काठमाडौँ–पाँच दलीय सत्ता गठबन्धनले निरन्तरता पाउने भएको छ। मंसिर ४ को आम निर्वाचनपछि पहिलो पटक सोमबार बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र संयुक्त जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै मुलुकका सामु विद्यमान चुनौतीको […]