ध्वजे डाँडामा २२ वटा देशको झन्डा

धनकुटा – धनकुटाको पर्यटकीय स्थल ध्वजे डाँडामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न नेपालसहित विश्वका २२ वटा देशको राष्ट्रिय झन्डा फहराइएको छ ।  साँगुरीगढी गाउँपालिका–५ मा रहेको ध्वजे डाँडामा झन्डै २० फिट उचाइ भएका झन्डाहरू फहराइएको हो । झन्डा फहराएपछि ध्वजे डाँडामा छुट्टै आकर्षण देखिएको छ । झन्डा राख्न नेपाल पर्यटन बोर्डको पाँच लाख, साँगुरीगढी गाउँपालिकाको एक लाख २५ हजार र जनसहभागिताकाे ३५ हजार छ सय चार रुपैयाँ लागत रहेको साँगुरीगढी–५ का वडाध्यक्ष खड्गबहादुर लिम्बुले जानकारी दिनुभयाे । अन्य...

सम्बन्धित सामग्री

अन्तुको झल्को दिने ध्वजे डाँडा

सूर्योदयको दृश्यावलोकनका लागि धनकुटाको साँगुरीगढि गाउँपालिका वडा नम्बर ५ डाँडा बजारस्थित ध्वजे डाँडालाई इलामको अन्तुसँग तुलना गर्ने गरिन्छ ।

छथर जोरपाटीको ध्वजे डाँडा (फोटो फिचर)

धनकुटाको छथर जोरपाटी गाउँपालिका दुई ध्वजे डाँडालाई पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणको काम तीव्र पारिएको छ । तिन वर्ष अघिबाट सुरु गरेको कार्यमा अहिले एक करोड भन्दा बढी खर्च भइसकेको छ ।

भेडेटार फुड फेस्टिबल सम्पन्न : ५०% भन्दा बढी भारतीय पर्यटक

पुस २०, धरान । अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर बाह्य पर्यटकहरुलाई लक्षित गरि भेडेटारमा आयोजित फुड फेस्टिबलमा ५० प्रतिशतभन्दा बढी भारतीय पर्यटकहरु आएका छन् ।  होटल एसोसिएशन अफ भेडेटारले आयोजना गरेको तीन दिने नवौं फुड फेस्टिबलमा १५ हजारभन्दा बढी पर्यटक आएका थिए । ती मध्ये ५० प्रतिशत भारतीय पर्यटक रहेको आयोजकले जानकारी दिएको छ । आइतवार सकिएको फेस्टिबलमा बाह्य पर्यटकहरुको आगमन बढेपछि पर्यटन व्यवसायीहरु थप उत्साहित भएका छन् ।  भारतीय पर्यटकको आगमनले कोभिड महामारीपछि थला परेको पूर्वको पर्यटन उद्योगमा उत्साह थपिएको होटल एसोसिएशन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । उनले भने, ‘यसपाली भारतीय पर्यटकहरु पनि धेरै आए, अंग्रेजी नयाँ वर्ष उत्साहजनक रह्यो, कोभिडले थला परेको पर्यटनको लागि यो सुखद हो ।’ कोभिड महामारीको त्रास कम हुँदै गएकोले मानिसहरुलाई घुम्ने वातावरण बन्दै गएको व्यवसायीहरुको भनाइ छ । यसपाली नयाँ वर्ष नजिकिँदै गर्दा मौसमले पनि साथ दिएकोले पर्यटकहरुको आगमन बढेको हो । फेस्टिबललाई पहाडी क्षेत्रमा परेको हिउँले पनि सहयोग पु¥याएको छ । पहाडी क्षेत्रहरु हिले, चित्रे, तिनजुरे क्षेत्रमा परेको हिउँ हेर्न आएका पर्यटकहरु भेडेटारमै बास बसेका थिए ।  अध्यक्ष रुम्दालीले भने, ‘हिउँमा रमाउन पनि धेरै पर्यटकहरु आएका रहेछन्, हिउँमा रमाएर फर्कदा भेडेटारमा बास बसेको देखियो ।’ भेडेटारमा जिपलाइन, हेलि टुर, प्याराग्लाइडिङ जस्ता नयाँ प्रोडक्ट थपिएकोले पनि पर्यटकहरु आकर्षित भएका हुन् । तीन दिनमा ५० लाख बढी कारोबार भएको एशोसिएशनले जानकारी दिएको छ । भेडेटार घुम्न आउने पर्यटकहरुको लागि पाथीभारा देवी मन्दिर, शंखेश्वर महादेव र भेडेटार पार्क, थुम्किस्थित आत्माघर, नाम्जेको होम स्टे, सुर्योदय पार्क थुम्की, नमस्ते झरना, साँगुरीगढी, ओख्रे भ्यु टाँवर, राजारानीस्थित ध्वजे डाँडा, अजंगको वरको रुख लगायत पर्यटकीय गन्तव्यहरु छन् ।  पर्यटन व्यवसायी तथा होटल व्यवसायी महासंघका प्रदेश १ सचिव वासुदेव वरालले अंग्रेजी नयाँ वर्षमा पर्यटकहरुको आगमनले उत्साहित बनाएको बताउँदै ग्राहकहरुको कमी नभएको तर प्रोडक्ट तथा पर्यटकीय आकर्षणहरुको कमी देखिएको बताए ।

स्थानीय सरकारको भ्यूटावर मोह

भदौ १, धनकुटा । मुलुक संघीय संरचनामा गइसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्यूटावर मोह बढेर गएको छ । विकासका नाममा देशभर भ्यूटावरको मोह बढ्दै गएका बेला धनकुटा पनि अछुतो रहन सकेको छैन । डाँडा आफैमा सुन्दर र मनमोहक हुने गर्दछन् ।  तर, धनकुटाका डाँडा डाँडामा भ्यूटावर बनाउने क्रम समेत उत्तिकै बढ्दो छ । आन्तरिक तथा बाह्य पर्यटकलाइ आकर्षण गर्न भन्दै यस्ता टावर निर्माणको क्रम बढेको हो । धनकुटाका धेरै जसो डाँडाकाँडामा केहि समय यता भ्यूटावर निर्माण गर्ने क्रम बढ्दो छ ।  आफैमा मनमोहक डाँडाकाँडामा पर्यटक भित्र्याउन भन्दै भ्यूटावर निर्माणको क्रम बढेको हो । धनकुटामा भ्यूटावर निर्माण गर्न पर्यटन विकास कार्यालय काँकडभिटा, तत्कालिन जिल्ला विकास समिति तथा अहिले स्थानीय तह आफै सकृय छन् । भ्यूटावर निर्माण भएको धेरै स्थान अहिले पनि सुनसान छन् भने एक दुइ स्थानका भ्यूटावरमा मात्र पर्यटकको चहलपहल हुने गरेको छ ।  उच्च स्थानमा रहेको यस्ता डाँडाबाट तराइ पहाड हिमाल, फाँट खोला नाला सहित धरै स्थान देखिने भएकाले पर्यटक आउने गरेका सागुरीगढी ५ ओख्रेका स्थानीय मोहन थापाले बताए । अहिले धनकुटाको सागुरीगढी गाँउपालिकामा ध्वजे डाँडा, भेडेटार, ओख्रे गरी तीन ओटा भ्यूटावर निर्माण गरिएको छ । त्यस्तै चौबिसे गाँउपालिकाको जेफाले, धनकुटा नगरपालिकाको चुलिवन र हिले, शहिदभुमी गाँउपालिकाको छिन्ताङ स्थित पातले डाँडामा भ्यूटावर निर्माण गरिएको छ ।  त्यस्तै, शहिदभूमी गाँउपालिकाको घुमाउने डाँडा, महालक्ष्मी नगरपालिकाको पटेक डाँडा र धनकुटा नगरपालिको कागतेमा समेत भ्यूटावर निर्माण गर्ने तयारी गरिएको छ । पाख्रिबासको राम्चे डाँडामा भ्यूटावर निर्माण गरिएको छ । बढ्दो भ्यूटावर प्रति जानकारहरु भने खासै सन्तुष्ट छैनन् । डाँडा आफैमा भ्यूटावर भएकाले भ्यूटावर निर्माणको खर्च अन्य क्षेत्रमा लगाउनु पर्ने अर्थशास्त्र विषयका प्राध्यापक बेसराज खत्री बताउँछन् । जनताको अपेक्षा विकास निर्माणतिर भएपनि धनकुटाका स्थानीय तहका जनप्रतिनिधिहरुको भने भ्यूटावरमा ध्यान गएको छ । यहाँका स्थानीय सरकार भ्यूटावर बनाउन प्रतिस्पर्धानै गरेर लागेका छन् । यहाँको केहि गाँउपालिकामा भ्यूटावर बनिसकेको छ कतिपय निर्माणको क्रममा छन् ।  अहिलेको आवश्यकता भ्यू टावरको हो कि अन्य विकास निर्माणको हो ? स्थानीय हरिप्रसाद कार्की भन्छन्, ‘आवश्यकता होइन भनौं भने, स्थानीय सरकारले बनाइसक्यो खर्च गरिसक्यो तर अनुत्पादक क्षेत्रमा सरकारको ध्यान गयो । अहिलेनै हामीलाई भ्यूटावर चाहिएको छैन,’ उनी भन्छन्, ‘जनताको अपेक्षा एकातिर छ, सरकार कार्यकर्ता पाल्ने बजेट मिलाउन व्यस्त छ । ‘भ्यू टावर बनाउने बजेट सुन्दा र स्थलगत काम हेर्दा गुणस्तरहीन काम भएको छ,’ उनले भने,‘तर हाम्रो कुरा स्थानीय सरकारले सुन्दैन ।’ कतिपय ठाउँमा त भ्यूटावर गाईवस्तु चराउन, घाँस दाउरा गर्न जाने मात्रै चढ्ने गरेका छन् । त्यस्ता ठाउँमा बनाएका भ्यूटावरबाट बनाएर ती निकायले तल के हेर्न खोजेका हुन भन्ने जवाफ सायद आफैँमा नभएको धनकुटा बहुमुखि क्याम्पसका पूर्व प्राध्यापक ठाकुर प्रसाद बरालको भनाइ छ ।  वस्ती नै नभएका डाँडाहरुमा डोजर आतंक मात्र होइन, पहाडका टाकुरातिर विकासको नाममा भ्यूटावर आतंकले पनि उत्तिकै बदनामी कमाएको बरालको भनाइ छ । पर्यटन प्रवर्द्धनका नाममा भ्यूटावर निर्माणका लागि भनेरै केन्द्रदेखि नै बजेट छुट्टिदै आएको छ । ‘अहिले नेपालमा भ्यूटावरको आवश्यकता होइन, दूरदृष्टिसहितको विकासको मोडल चाहिएको हो ।’ बराल भन्छन्, ‘कृषकले बेलैमा मल पाउँदैनन्, बिरामीले बेलैमा उपचार र अस्पताल पाउँदैनन् । दूरदराजमा अझै पनि गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, खाद्यान्नलगायतका समस्या ज्यूका त्यूँ छन् । अहिले राज्यको लगानी यतातर्फ हुनुपर्ने हो ।’ बरालले थप्दै भने ‘पहिला जनताको आधारभूत आवश्यकता र गुणस्तरीय जीवन जिउने हकको सुनिश्चित हुनुपर्ने तर्फ राज्यका तिनै तहका सरकारको ध्यान मोडिनुपर्ने हो ।’ हुन त पर्यटकको सहज पहुँच भएका स्थानमा भ्यूटावरको सदुपयोग भए पनि धेरै स्थानका भ्यूटावर प्रयोग बिहिन जस्तै छन् । त्यसैले डाँडा देख्ने वित्तिकै भ्यूटावर निर्माण भन्दा पनि भ्यूटावर बाहेकका पर्यटकिय संरचना, डाँडासम्म पुग्ने पहुँचमार्ग, अन्य पुर्बाधार निर्माण गर्नतर्फ ध्यान जान आवश्यक छ ।