आज बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज दिल्ली प्रहरीको आर्थिक अपराध शाखामा उपस्थित भएकी छिन् । उनलाई २०० करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा बोलाइएको थियो । यस मुद्दामा सुकेश चन्द्रशेखर मुख्य अभियुक्त हुन् । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई प्रवर्तन निर्देशनालयको पूरक आरोपपत्रमा सह अभियुक्त बनाइएको छ । सुकेश चन्द्रशेखर हाल दिल्लीको तिहाड जेलमा छन् ।फर्नान्डिसका वकिल अजित सिंहले ज्याकलिनको सुकेशसँगको सम्बन्धलाई अस्वीकार गर्दै उनलाई निर्दोष बताएका छन् । अजित सिंहले बीबीसीलाई भने, ‘ज्याक