काठमाण्डाै – अमेरिका, बेलायत, जापान, अस्ट्रेलियालगायत एक दर्जन देशले संयुक्त विज्ञप्ति निकालेर म्यानमारमा भएको हिंसाको विरोध गरेका छन् । दुर्लभ मानिने संयुक्त विज्ञप्तिमा उनीहरूले व्यावसायिक सेनाले अन्तर्राष्ट्रिय मापदण्डको पालनाका साथै आफ्ना नागरिकको सुरक्षा गर्नुपर्ने बताएका बीबीसीले जनाएको छ ।
गएको फेब्रुअरी १ अर्थात् माघ १९ गते सेनाले सत्ता हातमा लिएपछि म्यानमारमा सुरु भएको प्रदर्शनमा शनिवार (हिजो) एकैदिन एक सयभन्दा धेरै सहित चार सयभन्दा धेरै प्रदर्शनकारीको ज्यान गइसकेको छ । शनिवार सेनाले ...