिम्मा लिएका […]

खेलकुद मन्त्रालयको स्तर उठाएँ : गहतराज

१२ पुस, काठमाडौं । निवर्तमान युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले आफ्नो कार्यकालमा मन्त्रालयको स्तर उकासेको दाबी गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा उनले मन्त्रालयको स्तर उठाएर बिदा भएको बताएका हुन् । लामो समयदेखि हुन नसकेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गरेको, खेलकुद विश्वविद्यालय स्थापनाको प्रक्रिया अन्तिम चरणमा पुगेको, खेलाडीहरुको सम्मान र […]

युवा तथा खेलकुद मन्त्रालयलाई विभाजन गर्न आवश्यक छ : मन्त्री गहतराज

काठमाडौं : युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवा तथा खेलकुद मन्त्रालयलाई दुई मन्त्रालयमा विभाजन गर्न आवश्यक रहेको बताएका छन्। आइतवार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै उनले युवा तथा खेलकुद मन्त्रालयलाई युवा, श्रम तथा रोजगार मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयको रुपमा विकास गर्न आवश्यक…

युवा तथा खेलकुद मन्त्रालयको बजेट घट्यो

सरकारले युवा तथा खेलकुद क्षेत्रका लागि २ अर्ब ४६ करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले युवा तथा खेलकुदतर्फ २ अर्ब ४६ रोड रकम बिनियोजन गरेको जानकारी दिएका हुन् ।सरकारले आर्थिक वर्ष २०७८/८९ मा युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपैयाँ बजेट छुट्ट्याएको थियो । जुन अघिल्लो आर्थिक वर्ष भन्दा २८ करोडले कम हो ।

फेरी सर्‍यो नवौँ राष्ट्रिय खेलकुद

काठमाडौँ । घरेलु खेलकुदको सबैभन्दा ठुलो प्रतियोगिता राष्ट्रिय खेलकुदको नवौँ संस्करण तेस्रोपल्ट पनि सरेरको छ । अब असोज अन्तिमदेखि पोखरामा हुने भएको छ । युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले असोज २८ देखि कात्तिक ३ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले बताए ।

आर्थिक कारणले खेलकुद गतिविधि रोकिन्न

काठमाण्डाैं : गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ तेस्रो साता आयोजना हुने भएको छ।नेपाल सरकार मन्त्रिपरिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ।युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले प्रतियोगिताको मिति तय गरेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले बताए।यस अघि आठौं राष्ट्रिय खेलकुद तत्कालीन मध्यपश्चिममा रहेको लुम्बिनी प्रदेशमा २०७५ सालमा सञ्चालन भएको थियो।उक्त खेलकुद महोत्सवको

खेलकुद मन्त्रालयको आयोजनामा सर्वाधिक राशिको नाइन ए साइड

पोखरा । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले पोखरामा सर्वाधिक पुरस्कार राशिको नाइन ए साइड राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा २ वैशाखदेखि सुरु हुने प्रतियोगिताको आवश्यक तयारी पूरा भएको मन्त्रालयले जनाएको छ ।प्रदेश युवा तथा खेलकुद परिषद्का कार्यकारिणी सदस्य एवं प्रतियोगिता संयोजक दिलबहादुर गुरुङले नयाँ पिढीलाई खेलकुदमा सहभागिता गराउन र […] The post खेलकुद मन्त्रालयको आयोजनामा सर्वाधिक राशिको नाइन ए साइड appeared first on राजधानी राष्ट्रिय दैनिक.

खेलकुद महाशाखा प्रमुखलाई नै राखेप कार्यकारी तोकिने

काठमाडौं (हाम्रो खेलकुद)– युवा तथा खेलकुद मन्त्रालयको खेलकुद महाशाखाको अब आउने प्रमुखले नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी अधिकार प्राप्त गर्ने खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बताएका छन् । कार्यकारी अधिकार तोकिएको तीन दिनमै सह सचिव कमलप्रसाद पोखरेलको सुरुवा भएपछि राखेपको कार्यकारी अधिकार प्राप्त अधिकारीका लागि केहि दिन अझै कुर्नुपर्ने भएको छ । मन्त्रालयको खेलकुद […]

खेलकुद मन्त्रीलाई खेलकुद परिषद्को स्वागत

नवनियुक्त युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलकुद परिषद्को र मन्त्रालयको गरिमा बढाउने योजनाका साथ पदवहाली भएको भन्दै साथ दिन कर्मचारीहरुलाई आग्रह गरेका छन् ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा युवा तथा खेलकुदमन्त्री गहतराजले आपूm मन्त्रालयको गरिमा बढाउन योजना सहिज पदमा बहाली भएको भन्दै कर्मचारीलाई सहयोग गर्न आग्रह गरेका […]

दिपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालय

काठमाडौं, २७ असार । गण्डकी प्रदेशमा स्वतन्त्र सांसद दिपक मनाङेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । विना विभागीय मन्त्री रहेका मनाङेलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले उक्त मन्त्रालयको जिम्मेवारी दिएका हुन् । मनाङेले यसअघि भौतिक पूर्वाधार मन्त्रालय मागेका थिए । यसकारण मन्त्रिमण्डलको भागवण्डा मिलेको थिएन । जसपाका हरिशरण आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी […]