एजेन्सी। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज टाइम्सले निकाल्ने ‘टाइम्स ४० अन्डर ४०’ को सूचीमा पर्न सफल भएकी छन्। फर्नान्डिजले आफ्नो पहलमा महिलाहरुमा लुकेका प्रतिभाहरुलाई प्रोत्साहन गर्न, सशक्त र एकजुट बनाउन ‘शेराक्स’ नामको संगठन बनाएकी थिइन्। ज्याकलिनको यसै कार्यलाई कदर गर्दै टाइम्सले आफ्नो ‘४० अन्डर ४०’ को सूचीमा राखेको हो। टाइम्सको यो सूचीमा पर्ने ज्याकलिन एकमात्र अभिनेत्री हुन्।