सरकार सहभागी भएको ठाउँमा निजी क्षेत्रलाई मात्रै आरोप लगाउन सकिन्न

१९९३ सालमा स्थापना भएको विराटनगर जुट मिल देशकै सबैभन्दा पुरानो उद्योग हो । नेपालको राजनीतिक आन्दोलन सुरु भएको गौरव बोकेको यो उद्योग आफैंले भने निकै उतारचढाव बेहोरेको छ । पछिल्लो पटक झन्डै चार वर्षदेखि बन्द रहेको यो उद्योग अनेकौं प्रयासपछि पुनः सञ्चालनमा आएको छ । चरम राजनीतिक हस्तक्षेप र विद्युत्भार कटौतीका कारण जुट मिल पटक–पटक बन्द भएको थियो । उद्योगको स्थापनासँगै नेपालमा औद्योगिक क्रान्ति सुरु भएको थियो । पुनः उद्योग सञ्चालनमा ल्याएर उद्योग देशको अर्थतन्त्रमा सुधार ल्याउने र एक वर्षमा १० हजार प्रत्यक्ष तथा १ लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्र्नेसहित उद्योग सञ्चालनमा आएको हो । अहिले जुटमिलको अध्यक्ष रहेका वसन्त वन उद्योग अब कहिल्यै बन्द नहुने गरी काम गरिरहेको बताउँछन् । सरकारका विभिन्न तहमा रहेर काम गरेका अध्यक्ष वनसँग उद्योग सञ्चालन र वर्तमान अवस्था, उद्योगमा हुने राजनीतिक हस्तक्षेप, सेयर विवाद र रोजगारीका विषयमा कारोबारकर्मी सरस्वती ढकालले गरेको कुराकानीको सार :

सम्बन्धित सामग्री

निजी क्षेत्रलाई विद्युत् व्यापारमा अनुमति दिन अध्यादेश ल्याउँदै सरकार

काठमाडौँ । सरकारले विद्युत् व्यापारलाई थप मार्ग प्रशस्त गर्ने लक्ष्यका साथ विद्युत् ऐन, २०४९ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने तयारी गरेको छ। विद्युत् ऐन, २०४९ मा विद्युत् व्यापारसम्बन्धी प्रावधान थिएन। सोही प्रावधान नभएका कारणले गर्दा सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन सकेको थिएन। निजी क्षेत्र समेतलाई विद्युत् व्यापारमा सहभागी गराउने लक्ष्यका साथ […]