नेपाली कांग्रेसको महामन्त्रीको जीत सुनिश्चित भएपछि विश्वप्रकाश शर्माले पत्रकारहरूलाई प्रतिक्रिया दिएका छन् । उनले यो विजय व्यक्ति र गुटको नभएको बताए ।
‘व्यक्ति र गुटको विजय बिलकुलै होइन, फरक–फरक विचार समूहको मत पाएको छु,’ उनले भने, ‘सुन्दरीजल जेलको माटोमा ढोगेर राजनीतिक यात्रा शुरू गर्छु ।’
कांग्रेस संस्थापक बीपी कोइराला आफ्नो राजनीतिक यात्राका क्रममा लामो समय सुन्दरीजलमा जेलजीवन व्यतित गरेका थिए ।
कांग्रेस महामन्त्रीमा पहिलो नम्बरमा गगन थापा र दोस्रोमा वि...