पाँच पूर्व प्रधानमन्त्रीले केपी ओली नेतृत्वको काम चलाउ सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न चेतावनी दिएका छन् । शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईले सरकारले गरेको अलोकतान्त्रिक कदमको आलोचना गरेका छन् ।सो विज्ञप्तिमा काम चलाउ सरकारले घाटा बजेट पूर्ति गर्ने निहुँमा देशका विभिन्न भागबाट ढुंगा, बालुवा र गिटी उत्खनन् गरी विदेशमा निकासी गर्ने राष्ट्रहित र जनविरोधी निर्णय