कोरोना भाइरसको कारण देशमा लगातार ४ महिना भन्दा बढी समय लकडाउन हुँदा प्रभावित भएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन गत बिहीबारदेखि पोखरा क्षेत्रका होटल तथा रेष्टुरेण्टहरु पुनः सञ्चालन हुन थालेका छन् । पोखरा क्षेत्रको पर्यटन क्षेत्रलाई चलायमान बनाउन बिहीबारदेखि होटल तथा रेष्टुरेण्ट पुनः सञ्चालनमा आएको पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।
उनका अनुसार ३० प्रतिशत जसो पर्यटकीयस्तरका रेष्टुरेण्टहरु बिहीबारदेखि पुनः सञ्चालनमा आएका छन् । रेवान पोखराका पूर्वअध्यक्ष समेत रहेका उपाध्यक्ष भट्टराईले हाल आगन्तुक पाहुनालाई स्वागत गर्न स्वास्थ्य मापदण्ड पूरा गरी पोखराका व्यवसायीहरु पर्यटकीय गतिविधि चलायमान बनाउन सुरु गरेको जनाए ।