राष्ट्रपतिको कदमविरुद्ध सत्तारूढ दलहरूको संयुक्त विज्ञप्ति

काठमाडौं : सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध संयुक्त विज्ञप्ति निकालेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको  सरकारमा सहभागी दलहरुको संयुक्त बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित भई प्रमाणिकरणका लागि सम्माननीय राष्ट्रपतिसमक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समयसिमाभित्र प्रमाणिकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नु पर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्