नेकपा एमाले कर्णाली प्रदेशले संसद छलेर सरकारले चोरबाटो रोजेको भन्दै विरोध जनाएको छ । पेश्की बजेट ल्याउनका लागि सहमति दिँदा पनि संसदको बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउनुलाई एमालेले असंवैधानिक, अलोकतान्त्रिक कदम भनेको छ । सकारको यस्तो कदमको समयमै उपचार हुने चेतावनी समेत एमालेले दिएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले भने, ‘प्रदेश सरकार हिँडेको बाटो असंवैधानिक हो ।’ नेता कँडेलले प्रदेश सरकारले चालेको कदमको कानुनी, संवैधानिक लगायतका