जनतालाई सांसदहरुप्रति गौरव हुने गरी काम गरौंः समाजवादी अध्यक्ष नेपाल

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई आफुले चुनेका सांसदहरुप्रति गौरवबोध हुने गरी काम गर्नुपर्ने बताएका छन्।...

सम्बन्धित सामग्री

सरकारले संविधान विरोधी काम गरेको छ : ओली

काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान बिरोधी काम गरेको आरोप लगाएका छन् । मंलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘राष्ट्रिय स्वभिमान र गौरव विरोधी काम यो सरकारले गरेको छ,’ उनले भने, ‘संविधान बिरोधी काम गरेको छ । राष्ट्रहित र जनबिरोधी का...

नेपालको पर्यटन प्रवर्द्धनमा पाकिस्तानी मूलका अमेरिकी संसद भोजनी

काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धनमा अमेरिकाको टेक्सास राज्यका सांसद सलमान भोजनीले चासो देखाएका छन् । नेपाल र नेपालीप्रति आफ्नो अगाध माया र स्नेह रहेको भन्दै नेपालको पर्यटन प्रवर्द्धन र नेपाली समुदायको सहयोगका लागि आफू सदैब सक्रियताका साथ लाग्ने विश्वास व्यक्त गरे । पहिलो पटक नेपाल भ्रमण आएका उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविर जानुअघि काठमाडौँमा भएको एक अन्तरक्रियामा अमेरिकामै बसेर नेपालको पर्यटन प्रवर्द्धनका लागि सक्रिय हुने बताए । नेपाली समुदायबीच लोकप्रिय पाकिस्तानी मूलका भोजनी अमेरिकी–टेक्सास राज्यमा पहिलो मुसलमान समुदायका सांसद हुन् । निर्वाचनका बेला ढाका टोपी र दौरा सुरुवालमा नेपालीहरुमाझ मत मागेको स्मरण गर्दै भोजनीले नेपाल र नेपालीको हितका लागि सदैब सक्रिय भइरहने उल्लेख गरे । नेपालको प्रकृति र संस्कृति विश्वकै अनुपम भएको भन्दै उनले पर्यटनको माध्यमबाट नेपालले आर्थिक समृद्धि हासिल गर्नसक्ने बताए । ‘पर्यटन नेपालको अर्थतन्त्र उकास्ने महत्त्वपूर्ण माध्यम हो । विश्वको सर्वोच्च शिखर सगरमाथा, पशुपतिनाथ, लुम्बिनीजस्ता ऐतिहासिक सम्पदा नेपालको सान र गौरव हुन् यसैबाट नेपालले समृद्धितर्फको यात्रा तय गर्न सक्छ,’उनले भने । सन् २००३ मा टेक्सासको एक ग्यास स्टेशनमा काम गर्ने भोजनीको जीवन संघर्ष र सफलता निकै प्रेरणादायी छ । काम गर्दै अध्ययनलाई पनि अघि बढाएका उनी अमेरिकाको प्रतिष्ठित पदमा पुगेका छन् । उनले आगामी दिनमा नेपालको पर्यटन प्रवर्द्धन, दिगो शान्ति विकास र नेपाललाई सहयोग गर्न परिवारसहित नेपाल आइरहने वाचा पनि गरेका छन् । पेशाले वरिष्ठ अधिवक्तासमेत रहेका भोजनी टेक्सास राज्यमा नेपाली समुदायबीच घुलमिल रहेको र आइपरेका समस्या समाधानमा सधै लागि पर्ने गरेका छन्  । उनले नेपाली कला, संस्कृति, चार्डपर्वलाई जर्गेना गर्न महत्त्वपूर्ण भूमिका, केहि नेपाली समुदायका बेरोजगारीका लागि समस्याहरु समाधान, नेपाली समुदायका ज्येष्ठ नागरिकलाई भाषामा पर्न जाने समस्या समाधानका लागि भाषा अनुवादकहरुको व्यवस्था लगाएतका काम गरेका छन् ।   भोजनीले नेपाल डे पारित गरेर नेपालप्रति अगाथ प्रेम दर्शाएका छन् । टेक्सासमा दशैँ, तिहार र तीज पर्वमा बिदाको मान्यता दिलाउन पनि उनले अहम् भूमिका खेलेका थिए । अमेरिकामा रहने नेपालीहरुका नागरिकतालगायत समस्या समाधानका लागि आफूले प्रयास गरिरहेको उनले सुनाए । कार्यक्रममा बोल्दै भोजनीले स–साना कामदेखि अधिवक्ता हुँदै सफल व्यवसायिक आइकन र टेक्सास राज्यको प्रतिनिधि बन्नेसम्मको  संघर्षका कथाहरू सुनाएका थिए । पर्यटन गीत सार्वजनिक उक्त कार्यक्रममा मिशन इन्टरटेनमेन्टद्वारा निर्मित नयाँ नेपाली पर्यटनसम्बन्धी बाल गीतको एनिमेटेड भिडियो ‘नेपाल हेर्न जाऔँ’ सार्वजनिक गरिएको थियो । उक्त गीतमा नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाको आकर्षक प्रस्तुत गरिएको छ । गीतले युवा पुस्तालाई पर्यटन विकासमा सक्रिय हुन बाल शिक्षा र सन्देश दिएको छ । उक्त भिडियोमा डा. भोला रिजालले शब्द रचना, बीपी वाग्लको संगीत र भद्र ओली, सरगमश्री भट्टराई र विदित अधिकारीले स्वर रहेको छ । पर्यटन गीत लोकार्पण एवं अन्तरक्रियामा सहभागी नेपाली सांगीतीक क्षेत्रका चर्चित सष्टाहरुले अमेरिकी सांसदले नेपालप्रति देखाएको मोहलाई नेपालीले लाभ लिनसक्नुपर्ने बताए । गीतले नेपालका विभिन्न ठाउँ घुम्न प्रेरित गर्छ । भिडियोमा एनिमेसनको अवधारणा विश्वव्यापी रूपमा स्वीकार गरिएको नवीनतम प्रविधिलाई स्वीकार गर्नु र बच्चाहरूलाई सिक्ने नयाँ तरिकाहरू अनुभव गर्न प्रोत्साहित गर्नु भएको संगीतका बिपी वाग्लेले बताए । साहित्यका एवं चिकित्सक डा भोला रिजालले नेपाली समुदायमा घुलमिल भएका मिलनसार सांसद भोजनीले नेपालको प्रवर्द्धनमा भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले नयाँ गीतले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । बरिष्ठ संगीतकार तथा म्युजिक रोयल्टी कलेक्शन सोसाइटी नेपालका अध्यक्ष सुरेश अधिकारीले नेपाली संगीतलाई टेक्सास मात्रै नभई अमेरिका र विश्वका अन्य धेरै ठाउँमा पनि प्रवर्द्धन गर्न मिलेर काम गर्न भोजनीलाई आग्रह गरे ।

हरेक पालिकामा कालोपत्र सडक : प्रदेशस्तरबाट कार्यान्वयनमा लगिने

काठमाडौं । हरेक पालिकामा कालोपत्र सडक बनाउने कार्यक्रमलाई सरकारले प्रदेशस्तरबाट कार्यान्वयन लैजाने भएको छ । पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले नीति तथा कार्यक्रममा ल्याएको पालिकास्तरमा कालोपत्र सडक बनाउने योजनालाई यो सरकारले पनि अघि बढाउने भएको हो । प्रदेशले बनाउने कि संघले भन्ने विषयमा विवाद आउँदा सडक आयोजनाको काम अघि बढ्न सकेको थिएन । ‘पूर्ववर्ती सरकारले ल्याएको नीति तथा कार्यक्रममा पालिकास्तरमा एउटा कालोपत्र सडक बनाउने कुरा सुनेको थिएँ, म मन्त्री भएपछि खोजें । त्यो बजेटका रूपमा होइन फाइल रहेछ,’ अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार यसबारे संसद्लाई जानकारी दिँदै भने, ‘यसमा कसले बनाउने भन्ने विवाद पनि रहेछ । मैले प्रदेशलाई नै दिएर काम अघि बढाउन प्रयास गरेको छु ।’ अर्थमन्त्री शर्माका अनुसार उक्त कार्यक्रमका लागि वित्तीय स्रोत दिन विश्व बैंक र एशियाली विकास बैंक (एडीबी) ले प्रतिबद्धता व्यक्त गरेकाले काम अघि बढाउन समस्या छैन । साना आयोजनालाई स्थानीय तहमा पठाउने तयारी सरकारले आगामी आर्थिक वर्ष (आव) २०७९/८० मा अधिकांश साना आयोजनालाई प्रदेश र स्थानीय तहमा पठाउने तयारी गरेको छ । अर्थमन्त्री शर्माका अनुसार कम लगानीका आयोजनाको कार्यान्वयन प्रदेश र स्थानीय तहलाई दिने तयारी आगामी वर्षको बजेटमार्फत गर्न लागिएको हो । खुद्रे आयोजना कार्यान्वयनको झन्झट संघीय सरकारले बोक्न नहुने अर्थमन्त्रीको बुझाइ छ । लामो समयदेखि त्यस्ता आयोजना तल्लो तहको सरकारबाट कार्यान्वयनमा लैजानेबारे बहस चल्दै आए पनि व्यवहारमा लागू भएको छैन । प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय विकास समस्या समाधान समितिको ४५औं बैठकमा समेत साना तथा खुद्रे आयोजना प्रदेश तथा स्थानीय तहबाट अघि बढाउने निर्णय भएको थियो । त्यस्ता आयोजनाको प्राथमिकीकरण गरी अर्थ मन्त्रालयले बजेटको व्यवस्था गर्नुपर्ने समेत भनिएको थियो । तर, अझै पनि धेरै साना तथा खुद्रे आयोजना अघि बढ्न सकेका छैन । साना कार्यक्रम संघीय सरकारले बोक्दा एकातर्फ आयोजना कार्यान्वयन प्रभावकारी नहुने र अर्कोतर्फ बजेट खर्चमा समेत असर पार्ने भन्दै संसद्मा बजेटका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा मन्त्री शर्माले साना आयोजना माग नगर्न सांसदहरूसँग आग्रहसमेत गरे । खासगरी अघिल्लो सरकारले अगाडि बढाएका १ हजार ४ सय सडक आयोजना अर्थ मन्त्रालयले काटेको भन्दै एमाले सांसदहरूले प्रतिनिधिसभाको बैठकमा प्रश्न उठाएका थिए । त्यसको जवाफमा अर्थमन्त्री शर्माले ५० किलोमीटर सडकका लागि ४२ लाख रुपैयाँ विनियोजन गरेकाले चालू वर्षमा हटाउनुपरेको बताए । बजेट र आयोजनाका बीचमा तालमेल नै नभई कार्यान्वयनमा जाँदा त्यो आयोजना प्रभावकारी नहुने भएकाले त्यस्ता आयोजना प्रदेश र स्थानीय तहमा पठाउँदा उपयुक्त हुने अर्थमन्त्री शर्माले बताए । अब कुन स्तरको सडकमा कति लगानी गर्दा कति प्रतिफल आउँछ भन्ने लेखाजोखा गरेर मात्र आयोजना छनोट गर्नुपर्ने उनको भनाइ छ । अर्थमन्त्री शर्माका अनुसार राष्ट्रिय गौरवका आयोजनाले गति लिन नसकेको विषयमा समीक्षा गर्नुपर्ने बेला आएको छ । काम नहुने आयोजनालाई राष्ट्रिय गौरव भनिरहनु नपर्ने पनि उनको टिप्पणी छ । प्राविधिक जनशक्तिको अभाव र प्रशासनिक जनशक्ति मात्र थुप्रिने परिपाटीका कारण सरकारको संरचनात्मक सुधारमा समेत बजेटले जोड दिने मन्त्री शर्माले बताए ।

पाकरीखोला जलाशयको सम्भाव्यता अध्ययन गरिने

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–९ मा रहेको पाकरी खोला जलाशयको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) थालिने भएको छ । जिल्लाकै समथर र उर्वरायुक्त स्थान चापाकोटमा विशेष गरी सिँचाइ र निर्मित जलाशयबाट पर्यटनसँग जोड्दै आर्थिक लाभ लिन सकिने सम्भावना भएकाले चापाकोट नगरपालिकाको पहलमा सम्भाव्यता अध्ययन र डिपिआर बनाउने भएको हो । ‘एउटै आयोजनाबाट यस क्षेत्रका बाँझो जमिन सिँचाइ गर्ने र पर्यटकीय क्षेत्र बनाउन सकिने देखिएकाले यसको सम्भाव्यता अध्ययनको काम सुरु गरेका छौं,’ नगर प्रमुख शिवकुमार गिरीले भने, ‘स्थानीयको पनि माग भएकाले यससम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाएका हौं ।’      इञ्जिनियरको टोलीद्वारा यसको सम्भाव्यता अध्ययन गर्नुका साथै योजनाको अनुमानित लागत आएपछि त्यसैलाई आधार मानेर थप अगाडि बढिने नगरप्रमुख गिरीले बताए । ‘यो योजनाले चापाकोटका सिँचाइ नपुगेका बाँझा जमिनमा सिँचाइ पुर्‍याउन सहज हुने र उत्पादनमा वृद्धि हुने विश्वास लिएको छु,’ प्रमुख गिरीले भने, ‘कृषि र पर्यटनसँग प्रत्यक्ष जोडिएकाले पनि यसलाई पूरा गर्न नगरपालिकाले आगामी योजना बनाउने छ ।’ जलाशय बनाउन उक्त ठाउँ उपयुक्त भएको चापाकोट टार सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष कृष्ण सुवेदीले बताए । ‘यो योजना यस क्षेत्रकै गौरवको योजना पनि हो, त्यसैले निर्माण कार्यका लागि सबैले सहयोग गर्नुपर्ने देखेको छु,’ अध्यक्ष सुवेदीले भने, ‘सिँचाइको अभावमा बाँझै रहेका जमिनबाट उब्जाउ लिन सकिने सम्भावना छ ।’ चापाकोट–९ को पाकरी भन्ने स्थानमा बाँध बाँधेपछि करिब एक किलोमिटर लामो र औसतमा ५० मिटर चौडाइको जलाशय बन्न सक्ने वडाध्यक्ष शंकरभक्त भण्डारीले बताए । ‘नगरपालिकाकै गौरवको योजना हुने भएकाले यसलाई शुरू गर्न सके निकै फाइदा पुग्ने थियो,’ अध्यक्ष भण्डारीले भने, ‘जलाशय निर्माणले यहाँको कृषि, पर्यटन र रोजगारीमा टेवा पुग्ने विश्वास लिएको छु ।’ नगरकै गौरव गर्न मिल्नेमध्येको र त्यो पनि नमूनाका रूपमा रहेकाले यसको सम्भाव्यता अध्ययन गरी प्राप्त प्रतिवेदनबारे सरोकारवालालाई राखेर बहस हुनुपर्नेमा स्थानीयले जोड दिएका छन् । रासस

स्थानीयवासीको सक्रियतामा लिफ्टमार्फत खानेपानी

बागलुङ । बागलुङ नगरपालिकाको बजार क्षेत्रभित्रै खानेपानीको अभाव खेप्दै आएका उपल्लो पाखाथरका ५० घरमा खानेपानीको सहज सुविधा पुगेको छ । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका उपल्लो पाखाथरका स्थानीयवासीले आफ्नै सक्रियतामा खानेपानी योजना सम्पन्न गरेका हुन् । यसमा बागलुङ नगरपालिकाले पनि सहयोग गरेको थियो । योजना नबन्दासम्म स्थानीयवासीले कुवा र मूलको पानीमा निर्भर हुनुपर्ने बाध्यता थियो । तर अब यस्तो बाध्यता लिफ्ट खानेपानी आयोजना सम्पन्न भएसँगै सकिएको स्थानीयवासी उपभोक्ता बताउँछन् । स्थानीय उपभोक्ताले १५ लाख संकलन गरी खत्रीबारीमा ७५ हजार लिटरको खानेपानी ट्यांकी निर्माण गरेका थिए ।      पँधेराघरको पानीलाई १०० मिटरमाथि खत्रीबारीमा लिफ्ट प्रविधिमार्फत लगेर ५० घरमा ‘एक घर, एक धारा’ निर्माण गरिएको छ । योजना सम्पन्न भएपछि सोमवारदेखि घरघरमै खानेपानी पुगेको सामुदायिक खानेपानी तथा उपभोक्ता संस्था उपल्लो पाखाथरका अध्यक्ष कुमारविक्रम क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार योजनाको पाइप लाइन विस्तारका लागि भने बागलुङ नगरपालिकाले गत आर्थिक वर्ष २०७७÷७८ मा ८ लाख बजेट विनियोजन गरेको थियो । जिल्ला सदरमुकामवासी भएर पनि पुरानो पानीकोे मुहान सुक्दै गएपछि कुवाको पानीमा निर्भर बन्नुपर्ने अवस्थाको अन्त्य भएको र घरमै खानेपानीको धारा आउँदा स्थानीयवासीमा खुशी छाएको उपभोक्ता धनबहादुर जिसीले बताए । बस्तीभन्दा मुहान तल भएका कारण १०० मिटरको उचाइमा पम्पमार्फत खानेपानी पु¥याएर घरघरमा वितरण गरिएको बागलुङ नगरपालिकाका इञ्जिनियर गौरव शर्माले जानकारी दिए । खानेपानी ट्यांकीबाट थप २५ घरमा खानेपानी वितरण गर्ने उपभोक्ता समितिको लक्ष्य छ । सामुदायिक खानेपानी समितिबाट १५ लाख संकलन गरे पनि नगरपालिकाको ८ लाखको काम भने उपल्लोपाखाथर लिफ्ट खानेपानी आयोजनामार्फत सम्पन्न गरिएको निर्माण समितिका अध्यक्ष खिमराम ढुंगानाले बताए । खानेपानीको अभावमा स्थानीयवासी बसाइँसराइ गर्दै आएका थिए भने त्यहाँ जग्गा खरीद भए पनि खानेपानीको अभावमा घर निर्माण हुन सकेको थिएन ।   हिउँदको समयमा चार घण्टा र बर्खाको समय चार घण्टा मात्रै खानेपानी लिफ्ट गरेमा सबैलाई खानेपानी पुग्नेछ । खानेपानी उपभोग गरेबापत विद्युत् महशुल र मर्मतसम्भारका लागि मासिक २०० उपभोक्ताले खानेपानी उपभोक्ता समितिलाई तिर्नुपर्ने प्रावधान बनाइएको छ । रासस

प्रदेश गौरवको योजना निर्माण ठप्प

बैतडी । सुदूरपश्चिम प्रदेश गौरव योजनाको रूपमा रहेको बैतडीको एक मात्र सतबाँझ–श्रीभावर–हाट सडकखण्डको काम निषेधाज्ञाका कारण रोकिएको छ । योजनामा काम गर्ने कामदार नपाइएको र निर्माण सामग्री महँगो भएकाले सडकखण्ड स्तरोन्नतिको काम रोकिएको हो । जिल्लाको सतबाँझबाट साढे ६ किलोमिटर कालोपत्र गर्न थालिएको उक्त सडकखण्डमा कोरोनाका कारण काम अघि बढाउन नसकिएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले बताए । यस्तै सोही खण्डको श्रीभावरबाट हाटसम्मको साढे ८ किलोमिटर कालोपत्र गर्ने काममा समेत बाधा पुगेको उनको भनाइ छ । ‘कोरोनाका कारण कामदार पाउनै मुश्किल छ, निर्माण कम्पनीले काम गर्न सहज नभएको बताएका छन्,’ उनले भने ।       चन्द्रा एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनीले सो सडक कालोपत्र गर्न ठेक्का सम्झौता गरेर गत साउनदेखि काम अघि बढाएको थियो । स्तरोन्नति कार्यको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहराले गरेका थिए । गतवर्ष पनि निषेधाज्ञाकै कारणले ढिला गरी सडक स्तरोन्नति शुरू भएको थियो । सतबाँझबाट साढे ६ किलोमिटर स्तरोन्नति गर्न १२ करोड र श्रीभावरबाट हाट खण्डमा साढे ८ किलोमिटर स्तरोन्नतिका लागि १७ करोड रुपैयाँमा सम्झौता भएको हो । तीन वर्षभित्र काम सक्ने लक्ष्यसहित निर्माण कम्पनीसँग सम्झौता भएको भए पनि समयमै सम्पन्न हुने सम्भावना कम रहेको बताइएको छ । प्रदेश गौरवको योजनाअन्तर्गत सतबाँझ–श्रीभावर–हाट सडकको स्तरोन्नति गर्ने काम सम्पन्न भएपछि यो सडकले नागरिकको जीवनस्तर सुधारमा टेवा पुग्ने सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताए । ‘यो सडक हाम्रै गाउँपालिका भएर स्तारोन्नति भइरहेको छ,’ उनले भने, ‘सडक निर्माण भएपछि ग्रामीण अर्थतन्त्रमा सुधार आउने विश्वास छ ।’ तत्कालीन जिल्ला विकास समितिले २०५५ सालमा ‘ट्र्याक ओपन’ गरेको यस सडक दुई दशकपछि प्रदेश सरकारको गौरवको योजनामा परेको हो । कोरोनाका कारण प्रदेश गौरवको उक्त योजनाका साथै अन्य सडक निर्माणलगायत विकास निर्माणका काममा ठूलो बाधा पुगेको पूर्वाधार विकास कार्यालय बैतडीले बताएको छ । कोरोना कहरले अन्य बहुवर्षीय योजनाको काम समयमै सम्पन्न गर्न ढिलाइ हुने देखिएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जोशीले बताए । जिल्लामा चालू आर्थिक वर्षमा ५५ ओटा सडक निर्माणका काम भइरहेका भए पनि कोरोनाका कारण योजना प्रभावित भएको बताइएको छ । जिल्लामा सञ्चालित अन्य ठूला योजनासमेत कोरोनाले प्रभावित भएका हुन् । पाटन–पञ्चेश्वर, सिल्लेगडा–कटौजपानी, खोचलेक–सित्तड–रीम–डिलाशैनी, देहीमाडौं–गिरेगडा,  गन्ना–गनैखानलगायतका ठूला योजना बढी प्रभावित भएका कार्यालयले बताएको छ । रासस

निषेधाज्ञाका कारण प्रदेश गौरवको योजनाको निर्माण कार्य ठप्प

जेठ २६, बैतडी । सुदूरपश्चिम प्रदेश गौरव योजनाका रूपमा रहेको बैतडी जिल्लाको सतबाँझ–श्रीभावर–हाट सडकखण्डको काम निषेधाज्ञाका कारण रोकिएको छ । योजनामा काम गर्ने कामदार नपाइएका र निर्माण सामग्री महँगो भएका कारण सडकखण्ड स्तरोन्नतिको काम रोकिएको हो । जिल्लाको सतबाँझबाट साढे छ किलोमिटर कालोपत्रका लागि काम भइरहेको सो सडकखण्डमा कोरोनाका कारण काम अघि बढाउन नसकिएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले बताए ।  यस्तै सोही खण्डको श्रीभावरबाट हाटसम्मको साढे आठ किलोमिटर कालोपत्र गर्ने काममा समेत बाधा पुगेको उनले बताए । उनले भने, ‘कोरोनाका कारण कामदार पाउनै मुस्किल छ, निर्माण कम्पनीले काम गर्न सहज नभएको बताएका छन् ।’ चन्द्रा एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनीले सो सडक कालोपत्र गर्नका लागि ठेक्का सम्झौता गरेर गत साउनदेखि काम अघि बढाएको थियो । स्तरोन्नति कार्यको उद्घाटन तत्कालीन सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहराले गरेका थिए  ।  गत वर्ष  पनि निषेधाज्ञाकै कारणले ढिला गरी सडक स्तरोन्नति शुरु भएको थियो । सतबाँझबाट साढे छ किलोमिटर स्तरोन्नति गर्नका लागि रू. १२ करोड र श्रीभावरबाट हाट खण्डमा साढे आठ किलोमिटर स्तरोन्नतिका लागि रू. १७ करोडमा सम्झौता भएको हो । तीन वर्षभित्र काम सक्ने लक्ष्यसहित निर्माण कम्पनीसँग सम्झौता भएको भए पनि समयमै सम्पन्न हुने सम्भावना कम रहेको बताइएको छ । प्रदेश गौरवको योजनाअन्तर्गत सतबाँझ–श्रीभावर–हाट सडकको स्तरोन्नति गर्ने काम सम्पन्न भएपछि यो सडकले नागरिकको जीवनस्तर सुधारमा टेवा पुग्ने सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताए ।  ‘यो सडक हाम्रै गाउँपालिका भएर स्तारोन्नति भइरहेको छ’, उनले भने, ‘सडक निर्माण भएपछि ग्रामीण अर्थतन्त्रमा सुधार आउने विश्वास छ ।’  तत्कालीन जिल्ला विकास समितिले विसं २०५५ मा ‘ट्र्याक ओपन’ गरेको यस सडक दुई दशकपछि प्रदेश सरकारको गौरवको योजनामा परेको हो । कोरोनाका कारण प्रदेश गौरवको उक्त योजनाका साथै अन्य सडक निर्माणलगायत विकास निर्माणका काममा ठूलो बाधा पुगेको पूर्वाधार विकास कार्यालय बैतडीले जानकारी दिएको छ । कोरोना कहरले अन्य बहुवर्षीय योजनाको काम समयमै सम्पन्न गर्न ढिलाइ हुने देखिएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जोशीले बताए । उनले भने, ‘विकास निर्माणका योजनाका लागि आवश्यक निर्माण सामग्री पाउन कठिनाइ छ, मजदूर पनि पाउन मुस्किल भएको छ ।’ जिल्लामा  चालू आर्थिक वर्षमा ५५ ओटा सडक निर्माणका काम भइरहेका भए पनि कोरोनाका कारण योजना प्रभावित भएको जानकारी दिइएको छ ।  जिल्लामा सञ्चालित अन्य ठूला योजनासमेत कोरोनाले प्रभावित भएका हुन् । पाटन–पञ्चेश्वर, सिल्लेगडा–कटौजपानी, खोचलेक–सित्तड–रीम–डिलाशैनी, देहीमाडौँ–गिरेगडा, गन्ना–गनैखानलगायतका ठूला योजना बढी प्रभावित भएका कार्यालयले जानकारी दिएको छ । रासस

अक्सिजन यसरी चरम अभाव हुनुमा उचित समन्वय नहुनु नै मुख्य कारक

काठमाडौँ । अक्सिजन उत्पादन सङ्घका अध्यक्ष गौरव शारदा अक्सिजन यसरी चरम अभवा हुनुमा उचित समन्वय नहुनु नै मुख्य कारक रहेको बताउँछन् । “प्रयासहरु भइरहेका देखिन्छन्, तर त्यसअनुसारको समन्वयात्मक काम हुन सकिरहेको छैन”, शारदाले भने, “हामी निषेधाज्ञा लागू हुनुभन्दाअघि देखि नै काठमाडौँमा २४सै घण्टा उद्योग चलाएर अक्सिजन उत्पादनमा लागेका छौँ, तर समस्या जस्ताको तस्तै छ ।”

नगरपालिकामा कर बढाएर जनतालाई आहत पार्ने काम गर्दैनौँ : अध्यक्ष यादव

पर्सा : इतिहासका भूल्नै नसकिने विरासत बोकेका ठाउँहरूमध्ये नेपालको पर्सागढी पनि एक हो। तर यसको नाम कमै नेपालीले मात्र नसुनेको हुनुपर्छ, जुन ठाउँमा सन् १८७१ मा ब्रिटिस (अंग्रेज) सेनालाई नेपाली भूमिमा घुँडा टेकाएर नेपाल कब्जा गर्न नदिई पछाडि फर्कन बाध्य पारिएको इतिहास छ। इतिहासको त्यो गौरव बोकेको पर्सागढी मुल...

सरकार सहभागी भएको ठाउँमा निजी क्षेत्रलाई मात्रै आरोप लगाउन सकिन्न

१९९३ सालमा स्थापना भएको विराटनगर जुट मिल देशकै सबैभन्दा पुरानो उद्योग हो । नेपालको राजनीतिक आन्दोलन सुरु भएको गौरव बोकेको यो उद्योग आफैंले भने निकै उतारचढाव बेहोरेको छ । पछिल्लो पटक झन्डै चार वर्षदेखि बन्द रहेको यो उद्योग अनेकौं प्रयासपछि पुनः सञ्चालनमा आएको छ । चरम राजनीतिक हस्तक्षेप र विद्युत्भार कटौतीका कारण जुट मिल पटक–पटक बन्द भएको थियो । उद्योगको स्थापनासँगै नेपालमा औद्योगिक क्रान्ति सुरु भएको थियो । पुनः उद्योग सञ्चालनमा ल्याएर उद्योग देशको अर्थतन्त्रमा सुधार ल्याउने र एक वर्षमा १० हजार प्रत्यक्ष तथा १ लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्र्नेसहित उद्योग सञ्चालनमा आएको हो । अहिले जुटमिलको अध्यक्ष रहेका वसन्त वन उद्योग अब कहिल्यै बन्द नहुने गरी काम गरिरहेको बताउँछन् । सरकारका विभिन्न तहमा रहेर काम गरेका अध्यक्ष वनसँग उद्योग सञ्चालन र वर्तमान अवस्था, उद्योगमा हुने राजनीतिक हस्तक्षेप, सेयर विवाद र रोजगारीका विषयमा कारोबारकर्मी सरस्वती ढकालले गरेको कुराकानीको सार :