तनहुँ – तनहुँको व्यास नगरपालिका ५ मानुङकोटमा नेपालको झन्डा राखिएको छ । टिम नेपो तनहुँले ३०१ औँ पृथ्वी जयन्तीको अवसरमा मानुङकोटमा दश फिट अग्लो झन्डा राखेको हो ।
पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको मानुङकोटको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित राखिएको झन्डाकाे आज व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले अनावरण गर्नुभयो । त्यस अवसरमा मेयर न्यौपानेले पर्यटकीय सम्भावनायुक्त मानुङकोटलाई थप प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालको झन्डा राखिएकामा संस्थाको प्रशंसा गर्नुभयो । स्वास्थ्य, शिक्षा, वातावरण र युवा नेतृत्व विकासक...