निषेधाज्ञाका कारण प्रदेश गौरवको योजनाको निर्माण कार्य ठप्प

जेठ २६, बैतडी । सुदूरपश्चिम प्रदेश गौरव योजनाका रूपमा रहेको बैतडी जिल्लाको सतबाँझ–श्रीभावर–हाट सडकखण्डको काम निषेधाज्ञाका कारण रोकिएको छ । योजनामा काम गर्ने कामदार नपाइएका र निर्माण सामग्री महँगो भएका कारण सडकखण्ड स्तरोन्नतिको काम रोकिएको हो । जिल्लाको सतबाँझबाट साढे छ किलोमिटर कालोपत्रका लागि काम भइरहेको सो सडकखण्डमा कोरोनाका कारण काम अघि बढाउन नसकिएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले बताए ।  यस्तै सोही खण्डको श्रीभावरबाट हाटसम्मको साढे आठ किलोमिटर कालोपत्र गर्ने काममा समेत बाधा पुगेको उनले बताए । उनले भने, ‘कोरोनाका कारण कामदार पाउनै मुस्किल छ, निर्माण कम्पनीले काम गर्न सहज नभएको बताएका छन् ।’ चन्द्रा एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनीले सो सडक कालोपत्र गर्नका लागि ठेक्का सम्झौता गरेर गत साउनदेखि काम अघि बढाएको थियो । स्तरोन्नति कार्यको उद्घाटन तत्कालीन सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहराले गरेका थिए  ।  गत वर्ष  पनि निषेधाज्ञाकै कारणले ढिला गरी सडक स्तरोन्नति शुरु भएको थियो । सतबाँझबाट साढे छ किलोमिटर स्तरोन्नति गर्नका लागि रू. १२ करोड र श्रीभावरबाट हाट खण्डमा साढे आठ किलोमिटर स्तरोन्नतिका लागि रू. १७ करोडमा सम्झौता भएको हो । तीन वर्षभित्र काम सक्ने लक्ष्यसहित निर्माण कम्पनीसँग सम्झौता भएको भए पनि समयमै सम्पन्न हुने सम्भावना कम रहेको बताइएको छ । प्रदेश गौरवको योजनाअन्तर्गत सतबाँझ–श्रीभावर–हाट सडकको स्तरोन्नति गर्ने काम सम्पन्न भएपछि यो सडकले नागरिकको जीवनस्तर सुधारमा टेवा पुग्ने सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताए ।  ‘यो सडक हाम्रै गाउँपालिका भएर स्तारोन्नति भइरहेको छ’, उनले भने, ‘सडक निर्माण भएपछि ग्रामीण अर्थतन्त्रमा सुधार आउने विश्वास छ ।’  तत्कालीन जिल्ला विकास समितिले विसं २०५५ मा ‘ट्र्याक ओपन’ गरेको यस सडक दुई दशकपछि प्रदेश सरकारको गौरवको योजनामा परेको हो । कोरोनाका कारण प्रदेश गौरवको उक्त योजनाका साथै अन्य सडक निर्माणलगायत विकास निर्माणका काममा ठूलो बाधा पुगेको पूर्वाधार विकास कार्यालय बैतडीले जानकारी दिएको छ । कोरोना कहरले अन्य बहुवर्षीय योजनाको काम समयमै सम्पन्न गर्न ढिलाइ हुने देखिएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जोशीले बताए । उनले भने, ‘विकास निर्माणका योजनाका लागि आवश्यक निर्माण सामग्री पाउन कठिनाइ छ, मजदूर पनि पाउन मुस्किल भएको छ ।’ जिल्लामा  चालू आर्थिक वर्षमा ५५ ओटा सडक निर्माणका काम भइरहेका भए पनि कोरोनाका कारण योजना प्रभावित भएको जानकारी दिइएको छ ।  जिल्लामा सञ्चालित अन्य ठूला योजनासमेत कोरोनाले प्रभावित भएका हुन् । पाटन–पञ्चेश्वर, सिल्लेगडा–कटौजपानी, खोचलेक–सित्तड–रीम–डिलाशैनी, देहीमाडौँ–गिरेगडा, गन्ना–गनैखानलगायतका ठूला योजना बढी प्रभावित भएका कार्यालयले जानकारी दिएको छ । रासस

सम्बन्धित सामग्री

माग पूरा नभए देशभर निर्माण कार्य ठप्प पार्ने व्यवसायीको चेतावनी

निर्माण व्यवसायीहरूले सरकारले माग सम्बोधन नगरे देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन् । शुक्रबार उनीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उपकरण प्रदर्शनसहित धर्ना दिएका छन् । सो क्रममा व्यवसायीहरुले पूर्व सरकारले गरेका गल्ती सच्याएर देश विकासका लागि सरकार समर्पित हुनुपर्ने बताए ।

सुनकोशी-मरिण डाइभर्सन आयोजनाको निर्माण कार्य ठप्प

सिन्धुली । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य रोकिएको छ । मजदुरको आन्दोलनले राष्ट्रिय गौरवको आयोजनाको काम ठप्प भएको हो । सिन्धुलीको कमलामाई नगरपालिका कुसुमटार क्षेत्रमा सञ्चालित साेही आयोजनामा काम गर्दै आएका मजदुर तलब भत्ताको विषयलाई लिएर आन्दोलित भएपछि निर्माण कार्य ठप्प भएको छ । पारित भएको जिल्ला दररेट बराबरको पारिश्रमिक नपाएसम्म काम ठप्प पार्ने […]

३५०० निर्माण कार्य ठप्प

काठमाडौं । निर्माण व्यवसायीले आफ्ना माग सरकारले पूरा नगरेको भन्दै ३५ सयभन्दा बढी आयोजनाको काम रोकेको बताएका छन् । उनीहरूले यसलाई ‘कन्स्ट्रक्शन होलिडे’ भनेका छन् । निर्माण सामग्रीमा अत्यधिक मूल्यवृद्धि भएको, तर सरकारले त्यसलाई सम्बोधन नगरेको उनीहरूको गुनासो छ । निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले मुलुकभर निर्माणाधीन ५ हजारमध्ये सानाठूला गरी ३५ सय ठेक्काको काम रोकिएको बताएको छ । महासंघका अध्यक्ष रवि सिंहले विगतदेखि नै मूल्यवृद्धिलाई सम्बोधन गर्न सरकारसँग माग गरिए पनि टार्ने काममात्रै भएको बताए । ‘निर्माण व्यवसायीका मागप्रति सरकार संवेदनशील भएन,’ उनले भने, ‘काम गर्नै नसकिने अवस्था आएपछि कन्स्ट्रक्शन होलिडे घोषणा गरिएको हो ।’ सामान्य अवस्थाभन्दा अहिले निर्माण लागत ७० प्रतिशतसम्म बढेको उनको दाबी छ । निर्माण सामग्री छड, पेट्रोलियम पदार्थ, बिटुमिन जस्ता निर्माण सामग्रीको मूल्य बढेकाले ठेक्काको लागत बढेको उनले बताए । ठेक्का लिने बेलाको तुलनामा निर्माण सामग्रीको मूल्य दोब्बर पुगे पनि सरकारले उचित सम्बोधन नगरेको उनको भनाइ छ । ‘प्रतिकेजी ६२ मा किनेको गरेको छड अहिले १३५ मा किन्नुपरेको छ,’ सिंहले भने, ‘यस्तो मूल्यवृद्धि बिटुमिन, सिमेन्टमा पनि छ ।’ उनले कन्स्ट्रक्शन होलिडे सबै निर्माणको काममा लागू नहुने पनि बताए । होलिडे लागू नहुने क्षेत्रमा नियमित काम हुने सिंहको भनाइ छ । उनका अनुसार सडक कालोपत्र, पुल निर्माण, नदी नियन्त्रण र भवनको बेसमेन्ट बनाउने काम रोकिने छैन । यसबाहेकको निर्माण माग सम्बोधन नहुँदासम्म रोकिने बताइएको छ । अहिलेकै अवस्थामा निर्माण निरन्तर अघि बढाए सम्बद्ध व्यवसायीले धान्नै नसक्ने घाटा बेहोर्नुपर्ने भएकाले ‘कन्स्ट्रक्शन होलिडे’ आह्वान गरिएको उनको दाबी छ । २०६५ सालमा पनि अप्रत्याशित रूपमा मूल्यवृद्धि हुँदा सरकारले ‘मूल्य समायोजन मार्गदर्शन–नम्बर १’ जारी गरी निर्माणलाई निरन्तरता दिने वातावरण बनाएको उनले बताए । यसपटक पनि यस्तै मार्गदर्शन जारी गर्न भनिए पनि सरकारले चासो नदिएको महासंघको भनाइ छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव अर्जुनजंग थापा पनि मूल्यवृद्धिले केही निर्माण व्यवसायी अत्तालिने अवस्था आएको स्वीकार गर्छन् । ‘फलामे छडदेखि केही आयातित निर्माण सामग्रीमा ५० प्रतिशतसम्म मूल्यवृद्धि छ,’ उनले भने, ‘यसले गर्दा केही निर्माण व्यवसायी आत्तिएको अवस्था छ । केहीले भने सामान्य ढंगले काम गरिरहेका छन् ।’ उनका अनुसार महँगीले बढाएको अतिरिक्त व्ययभार सम्बोधन गर्ने तयारी सरकारले अहिलेसम्म गरेको छैन । मूल्य वृद्धिअनुसार २५ प्रतिशतसम्म क्षतिपूर्ति दिने प्रावधान भए पनि तत्काल दिन नसकिने उनको भनाइ छ । ‘अहिले नै क्षतिपूर्ति पाउने अवस्था छैन,’ थापाले भने, ‘ठेक्का सकिँदा त्यसबेला नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मूल्यवृद्धि दरलाई आधार बनाएर मात्रै निर्माण व्यवसायीलाई क्षतिपूर्ति दिने अवस्था हुन्छ ।’ महासंघले सार्वजनिक खरीद नियमावलीको ११औं संशोधनमा केही बुँदा त्रुटिपूर्ण रहेको दाबी गर्दै त्यसलाई पनि संशोधन गर्नुपर्ने माग गरेको छ । यसबाहेक निर्माण उद्योगमैत्री कानून जारी गर्नुपर्ने, बीमा निर्देशिका खारेज हुनुपर्ने जस्ता माग पनि महासंघले अघि सारेको छ । महासंघले सोमवार बीमा समितिका पदाधिकारी भेट्ने कार्यक्रम राखेको छ ।

आजदेखि निर्माण व्यवसायीहरूले निर्माण कार्य ठप्प पार्ने

काठमाडौँ । निर्माण व्यवसायीहरूले आज (आइतबार) देखि निर्माण परियोजना ठप्प पार्ने भएका छन् । निर्माण सामग्रीमा बढेको मूल्य अनुसार परियोजनाको बजेट समायोजन गर्नु पर्ने माग कार्यान्वयन नभएको भन्दै उनीहरुले आन्दोलन स्वरुप निर्माण परियोजना ठप्प पार्ने निर्णय गरेका हुन् । नेपाल निर्माण व्यवसायी महासङ्घको नेतृत्वमा व्यवसायीहरूले ‘कन्स्ट्रक्सन होलिडे’ को नाममा आजबाट निर्माण परियोजना ठप्प पार्ने भएका […]

सुरुङ मार्ग निर्माणमा अवरोध हट्यो

स्थानीयवासी र सुरुङ मार्ग आयोजनाबीच सहमति भएसँगै थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । आयोजनाको कार्यालयमा स्थानीयवासीले आक्रमण गरेपछि एक हप्तादेखि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य ठप्प भएको थियो ।सुरुङ मार्ग आयोजना प्रमुख नरेशमान शाक्यले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा आयोजना कार्यालय र स्थनीयवासीबीच भएको सहमतिसँगै आइतबार साँझबाट नै सुरुङ मार्ग निर्माण कार्य पुनः सुरु भएको जानकारी दिनुभयो । चन्द्रागिरि नगरपा

दुई गाउँको विवादले पर्यटकीय सडक निर्माण ठप्प

सिमकोट – पिप्लाङदेखि चीनको सिमाना टाँकेसम्मको पर्यटकीय सडकको निर्माण कार्य ठप्प भएको छ। चङ्खेली गाउँपालिका–४ को पाली र ५ को नेक्पा गाउँवासी विवादले सडक निर्माण प्रभावित भएको हो। गाउँपालिका कार्य समितिका सदस्यसमेत रहेकी नेक्पा गाउँकी देउरुपा तामाङले पिप्लाङबाट खोलाको किनार हुँदै नेक्पा गाउँ सडक निर्माण गर्नुपर्ने माग स्थानीयको रहेको बताइन्। उक्त खण्डबाट सडक निर्माण निर्माण […]

निषेधाज्ञाले निर्माण कार्य ठप्प, निर्माण सामग्रीको मूल्य अकासियो

नेपाल निर्माण व्यवसायी महासंघले निषेधाज्ञापछि देशभर भइरहेको निर्माण कार्य ठप्प भएको जनाएको छ । आइतबार भौतिक

धार्के-सितापाइलाको ठेकेदार सम्पर्कविहीन, निर्माण कार्य ठप्प

धादिङ।  नौबिसे-नागढुंगा सडकखण्डको बैकल्पिक मार्ग धार्के -सितापाइला सडक निर्माण तथा स्तरोन्नती कार्य सुस्त भएको छ।   अत्याधिक जाम छल्न निर्माण थालिएको सडकखण्डका ,मुल्ह्य ठेकेदार सम्पर्कबिहिन भएपछी अहिले निर्माण कार्य ठप्प भएको छ।  दुई ...

साउन एकदेखि निर्माण कार्य ठप्प

नेपाल निर्माण व्यवसायी महासंघले साउन एक गतेबाट सबै निर्माण कार्य ठप्प पार्ने निर्णय गरेको छ । सार्वजनिक खरिद नियमावली (छैठौं संशोधन) २०७५ का केही बुँदाविरुद्ध आन्दोलित महासंघले बुधबार राजधानीमा राष्ट्रिय भेला मार्फत् आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । साउन एकअघिका लागि महासंघले आन्दोलनका अन्य कार्यक्रम समेत सार्वजनिक गरेको छ । आन्दोलनका कार्यक्रम अनुसार व्यवसायीले इजाजत पत्र सरकारलाई बुझाउने छन् भने कार्यक्षेत्रमा कालोपट्टी बाँधी काम गर्ने बताएका छन् । साथै निर्माण उपकरणमा पनि कालो झण्डा राखिने महासंघले जनाएको छ ।