क्रोएसियन हेभिवेटको सूचीमा इभान पेरिसिचको नाम समावेश नगरी पुरा हुँदैन । गत विश्वकपमा उनले क्रोएसियाका लागि महत्त्वपूर्ण भूमिका खेलेका थिए । समूह चरणको अन्तिम खेलमा उनले आइसल्याण्डविरुद्ध गोल गर्नुका साथै सेमिफाइनलमा इंग्ल्याण्डलाई हराउने क्रममा उनले बराबरी गोलका साथै एउटा गोलको अवसर सिर्जना गरेका थिए । फाइनलमा पनि उनले फ्रान्सविरुद्ध गोल गरेका थिए ।गत युरोपियन च्याम्पियनसिपमा उनले समूह चरणमा दुई गोल गरेका थिए । यो विश्वकपमा पनि क्रोएसियाको आक्रमणमा प्रशिक्षक डालिच उनीमाथि भर पर्नेछन् । ‘क्