गगन–विश्वप्रकाशको संयुक्त विज्ञप्ति : सावधानी पुर्याउन नसक्दा सत्ता गुम्यो

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सावधानी पुर्‍याउन नसक्दा सत्ताको राजनीतिमा योपटक पछि परेको स्वीकार गरेका छन्। शनिबार मेलमिलाप दिवसको अवसरमा महामन्त्रीद्वयले संयुक्त विज्ञप्ति जारी गर्दै जनताको मतबाट पहिलो दलका रूपमा विजयी भए पनि गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्‍याउन नसक्दा सत्ताको राजनीतिमा पछि परेको स्वीकार गरेका हुन्। उनीहरूले भनेका छन्, ‘नेपाली जनताको मतबाट हामी पहिलो दलका रूपमा विजयी भएकै हौँ। तर, ग