चुनावको माहौल बनाउन गठबन्धनले संयुक्त विज्ञप्ति निकाल्ने

काठमाडौँ-  सत्तागठबन्धनले स्थानीय तह चुनावको माहौल बनाउन संयुक्त रूपमा विज्ञप्ति सार्वजनिक गर्ने निर्णय गरेको छ। सत्ता गठबन्धनको बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकले चुनावको माहौल बनाउन संयुक्त विज्ञप्ति निकालेर अघि बढ्नुपर्ने निष्कर्श निकालेको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सहभागी थिए। […]